BostonNepal

Wednesday, August 3, 2016

घन प्रसाददवाडी अमेरिकाको पश्चिम क्षेत्रकालागि पर्यटन दुत नियुक्त

नेपाल पर्यटन बोर्ड (नेपाल सरकार पर्यटन मन्त्रालयले श्रीघन प्रसाददवाडीलाई क्यालिफोर्नियासनफ्रान्सिस्को तथा अमेरिकाको पश्चिम क्षेत्रकालागि पर्यटन दुत (HONORARY PUBLIC RELATION REPRESENTATIVE- HPRR)नियुक्त गरेको छ|  नेपालमा पर्यटन प्रवर्धनका लागि सरकार   नीजि क्षेत्रको सहकार्यमा स्थापना भएको पर्यटन  बोर्डले दवाडी लाई गत जुलाई २०१६देखी लागु हुने गरी दुई बर्षका लागि पर्यटन दुत नियुक्त गरेको हो 

Saturday, April 2, 2016

फूलको जस्तो उडि जाने" मा सनम र वर्षाको बिछोड

अमेरिका निवासी साहित्यकार शान्ता अधिकारी घिमिरेको म्यूजिक भिडियो "फूलको जस्तो उडि जाने" मा सनम र वर्षाको बिछोड

काठ्माण्डौं- अमेरिकाको न्यू जर्सी निवासी साहित्यकार शान्ता अधिकारी घिमिरेको दोश्रो म्यूजिक भिडियो "फूलको जस्तो उडि जाने" मा मोडल/नायक सनम कडायत र मोडल/नायिका वर्षा शिवाकोटीको बिछोड भएको छ । धन सम्पत्तिको लागि हुने घरायसी तनाव र पैसाकै लागि दाम्पत्य जीवनको अन्त्य गर्न समेत पछि नपर्ने देखाएर म्यूजिक भिडियोमा सामाजिक बिचलनबारे सन्देश दिन खोजिएको छ । प्रतिक मिडियाबाट निर्माण गरिएको उक्त म्यूजिक भिडियो 'म्यूजिक नेपाल' को यूट्यूब च्यानेलबाट सार्वजनिक प्रसारण गरिएको छ ।
म्यूजिक नेपाल यूट्यूब लिङ्क: 
उक्त म्यूजिक भिडियोमा शब्द: शान्ता अधिकारी घिमिरे, संगीत: रमेश खड्का, स्वर: सत्यराज आचार्य, एरेन्जर: बिष्णु अधिकारी
मोडेल: सनम कठाएत, वर्षा शिवाकोटी, शान्ता अधिकारी घिमिरे र रमेश खड्काको रहेको छ भने निर्देशन अन्नत तिमल्सिना, क्यामेरा रामकुमार केसी र एडिटिङ्ग टकेन्द्र शाहले गरेका छन् । साहित्यकार घिमिरेको म्युजिक एल्बम 'सपनाको देशबाट' (२०१५) बाट यो गीत लिईएको हो ।

Tuesday, February 16, 2016

बोष्टनको सरस्वति पुजामा नेपाली बालबालिकालाई लेखपढ गर्न सिकाइयो ।

बोष्टन, फेब्रुवरि १४ शनिबार शुक्रबार \ यम पौडेल , बोष्टन

अमेरिकाको बोष्टनमा हिजो निकै ऊत्साहप्रद बाताबरणमा सरस्वति पुजा सम्पन्न भयो । अनेसास बोष्टन ले समरभिल स्थित SCAT TELEVESION  को स्टुडियो कक्षमा आयोजना गरेको कार्यक्रममा ५० जनाभन्दा बढिको सहभागिता थियो । यसलाई समरभिल टिभिले बिशेष अभिरुचिका साथ रेकर्ड गरेको र यथाशिघ्र टि भि मा प्रसारण गर्ने कुरा जनाएको छ ।  पण्डित बलराम काफ्ले ऊपाध्याय व्दारा सरस्वति पुजा भएको र बिशिष्ट बिव्दान नेपाल सरकारका पुर्व सचिव रामचन्द्र पौडेलव्दारा सरस्वति पुजाको महिमा बताऊदै महत्वपुर्ण दिनमा नेपाली बालबालिकालाई अक्षर शुभारम्भ गराइएको थियो । अनेसास बोष्टन च्याप्टरका अध्यक्ष हरि काफ्लेको अध्यक्षतामा सचिव यम पौडेलले कबितामय बाताबरणमा सँचालन गरेको कार्यक्रममा बोष्टनका धेरै कबि तथा साहित्यकारहरुले गहकिला कविता गजल वाचन गरे ।

Wednesday, January 6, 2016

सन फ्रान्सिस्कोमा तमु ल्होछार हर्ष उल्लासका साथ सम्पन्न

तमूहरुको महान पर्व प्र-ल्होछारको पवन अवसरमा गत जनवरी २ ,शनिबार साँझ नर्देन क्यालिफोर्निया तमु समाजको आयोजनामा १२ औ तमु ल्होछार भव्यताका साथ सम्पन्न भयो। सँस्थाका अध्यक्ष राज कुमार गुरुङको अध्यक्षतामा सम्पन्न उक्त ल्होछार कार्यक्रममा मुख्य अथिति सँस्थाकी संस्थापक अध्यक्ष बिष्णु गुरुङ "एकता", सँस्थाका पुर्व अध्यक्ष भुपेन्द्र गुरुङ, गम गुरुङ, जस गुरुङ तथा सँस्थाका सम्पूर्ण तमुहरु लगायत बे एरियाका संघ सँस्थाका पदाधिकारीहरुको साथमा संस्कृति प्रेमी व्यक्तिहरुको उपस्थितिले नेपाली बिचको माया सद्भाव र एकताको साथै आफ्नो संस्कृति प्रतिको माया र दायित्वको संदेशको साथमा यस ल्होछार कार्यक्रम संचालन भएको थियो। 

