BostonNepal

Tuesday, May 20, 2014

NRN NCC USA 2014 को –Senior Vice President का उम्मेद्वार


NRN NCC USA 2014 को –Senior Vice President का उम्मेद्वार

घन प्रसाद दबाडी को अपिल


सम्पुर्ण उत्तर अमेरिकामा बस्नु हुने नेपाली आमा बुवा, दिदी बहिनी तथा दाजु भाइहरु सर्ब प्रथम त नेपाली नयाँ बर्ष २०७१ को हार्दिक मंगलमय शुभकामना साथै सादर नमस्कार !!!


जुन ४ देखी ९ सम्म मा हुने NRN NCC USA को चुनाव मा मेरो वरिस्ठ उपाद्ध्यक्ष पदमा उम्मेद्वारी परी सकेको कुरा अबगत गराउँदै मेरो सानो परिचय, जित पस्चात गरिने काम कार्यको छोटो टिपणी यहाँ हरु समक्ष राख्ने जमर्को गरेको छु । 

मानिस नितान्त सामाजिक प्राणी भएकोले जहाँ रहेता पनि आफ्नो राष्ट्र रास्टृयता, सस्कृती र संस्कार भुल्न सक्दैन र कुनै न कुनै रुपले एक आपसमा घुल मिल भै आफ्नो दुख सुख बाँडफाड गरी सामाजिक हिसाबले बस्न चाहन्छ यही स्वभाव म मा पनि रहेको कुरा यहाँ हरु प्रती उध्गार गर्न चाहान्छु । सहयोग र सेवा कर्तब्य र परम धर्म भन्ने कुरा लाई आत्मासाथ गरी सामाजिक सेवा मा पाहिला टेकेको बिसौं बर्ष भै सक्दा पनि हिजो जस्तो लागिरहेको कुरा यहाँ हरु माझ सेर गर्दै सामाजिक शेवा लाई एउटा जिबन को अभिन्न अङ्ग मान्दै जाने अठोट प्रण गरेको छु ।

NRN को स्थापना भएर विस्वब्यापी रुपमा सक्रियता बढिरहेको यतिका बर्ष भैसक्दा पनि विविध कारणहरुले NRN NCC, USA जुन रुपमा अगाडि बढ्नु पर्ने हो दुर्भाग्यवश त्यो गतिमा अगाडि बढ्न नसकेको सत्य हो ता पनि अमेरिकाको NRN NCC मा रहेर आज सम्म सेवा पुर्याउने अग्रज हरु लाई धन्यबाद टक्र्याउन चाहान्छु । आम रुपमा सबैलाई समेटेर व्यवस्थित र प्रजातान्त्रिक विधीबाट NRN,USA को नेत्रित्वको चयन गर्ने जुन प्रयास यति बेला भएको छ यसले सबैलाई खुशी र उत्साहित बनाएको छ । यसै सन्दर्भमा समाजसेवा प्रती रुची राख्ने र लामो समयदेखी विभिन्न संघ संस्थामा आवद्द रही प्रत्यक्ष अप्रत्यक्ष रुपमा समाज सेवा गरेको आफ्नो अनुभवलाई NRN, USA मा रहेर इमान्दारिता पुर्वक विशुद्द सेवामा समर्पण हुने प्रतिबद्दता र पवित्र भावनाका साथ वरिष्ठउपाध्यक्ष (Senior Vice President) पदमा म घन प्रसाद दवाडी ले उम्मेद्वारी घोषणा गरी सकेको यहाँ हरुलाई पुन अबगत गराउन चाहान्छु ।

म विगत दश बर्ष देखी आफ्नै व्यवसायमा संलग्न रहंदै San Francisco , Northern California मा बसोबास गर्दैआइरहेको छु । नेपालमा रहंदा पनि दर्जनौं संघ संस्थामा आवद्द रही काम गर्दै आएको र उत्तर अमेरिका भरिमै धेरै सदस्य संख्या भएको एक सामाजिक सस्था Nepali Association of Northern California ( Current member 1800) को निवर्तमान President रहेको कुरा समेत जानकारी गराउन चाहन्छु । सच्चा सामाजिक सेवामा कुनै पनि प्रकारको स्वार्थ राखिनु हुन्न भन्ने मन्यता राख्दछु र सेवा गर्ने अवसर मिल्यो भने यही मान्यता नै मेरो सेवाको मुल मन्त्र रहने कुरा अन्तर हृदयदेखी प्रतिबद्दता जनाउन चाहन्छु । 

