BostonNepal

Saturday, November 9, 2013

डिसी नेपाली समाजको देउसी भैलोमा ८१ बर्षिय बृद्धले अहोरात्र देउसी खेले

भर्जिनिया ,कार्तिक २२ ,विजय थापा , अमेरिकाको डिसी महानगर क्षेत्रमा संस्कृतिको रक्षा गरौ भन्ने मूल उदेश्यको साथ स्थापना भएको डिसी नेपाली समाजले २०७० साल को दीपावलीको पुनित शुभ अवसरमा देउसी भैलो कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ l

संस्थाका अधक्ष्य अरुण रुपखेतिको पहल तथा भर्खर नेपालवाट आउनु भएका वहाका ८१ बर्षिय पिता हृदय राज शर्मा तथा ७७ बर्षिय माता देव कुमारी रुपाखेतीको अगुवाईमा तिहारको अगिल्लो दिन साँझ ६ बजे देखि बिहान कुखुराको पहिलो डाक ३ बजे सम्म अहोरात्र मादल भिरी देउसी भैलो खेलेका छन l  घर घरमा नेपाल जस्तै सेलरोटी ,थालमा बिभिन्न परिकारको खानेकुराको साथै दक्षिणा घर बेटीले राखेका थिए l

डिसी महानगर क्षेत्रको तीन वटा शहर क्रमस सेन्टरभिल ,भियना ,लिज़बर्ग तथा एनाडेलमा नेपाली दाजुभाईहरुको घर घरमा गै खेलिएको थियो l  भर्जिनियाको लिज़बर्ग पुरानो तथा पर्यटकीय नगरमा रुपाखेतीको नेतृत्व तथा यसै संस्थाका सदस्य बिष्णु श्रेष्ठको पहल तथा सगुन श्रेष्ठ ,रमेश बस्नेत ,सम्पत रुपाखेती ,संजिव शाहीहरुको सक्रिय भूमिकामा उक्त देउसी अत्यन्तै हर्ष उल्लास तथा रमाइलोको साथ सम्पन्न भएको छ l

बिगतको बर्षहरु भन्दा यसपाली अझ रमाईलो भएको जानकारी अधक्ष्य रुपाखेतीले दिदै लिज़वर्ग शहरमा नेपाली समुदायले आफ्नो घर घरमा खेली दिनु भनि आग्रह गरेको र त्यसमा पनि ८१ बर्षिय तथा ७७ बर्षिय बृद्धहरुको अनवरत साथले देउसी खेल्ने लाई उत्साह भएको भन्दै बृद्ध दम्पति दुवैले आफ्नो संस्कृति तथा पर्वको पनि परदेशमा सम्बर्धन र प्रबर्धन गरीएको देख्दा हर्ष लागेको बताए l 

यसरी सक्रियताको साथ देउसी ,बिगतमा भएका जनै पुर्णे र बडा दशैको उपलक्ष्यमा समुदायको भुमिका सराहनीय रहेको र डिसी नेपाली समाजलाई हौसला प्रदान गर्ने दाजुभाई तथा दिदि बहिनीहरुलाई संस्थाको तर्फबाट धन्यबाद दिइएको छ lसंस्थाका महा सचिब कमल पोख्रेलले आगामी दिनमा अझ सुव्यवस्थित रुपमा देउसी भैलो खेल्ने सोच रहेको बताए भने संस्थाका उपाधक्ष्य दधिराम ढुंगानाले देउसी भैलोबाट उठेको रकमबाट धर्म संस्कृतिको सम्बर्धन र प्रबर्धन कै लागि खर्च गरिने छ भनि बताए l

No comments:

Post a Comment