न्युयोर्क युनिभसिर्टीको हलमा भएको बिषेश प्रदर्शनीमाा न्युयोर्कमा रहेका नेपाली समाजका अगुवाहरु र बिभिन्न क्षेत्रका अमेरिकनहरुको उपस्थिती रहेको थियो । वेटिंग फर मामुमा सिएनएन हिरो बस्नेतका सामााजिक जिवनको यात्राको साथै उनले संरक्षण गरेर राखेका बालबालीकाहरुको अनुभवहरुलाई समेटीएको छ । सानो उमेर देखी नै समाजसेवामा लागेकी बस्नेतले वेटीगं फर मामुमा आफुले चाहेर पनि एउटा अलग्गै घर बनाउन नसक्दा जेल भित्र रहेका अन्य बालबालीकाहरुका लागि बाहिर ल्याउन नसकेको अनुभव सुनाएकी छन् । करिब एक घण्टाको डकुमेन्ट्री फिल्ममा बालबालीकाहरुले अभिभावक गुमाउदाको पिडा र पुषपा बस्नेतले गरेको मायाको बारेमा भावनात्मक रुपमा अनुभब सुनाउंदा हलमा रहेका अधिकाशं दर्शकको आंखामा आशुं आएको देखिन्थ्यो ।
पुषपा बस्नेतले बालबालिकाहरुको उचित संरक्षण गर्न र जेलमा रहेका अन्य बालबलीकाहरुलाई पनि बाहिर ल्याएर संरक्षण गर्ने उद्धेश्यका साथ निर्माण गर्न खोजेको आमाको घरका लागि आथिर्क सहयोग संकलनका साथ डकुमेन्ट्री फिल्मको प्रदर्शन गरिएको निर्देशक मोर्गनले बताएका छन् । बस्नेतले गरेको असल कार्यलाई प्रोत्साहन दिन र थप सहयोग प्राप्त हुने अपेक्षाका साथ न्युयोर्कमा बिषेश प्रर्दशन गरिएको ह्वाईट हिमाल टेलिभिजनका अध्यक्ष शान खड्काले जानकारी दिनुभयो । वेटिंग फर मामु बिभिन्न अवार्डहरुमा समेत छनौट भएको छ ।
No comments:
Post a Comment