BostonNepal

Friday, January 31, 2014

ग्रेटर बोष्टनमा एक नेपालीको मृत्यु ।


ग्रेटर बोष्टनमा एक नेपालीको मृत्यु ।
जि बि एन सि व्दारा सहयोग समिति गठन ।
अन्त्यष्टीको तिथिमिति यथाशिघ्र जानकारी गरिने । 

यम पौडेल \ बोष्टन

Late Balaram KC
नेपालमा स्थायी घर काभ्रे पनौति चौकोट भै बिगत ५ बर्ष देखि अमेरिकामा बसोबासरत ३१ बर्षिय बलराम के .सि. को गत शुक्रबार २४ जनवरी, २०१४ का दिन असामयिक निधन भएको छ । पछिल्लो समय बोष्टन को रिभिरयर सिटिमा बस्दैआऊनु भएका के.सि. को मृतशरिर हाल बोष्टन स्थित चिफ मेडिकल इक्ज्यामिनर सेन्टर ७२० अल्बानी स्ट्रिटमा राखिएको छ । ऊहाको अन्तिम सँस्कारको लागी आवश्यक डकुमेण्ट र यहाको कानुनी प्रकृयाले गर्दा अझै एक दुइ दिन कुर्नुपर्ने बताइएको छ । फुनेरल तथा अन्तिम श्रद्दाञ्जली कार्यक्रमको तिथिमिति यथाशिघ्र तय गरि जानकारी गरिने जि बि एन सि ले जनाएको छ ।

बलराम के.सी. को अचानक निधन भएको खबर पाऊनासाथ ग्रेटरबोष्टन नेपाली कम्युनिटिका वनोनरी मेम्बर रञ्जन बुढाथोकी त्यसतर्फ लाग्नु भएको थियो । मृत्युको दु:खद घटनाबारे नेपालमा समेत सम्पर्क गरि अन्त्यष्टीको लागी जि बि एन सि का अध्यक्ष मिलन गरुङ समेत सँस्थाको टिम, एल आर एम फुनेरल होम इन ब्राइटन पुगेर आएपछी अध्यक्षकै निबासमा अस्ति बेलुका सोमबार जि बि एन सि सचिवालयको मिटिङ बसेको थियो । बैठकले मृतक के सि को सदगत सम्बन्धी काम र आर्थिक सहयोग जुटाऊन सँस्थाका बरिष्ट ऊपाध्यक्ष राम थापाको सँयोजकत्वमा सदगत तथा सहयोग समिति गठन गरेको छ ।

छोराको अप्रत्याशित निधनको खबरले घर शोकमग्न छ भने आमा मर्माहत हुनुहुन्छ । मृतक के सि अविबाहिता भएता पनि घरहेर्ने र आमालाई सहयोग गर्ने छोरा बलराम नै रहेछन यसबाट आमाको अबस्था साह्रै पिडित हुनपुगेको बुझिन आएको छ ।

ग्रेटर बोष्टन मा बिगत २४ बर्ष देखि नेपालीहरुको भइपरिआऊने समस्या समाधान गर्दै मर्दा पर्दाको साथी बनि आएको साझा सँस्था जि बि एन सि ले यस दु:खद घडिमा आफुशक्य सहयोग गर्न सबै नेपाली सँघसँस्था र नेपाली महानुभावहरुलाई आव्हान गरेको छ । एऊटा नेपालीलाई पर्दा अर्को नेपालीले हेर्ने नेपालीहरुको बिशिष्ट मानविय परम्परा अनुरुप सहयोग गर्न चाहनेले सहयोग समितिका निम्न महानुभाबलाई सम्पर्क गरि सहयोग गर्नुहुन र सबै नेपालीबाट प्राप्तहुने सहयोगले निजको अन्तिम सँस्कार तथा आमाको दु:खमा राहत पुरयाऊन ठुलो मद्दत पुग्ने कुरा समितिका सँयोजक राम थापाले ग्रेटर बोष्टन स्थित सबै नेपाली सँघ सँस्था तथा नेपाली दाजु भाई दिदि बहिनि समक्ष हार्दिक अनुरोध गर्नुभएको छ । 

स्मरणिय रहोस ग्रेटर बोष्टनमा नेपाली मृत्युका घटनाले नेपालीलाई बिगतमा धेरै पटक दु:खि बनाईसकेको छ । निकै समय पछाडि घटेको यस घटनाले नेपालीलाई फेरी नराम्ररी दु:खी तुल्याएको छ । दिवँगत बलराम के सि प्रति हार्दिक श्रद्दासुमन ।

धन्यबाद 
स्व. बलराम के .सि.को सदगत तथा सहयोग समिति 
राम थापा सँयोजक सम्पर्क फोन : ६१७ २३० ११९४
मिलन गुरुङ सदस्य
बिष्णुमणी आचार्य सदस्य 
बिरोचन नेपाल सदस्य
यम पौडेल सदस्य
रञ्जन बुढाथोकी सदस्य
मिन के . सि. सदस्य
धन कुमार गुरुङ सदस्य
अमृत अर्याल सदस्य

No comments:

Post a Comment