BostonNepal

Thursday, November 28, 2013

अनेसास भानु वर्ष उत्कृष्ट अनलाइन पत्रिका पुरस्कार बिआरटि नेपाल डटकमलाई प्रदान गरिने ।

 विजय थापा । डिसी महानगर क्षेत्रमा यही नोवेम्बर ३० र डिसेम्बर १ तारिखमा आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा अमेरिकाको कोलोराडोबाट सञ्चालित बिधुतिय सञ्चार पत्रिका बिआरटि नेपाल डटकमलाई भानु वर्ष उत्कृष्ट वेब/अनलाइन पत्रिका पुरस्कार दिइने भएको छ l

बिआरटि नेपाल डटकमका सञ्चालक तथा सम्पादक शैलेश पोखरेलले खुसी व्यक्त गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जस्तो विश्व भरि फैलिएको यो संस्थाले सम्मान स्वरूप उक्त पुरस्कार दिने भएकोमा भाग्यशाली भएको बताएका छन् l


दिनहु जस्तो बिधुतिय पत्रिकाको जन्म भै रहेको अवस्थामा बिआरटि नेपाल डटकमले २०१३ भित्र अर्को ठुलो संस्था अनेसासको पुरस्कार पाउनु अहोभाग्य हो भने l उनले संस्मरण गर्दै गत २०१३ कै जुलाई ४- ६ सम्म न्यु योर्कमा भएको अमेरिका कै सबै भन्दा ठुलो संस्थाको ३१ औ ए एन ए सम्मेलनमा पनि बिआरटि नेपाल डटकमलाई पुरस्कार प्रदान गरेको कुराको चर्चा गर्दै  सङ्घ /संस्था तथा समुदायको समाचारलाई प्राथमिकता दिने गरेको र प्रकाशन गर्न सदैव आतुर रहने भएकोले यसरि पुरस्कृत भएकोमा हर्षित भएको जनाएका छन् l

यसरि पुरस्कार दिइने खबरले आफू उत्साहित भएको बताउदै आफ्नो व्यक्तिगत तर्फ तथा मेरा सम्पूर्ण सहयोगीहरुको तर्फबाट अनेसासका केन्द्रीय अधक्ष्य गीता खत्री ,कार्यकारी समिति तथा आयोजक समिति प्रति कृतज्ञता व्यक्त गर्दै संस्थाको उत्तर उत्तर प्रगतिको कामना गरेका छन् l

मोरङ बिराटनगर घर भै हाल अमेरिकाको कोलोराडोमा बसोबास गर्ने बिआरटि नेपाल डटकमका सञ्चालक तथा सम्पादक शैलेश पोखरेल अमेरिकाको कोलोराडोबाट ब्यबसायिक तस्बिर चित्रण बिध्या (प्रोफेसनल फोटोग्राफी)मा शिक्षा हासिल गरी सकेका छन् l

No comments:

Post a Comment