मेरो साधारण परिचय यस प्रकार छ :-
नाम: घन प्रसाद दबाडि
जन्म मिती -- इ. सं १९६६ जौबारी, गोर्खा, नेपाल 
शिक्षा:, त्रिचन्द्र (स्नातक)
परिवार: दुई छोरी र श्री मती 

: सामाजिक संघ सस्था प्रती आबद्धता र अनुभव:

President -२००२ -२००३-लायनस क्लब अफ मेरिगोल्ड काठमाण्डु ( डिस्ट्रिक् ३२५ ए )
Zone Chair Man २००३ -२००४ -लायन्स क्लव International , डिस्ट्रिक् ३२५ ए 
संयोजक (Co-Ordinator) - अनुशासन समिति राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल २००२/२००३
President - नेपाली यसोसियसन अफ नर्दन क्यालिफोर्निया (NANC) २०११/ २०१२ (www.nanconline.org) (हाल १८०० सदस्य सङ्ख्या रहेको सस्था)
सल्लाहकार- २०१३/२०१४ नेपाली यसोसियसन अफ नर्दन क्यालिफोर्निया (NANC) 

Life Member -सामाजिक विकाशका लागि सहयोगी हात हरु 
- नेपाली यसोसियसन अफ नर्दन क्यालिफोर्निया (NANC)
- नेप्लिस यस्सोसिएसन अफ ग्लोबल कोप्रेसन (NAGC)
- मदर्ल्याण्ड नेपाल, 
-क्रेटिभ युथ अर्गानाइजेसन

यहाँ हरुको सहयोग,सपोर्ट, सुझाव तथा सल्लाह को अपेक्षा राख्दै
“एकता नै सफलता" (Unity is Strength) भन्ने नाराका साथ मेरो जित पस्चात संस्थामा गरिने काम का बुँदाहरु:

1. यन आर यन (NRN NCC USA) को महत्व र औचित्यता माथी प्रकाश पार्दै यस्को ब्यापक प्रचार प्रसार गरी उत्तर अमेरिका भरी छरिएर रहेका नेपाली हरु बिच एकता र सामन्जस्यता काएम गर्ने । सकेसम्म बढी प्रान्त हरुमा यस्को साखा उपसाखा हरु खोल्ने । आउने निर्बाचन सम्म उत्तर अमेरिका मा NRN members को संख्या हालको भन्दा दश दोब्बर पुर्याउने लक्ष राख्ने ।

2. "एक पटक को नेपाली सधैँ को नेपालि" भन्ने साझा नारा (जुन आज को सन्दर्भमा भन्नु पर्दा NRN USA कोपर्यायबाची वाक्य) लाई हालको नेपालको संबिधान सभा तथा सरकार संग न्यायोचित हिसाबले टेबल टक गरी यथार्थतामा बदली सम्बिधान मा संलग्न गर्न लगाउने । आज बिश्व ब्रमाण्ड नै उदारता मा उन्मुख भै रहेको परिप्रेक्षमा दोहोरो नागरिकता लाई सहजता प्रदान गर्न नेपाल सरकार लाई सचेत गराइ सुनिश्चितता गराउनको लागी पहल गर्ने।

3. उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली हरु लाई आइ पर्ने साना तिना समस्या हरु समाधानार्थ सहजता रहोस भन्ने हेतुले उत्तर अमेरिकाको पुर्बी क्षेत्र, मध्य क्षेत्र र पश्चिम क्षेत्र मा कम्तिमा एक एक नियोग को स्थापना को लागी पहल गर्ने ।

