BostonNepal

Sunday, October 27, 2013

डिसीमा स्वामी श्री हरिदासजीको आध्यात्मिक प्रवचन सुन्न भक्तजनहरुको घुईचो l

कार्तिक ९ ,भर्जिनिया  विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको राजधानी मन्दिरमा डिवाइन कल्ब अफ डिसी (डिसी दैबी सभा )को आयोजनामा वैदिक तथा आध्यात्मिक दर्शन प्रवचन कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ l

नेपालबाट आउनु पाल्नु भएका जगत गुरु श्री कृपालु महाराजका शिष्य स्वामी श्री हरिदासजीले वेद तथा आध्यात्मिक दर्शनबारे डिसी महानगर क्षेत्र वरीपरि रहेका श्रदालु भक्तजनहरुको लागि प्रवचन दिनु भएको छ l प्रवचन सुन्न नरनारीहरुको घुईचो रहेको र सभा कक्ष भरि भराउ हुन् पुगेको थियो l  डिवाइन कल्ब अफ डिसी (डिसी दैबी सभा )का संयोजक डा अशोक शर्मा तथा डा मनोज रेग्मीहरुको पहलमा गरिएको कार्यक्रममा स्वामी श्री हरिदासजीले वेदका दर्शनको सैद्धान्तिक ज्ञान बारे प्रवचन दिनु भएको थियो l


कार्यक्रममा वाशिंगटन डिसी नेपाली दूताबासका उप नियोग प्रमुख नारायण मैनालीले स्वामी श्री हरिदासजीको प्रवचन कार्यक्रममा सहभागी हुन् पाउदा हर्ष लागेको उल्लेख गर्दै दूताबासको तर्फबाट स्वागत गर्नु भयो lझन्डै डेढ घण्टाको निरन्तर प्रवचनमा उपस्थित सबै श्रद्धालु भक्त मन्त्र मुग्ध भएका थिए भने एक दिवसीय प्रवचन कार्यक्रम भएता पनि समुदायको अनुरोध र आज भएको वेदको सैद्धान्तिक पक्षमा प्रवचन दिनु भएकोले थप एक दिन भोलि ब्यबहारिक ज्ञानबारे समेत सिकाउने स्वामी श्री हरिदासजीले बताउनु भयो l

आफु कुनै दल ,जातजाति ,सम्प्रदाय या कुनै बिशेष संगठनमा आबद्द नभएको र आफु कसैसंग लिनु दिनु केहि छैन भन्नु हुदै संसारका सबै व्यक्ति एक कुटुम्ब हुन भन्नु भयो l वेदको बारेमा लामो प्रवचन दिदै वेद कसैले पनि निर्माण गरेको हैन भन्दै वेद ब्रम्हाण्डको ज्ञान हो lवेद सम्मत छ र सनातन पनि छ lसबै शास्त्र वेदबाट बनेका हुन् ,वेद दैबी हो भने यो अलौकिक छ भन्नु भयो lवेद सर्वब्यापी छ भन्दै भत्किने बिज्ञान हुन्छ भने नभत्किने ज्ञान हुन्छ l वेद सर्बोच्च अदालत हो भन्नु भयो l 

कार्यक्रममा संचालन डा अशोक शर्माले गर्नु भएको थियो भने स्वामी श्री हरिदासजिको संक्षिप्त परिचय नेपालबाट पाल्नु भएका गोपाल सापकोटाले गर्नु भएको थियो भने जगतगुरु कृपालु महाराजका शिष्य हरिदासजी एक मात्र नेपाली प्रचारक भएको जानकारी गराउनु भयो l१६ दिनमा सबै शास्त्रको ज्ञान प्राप्त गर्न सफल हुनु भएका स्वामी श्री हरिदासजी आफ्ना गुरुसंग दिनमा आधा आधा घण्टामात्र जोडेर कूल ८ घण्टामा ज्ञान लिएको जानकारी गराउदा उपस्थित सबै आश्चर्य हुन पुगेका थिए l 

अमेरिका र क्यानाडामा समेत गरि ६ वटा डिवाइन कल्ब (दैबी सभा )खोलि सकेको जानकारी गराउदै कार्यक्रम संचालक चिकित्सक अशोक शर्माले बिगतमा स्वामी हरिदासजीको प्रवचन सुनेर प्रभावित भएर वहालाई अमेरिका झिकाईएको हो भने lस्वामी श्री हरिदासजिको वृतचित्र पनि प्रस्तुत गरिएको थियो भने वहालाई बिभिन्न महानुभावहरुले पुष्प गुच्छा द्वारा स्वागत गरेका थिए l

No comments:

Post a Comment