BostonNepal

Wednesday, December 11, 2013

अमेरिकामा संचार माध्यम द्वारा असल काम गर्नेलाई सम्मान l


विजय थापा , संचारकर्मी तथा संचार माध्यमलाई सम्मान गर्ने र पुरस्कृत गर्ने कुनै नौलो समाचार नहुन् सक्छ lयो क्रम जारि रहने छ तर अमेरिकाको न्यु जर्सीबाट २००७ देखि संचालनमा रहेको युएसनेपाल अनलाईन डटकम(बिधुतिय अंकीय पत्रिका)ले मंगसिर २२ गते न्यु योर्कमा आयोजना गरेको छैठौ बार्षिक समारोहमा उदाहरणीय काम गर्ने बिभिन्न व्यक्ति तथा संस्थालाई सम्मान ,पुरस्कृत तथा संस्थाको मानार्थ सदस्यता प्रदान गरेको छ l

यसरि सम्मानित र पुरस्कृतहुनेहरुमा युवा सम्मानमा २०१३ बाट शलीना श्रेष्ठलाई प्रदान गरिएको छ भने उनले २०१३ मा  भएको न्यु योर्कमा भएको सय भन्दा ज्यादा देशका बालिकाको प्रतिभा प्रतिस्प्रद्धामा प्रथम भएकी थिइन् भने नेपाली मूलकी बसन्ती राईले अमेरिकामा चार सय भन्दा ज्यादा नेपाली तथा अमेरिकन समुदायमा नृत्य प्रदर्शन गरेकी सम्मानलाई प्रदान गरिएको छ l यसैगरि नेपाली संस्कृतिलाई प्रबर्धन गर्न अहम भूमिका निर्वाह गर्ने न्यु योर्क -न्यु जर्सी महिला समुह,बिदेशी भएता पनि सोह्र बर्ष देखि नेपालको नृत्य मंच नामक संस्था द्वारा नेपाली संस्कृतिलाई प्रबर्धन गर्दै आएको संस्था तथा क्लार्क बिश्व बिद्यालयका प्राध्यापक विलिअम फिसरले नेपाललाई पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको छ l उक्त कार्यक्रममा नौ जनालाई बिसेष तथा नौ जनालाइ मानार्थ आजीवन सदस्यता प्रदान गरिएको छ l

उक्त कार्यक्रममा प्रधान सम्पादक प्रदीप थापा मगरले जानकारी गराउदै न्युयोर्क शहरमा झन्डै पचास भन्दा ज्यादा नेपाली सामाजिक संस्था रहेको उल्लेख गर्दै मन भए पछि दर्ता नगरे पनि काम गर्न सकिने रहेछ भन्ने उदाहरण देखाउने संस्था ,न्युयोर्कमा खाली र फ्याकिएका पेय पदार्थका शिशि तथा सामग्री जम्मा गरि उक्त रकमले नेपालका अनाथ टुहुरा बालबालिकाको लागि आर्थिक सहयोग गर्ने महिला समुहलाई पनि सम्मान गरिएको छ l अनेसासकि केन्द्रिय अधक्ष्य गीता खत्री ,न्युयोर्कका रिज्वुड संस्थाका पुर्व अधक्ष्य श्री पराजूली,हामी नेपालि तथा सिर्जनाका यात्राहरु (साहित्यिक समुह मात्र )हरुलाई पनि सम्मानित गरिएको छ l

कार्यक्रममा सांगीतिक कोसेली प्रस्तुतिको गरिनुको साथै महिला दिदि बहिनिहरुले सेलरोटि तथा अन्य नेपाली परिकारका खाजाले अतिथिहरुलाई मन खुलेर खुवाईएको थियो l सम्मानित हुनेहरु ,नेपालबाट अमेरिकाको भ्रमणमा रहनु भएका मदन पुरस्कार बिजेता अमर न्यौपाने ,त्रिभुवन बिश्व बिद्यालयका प्राध्यापक खगेन्द्र लुइँटेल (विद्यावारिधि ) ,एड्वन कि संस्थापक बिष्णु माया परियार (बिध्या वारिधि ),पृथ्वी नारायण महा बिद्यालय पोखराका ,प्राध्यापक कुसुमाकार न्यौपाने (बिद्या वारिधि ),लक्ष्मी प्रतिष्ठानका संस्थापक बिष्णु गौतम तथा अन्यलाई मन्तब्य राख्न दिइएको थियो l

युएस नेपाल संचार केन्द्रका सभापति दावा शेर्पा तथा सन् २००३ देखि नेपालबाट संदेशको बिउ छर्दै बिश्वका सय वटा देश साईकल (दूई चक्र बाहन )द्वारा भ्रमण गरेका फुर्तेम्बा शेर्पाले सयुक्त रुपमा सम्मानित हुनेहरुलाई खादा ओढाई प्रमाण पत्र वितरण गरेका थिए l  

No comments:

Post a Comment