Friday, December 6, 2013

अमेरिकी प्रतिनिधि सभा द्वारा राजदूत शर्मा सम्मानित


मंगसिर २० ,भर्जिनिया 

विजय थापा ,अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मालाई म्यासाचुसेट्स राज्यको प्रतिनिधि सभाले सम्मान गरेको छ l दि कमनवेल्थ अफ म्यासाचुसेट्स  (म्यासाचुसेट्स  राष्ट्रमण्डल )प्रतिनिधि सभाको सभामुख रोबर्ट ए डेलीयो तथा प्रतिनिधि सभाका सभासद डोनाल्ड वंग द्वारा हस्ताक्षरित उक्त सम्मान पत्र एक कार्यक्रम बीच डा शर्मालाई हस्तान्तरण गर्दै सम्मान गरिएको थियो l उक्त सम्मान पत्र पढेर अमेरिकी प्रतिनिधि सभाका सभासद डोनाल्ड वंगले सुनाउदै राजदूत शर्मालाई हस्तान्तरण गरेका थिए भने यस कार्यक्रममा सिनेट विलिएम एन ब्राउनस बर्गर ,एन आर एन का भुवन गुरुङ ,शिव मिश्र तथा अन्यहरुको उपस्थिति रहेको थियो l
कार्यक्रम बोस्टनको माथिल्लो सदन सिनेट भवनमा गरिएको थियो l उक्त सम्मान पत्रमा नेपालको विकास तथा मुलुकको स्थायित्वमा गरेको मेहनत र सयुक्त राज्य अमेरिका संगको मित्रताको निरन्तरताको लागि खेलेको अहम भूमिकाको उच्च कदर गर्दै सम्पूर्ण प्रतिनिधि सभाका सदस्यहरुको तर्फबाट प्रगतिको कामना तथा सफलताको लागि शुभकामना ब्यक्त गरिएको छ l राजदूत डा शर्माले म्यासाचुसेट्स प्रतिनिधि सभाका सबैलाई नेपाली राजदूताबास तथा नेपाल सरकारको तर्फबाट धन्यबाद दिएको बताईएको छ l


उक्त अवसरमा प्रतिनिधि सभाका सभासदले राजदूतलाई नेपालमा भर्खर सम्पन्न भएको निर्वाचन तथा अन्य बारेमा प्रश्न राखेका थिए भने राजदूत शर्माले नेपालमा लगानी गर्न सुरक्षित वातावरण भएको र अब नेपालमा छिट्टै सरकार बन्ने र संबिधान बन्ने कुरामा बिश्वस्त रहेको बताएका थिए l

उक्त सम्मन कार्यक्रममा सिनेट भवनमा साथ दिन एन आर एन अमेरिकाका पुर्व अधक्ष्य तथा नेपाल अमेरिका फाउन्डेसन (प्रतिष्ठान)का अधक्ष्य प्रल्हाद केसीको पनि साथ रहेको थियो l म्यासाचुसेट्स  राज्यका प्रतिनिधि सभाका सभासद डोनाल्ड वंग एक सफल ब्यापारी हुन र अमेरिकामा रहेका नेपाली समुदायसंग मिलेर काम गर्ने गर्न ईक्षा वंगले राखेको कुरा केसीले बताए l

No comments:

Post a Comment