.jpg)
उनले शोक धूनदेखि लोक तथा नेपाली चलचित्रका गीतको सांगीतिक स्वरूप प्रस्तुत गर्दा उपस्थित संगीतप्रेमी बोस्टनका नेपालीले परदेशको पाटोमा नेपाली माटोको सुवास भेटेको अनुभूत मात्रै गरेनन नेपाली सांगीतिक शक्तिको चरम आनन्द पनि लिए। कार्यक्रममा बोस्टन बासीलाई आभार व्यक्त गर्दै रेग्मीले आफ्नो सांगीतिक यात्राका क्रममा बटुलेका अनुभव पनि बाढेका थिए।
मौलिक सिर्जनालाई अभ्यास र अध्ययनले परिस्कार र परिमार्जन गर्न सकिन्छ भन्ने मान्यताका अनुसरक रेग्मीले नेपाली शास्त्रीय संगीतलाई एउटा उचाई प्रदान गर्न दशक भन्दा लामो समयदेखि सांगीतिक प्रस्तुति गर्दै आएका छन्। देश-बिदेशमा शास्त्रीय संगीत प्रस्तुत गरेको अनुभब बटुलेका रेग्मीको सहृदय मित्र प्रसिद्ध तबला बादक अतुल गौतमको असामयिक निधनपछि पनि सारंगी बादक श्याम गन्धर्व र तबला बादक प्रमोद उपध्यायको साथमा रेग्मीले कार्यक्रमलाई निरन्तरता दिदै आएका छन।
यसपटक बोस्टनको कार्यक्रममा रेग्मी एक्लै भए पनि सुसेली समूहका तबला बादक सागर खतिवडा र सारंगी बादक सुशील गौतमको साथ पाएका थिए र साथमा रंजन बुढाथोकीको मादल र बासुरी तथा हरेन्द्र चौधरीको ढोलकले कार्यक्रम स्वादिलो बनेको थियो।
रंगकर्मी मिलन कार्कीको संयोजनमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष विष्णु कार्की, रुपा थापा, कुमार कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए।
No comments:
Post a Comment