Tuesday, December 29, 2015

बोस्टनमा सिर्जना उत्सवको ३२औ शृंखला

बोस्टन/ अमेरिका, बोस्टनको साहित्यिक मासिक शृंखला सिर्जना उत्सवको ३२औ शृंखला आइतबार साँझ सम्पन्न भएको छ | बिगत तीन वर्षदेखि नियमित रुपमा आयोजना हुदैँ आएको उक्त कार्यक्रममा बिभिन्न सर्जकहरूले कविता, गीत र गज़ल वाचन गरेका थिए |
ममता कर्माचार्यको संयोजन तथा महेश्वर पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उत्तम नेपाली, हरि थापा, दिनेश राजभण्डारी , गोवर्धन पूजा, दीपा राई पुन, अनु शाह, महेश्वर पन्त, ममता कर्माचार्य, लालबहादुर ऐर, ज्ञानप्रकाश शर्मा, सुद्देम कर्माचार्य , सवीना डंगोल, सुबंधा कर्माचार्य, आँशुलक्ष्मी राजभण्डारी, बाबा कर्माचार्यलगायतले सहभागिता जनाए|
कार्यक्रममा सुरेन्द्र देवकोटा र उर्मिला पन्तको सिर्जना पनि बाचन गरिएको थियो |

Tuesday, September 1, 2015

बोष्टनवासीको साझा भवन बन्ने भएछ

अब तपाईंलाई ज्यादै खुशी लाग्न सक्छ , बोष्टनवासीको साझा भवन बन्ने भएछ ! ! मातृभूमि नेपालमा गएको महाभूकम्पका कारणले शिथिल बनेको मनलाई आज बसेको वार्षिक साधारण सभाले जागृत गराएको छ । धार्मिक तीर्थस्थल मात्र नभएर सम्पूर्ण बोष्टनका नेपालीहरूको सामूहिक भावनाको साझा सभागृहको रूपमा निर्माण हुने योजनामा लागिपरेको "पशुपतिनाथ बुद्द फ़ाउन्डेशन अफ् न्यू ईंगल्याण्ड " सुरूका वर्षमा जुन तीव्रतामा थियो त्यस्तै तीव्रता नभएको देख्दा सुस्ताएको भन्ने सोचलाई अब पुन: तताउने काम आजको बैठकले गरेको छ 

Wednesday, August 19, 2015

डिसी नेपाली समाज अमेरिकाद्वारा रक्षा बन्धन ,शान्ति यज्ञ एबम् दीप प्रज्वलन

डिसी नेपाली समाज अमेरिका द्वारा बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि डिसी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण श्रद्धालु भक्तजनहरुका लागि यही August 29, 2015, Saturdayजनैपूर्णिमाको दिन  वैदिक विधिअनुसार जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रमका साथै यस् बर्ष नेपालमा गएको बिनाशकारी महा भुकम्प मा परी ज्यान गुमाउनु भएका आत्माहरुको चीर शन्तिको कामना एबम् घाइते हुनु भएका सम्पूर्णमा शीघ्र स्वास्थ्य लाभ को कामनाका लागि शान्ति यज्ञ एबम् दीप प्रज्वलन समेत गरिने हुँदा  यहाँहरु सबैलाई उक्त दिनमा  यहाँहरुको उपस्थितीका लागि विनम्र अनुरोध गर्दछौ ।

Saturday, August 15, 2015

बि पि जन्म जयन्ती तथा गणेश मान सिंह जन्म सताब्दी कार्यक्रम सम्बन्धी सुचना

नेपाली जनसम्पर्क समिति अमेरिका –भर्जिनिया च्याप्टरको आयोजनामा नेपाली कांग्रेस का संस्थापक, नेपाली प्रजातान्त्रिक ईतिहासका महानपुरुष,प्रथम जन निर्वाचित प्रधानमन्त्री एवं बरिष्ठ साहित्यकार स्वर्गिय विश्वेश्वर प्रसाद कोइरालाको जन्म जयन्ती साथै नेपाली कांग्रेसका संस्थापक एवम जनआन्दोलन २०४६ का सर्बोच्च कमान्डर लौह पुरुष स्वर्गिय श्री गणेश मान सिंह ज्यु को जन्म सताव्दी को अवसरमा हुन गइरहेको बृहत रक्तदान तथा जन्म शताब्दीको बिशेष कार्यक्रम मा नेपाली संघ संस्थाका पदाधिकारी सदस्य,बुद्धिजिवी,साहित्यकार,कलाकार,सन्चारकर्मी,बिध्यार्थी,ब्यवसायी लगायत सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरुको गरिमामय उपस्थिती को निम्ती हार्दिक अनुरोध  छ ।