BostonNepal

Tuesday, November 5, 2013

फ्लोरिडाका दुई सामाजिक संस्था बीच एकता

 ​
अमेरिकाको फ्लोरिडामा राज्यका दूई नेपाली सामाजिक संस्थाहरु एफ एन ए तथा फ्यान्स एकिकरण भई नयाँ संगठन युनाइटेड एफ एन ए फ्यान्स गठन भएको छ । दशैं पर्वको उपलक्ष्यमा आयोजित बार्षिक कार्यक्रममा नेपाली समाज बीच नयाँ कार्यसमितिलाई युनाइटेड एफ एन ए फ्यान्स तदर्थ समितिले अक्टोबर २६, २०१३ देखी कार्यभार हस्तान्तरण गरेको छ । 

नेपाली समुदाय केन्द्र ओर्ल्याँडोले आतिथ्य गरेको उक्त कार्यक्रम ऐतिहासिक बन्न पुगेको छ । पुरोहितले मन्त्र उच्चारण गर्दै नेपाल र सयुक्त राज्य अमेरिकाको दुवै राष्ट्रिय गानबाट कार्यक्रम शुरुवात गरिएको थियो भने उक्त कार्यक्रमको सभापतित्व डा शैलेन्द्र शुक्लाले गरेका थिए ।  उक्त एकता कार्यक्रममा संयोजक डा बिद्या राज सुबेदीले सबैलाई स्वागत गर्दै एकता भएको जानकारी गराउदै नयाँ निर्वाचित कार्यसमिति गठन भएको घोषणा गरेका थिए । साथै एकताको लागि सोर्ह महिना लागेको उल्लेख गरेका थिए । 

एकता कार्यक्रममा उपस्थित स्थानीय संस्थाका प्रतिनिधिहरु दक्षिण पुर्व नेपाली संघ, अनेसास फ्लोरिडा शाखा ,अवि कट्टेल स्मारक प्रतिष्ठान ,एनसीसीओ तथा अन्तर्राष्ट्रिय बाल उत्थानले आफ्नो संस्थाको उदेश्य बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा एफ एन ए तथा फ्यान्स पूर्व अधक्ष्य डा अर्चना कट्टेल तथा बिमल नेपालले एकता भएको बारेमा सारगर्भित मन्तब्य राख्दै फ्लोरिडाले बिश्वलाई एक राम्रो उदाहरण दिएको उल्लेख गर्दै आफ्ना भावी पुस्ताहरु तथा नेपाली समुदायको लागि संदेश दिएको बताएका थिए । कार्यक्रममा सभापतित्व रहेका डा सुक्लाले एकता भएकोमा गर्व गर्दै यो एकताले समाजलाई आमुल परिवर्तन ल्याउने कुरामा बिश्वस्त भएको बिचार व्यक्त गरे भने डा बिजय कट्टेलले उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।   
 
नब निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराईनुको साथै प्रमाण पत्र पनि वितरण गरिएको थियो ।  नव निर्वाचित अधक्ष्य बिकास  देवकोटाले मन्तब्य राख्दै  मूलत पांच वटा कार्य सुचीलाई प्राथमिकता दिने प्रतिबद्दता जाहेर गर्दै नया पुस्ताको लागि नया कार्यक्रम पस्कने बताए । 

नब निर्वाचित समितिमा विकास देवकोटा अधक्ष्य, झनक थपलिया उपाधक्ष्य,पंकज शर्मा महा-सचिब ,बिनोद बस्नेत सूचना सचिब तथा राम शरण थापा कोषाधक्ष्य रहेका छन् ।  तत्कालै नव निर्वाचित अधक्ष्यको अधक्ष्यतामा बसेको बैठकले अशोक श्रेष्ठ, जानुका खनाल, राम चन्द्र काफ्ले, हरि ओम प्रधान, भिम कार्की तथा सुदर्शन अर्याललाई सर्वसम्मतिबाट कार्यसमितीको सदस्यतामा नियुक्त गर्यो ।  कार्यक्रम बिनोद बस्नेतले संचालन गरेका थिए । 

No comments:

Post a Comment