4. अमेरिका को शुन्दर र उज्वल भबिस्य को सपना देखाई एजेन्ट (मानब तस्कर) मार्फत ठुलो धन राशी खर्ची बिना भिषा बिभिन्न देश हरु को खतर्नाक स्थल र जल मार्ग प्रयोग गरी अमेरिका भित्र्याउने क्रममा धेरै नेपालीहरुको ज्यान समेत जाने गरेको सुन्न मा आएको पाइन्छ । हाम्रा सोझा र सरल नेपाली दाजु भाइ तथा दिदी बहिनी हरु लाई यस्तो घटना बाट बच्न सरकारी तथा गैर सरकारी सस्था हरु सँग हातेमालो गरी नेपाल तथा अमेरिका दुबै देशमा बिभिन्न गोष्ठी तथा अन्तर्कृया कार्यक्रम हरु गरी सचेत गराउन पहल गर्ने ।

5. हाम्रो देश नेपाल को दयनिय आर्थीक स्थिती तथा बिग्रदो राजनैतिक परिबेश का कारणले बढ्दो क्रममा नेपालीहरु बिदेश पलायन हुने क्रम कटु सत्यता हो हामी सबैले महशुस गरेका छौँ । यस परिबेश मा हस्तकला, गार्मेन्ट, उनिगलइचा, पश्मिना तथा मुर्तिकलामा सम्लग्न नेपाली ब्यबसायी हरु पनि रहेकाले यि ब्यबसाय हरुलाई प्रभाबकारी बनाइ आयत निर्यात बढाउन बिशेसज्ञ हरु को टोली बनाइ बिभिन्न कर्,महशुल तथा ढुवानी शुलभ को लागी दुबै देश अमेरिका तथा नेपालका समबन्धीत निकायहरु सङ्ग आबस्यकिय पहल गर्ने ।

6. उत्तर अमेरिका पर्यटक हरुको उर्जा भएको देश र बुद्ध र सगरमाथा को नामले परिचित नेपाल को मुख्य बिदेशी मुद्रा आर्जन गर्ने क्षेत्र पर्यटन भएको ले यस्को प्रचार प्रसार तथा प्रबर्धन को लागी बिभिन्न मेला तथा प्रदर्शनि हरु आयोजना गर्ने ब्यबस्था को लागी पहल गर्ने ।

7 सँस्कृति, संस्कार तथा रितिरिवाजले धनी हामी नेपाली र हाम्रो देश्, यसैमा गौरव छ हामिहरुलाई, हाम्रा आदरणिय बिभिन्न गित संगीत, गान बजान्, नृत्य, स्पोर्ट्स तथा अन्य बिधामा आबद्धित नेपाली हरु बिभिन्न बाध्यता,बिबशता र परीस्थितीले अमेरिका मा पलायन हुन बाध्य पारेको छ । वहाँहरु सङ्ग भएको प्रतिभा लाई समुदाय मा ल्याएर समुदायकै हितको लागी उपयोग गरी हाम्रा श्रष्टा हरु सँग भएका कला, कौसल, सिप तथा सँस्कारको प्रबर्धन, सम्भर्धन र विस्तार गर्ने ।

8. उत्तर अमेरिका का गैर आबसिय नेपाली हरु मा पर्न सक्ने ठुला समस्या हरु निराकरण का लागी आकस्मिक कोश को ब्यबस्था गर्ने । कोश ब्यबस्था को लागी आबस्किय कोश बृध्दी कार्यक्रम हरु ल्याउने । 

9. गैर आबसिय नेपाली सस्था यन आर यन यु यस ए सुस्त र निदाएको अवस्था मा गुज्री रहेको हुँदा गतिसिल रचुस्त बनाउन निस्पक्ष र ब्यबहारिक ढङगले अगाडी बढाई राजनिती र आर्थीक लाभ बाट टाढा राखी सर्बोपरी हित कालागी काम गर्ने ।

10. गैर आबसिय अन्तर रास्टृय समिती आइ सि सि लाई आबस्यकिय सुझाब तथा सह्योग गरी प्रभाबकारी कार्यहरु अगाडी बढाउन मद्धत पुर्याउने । आबस्यकता अनुरुप अन्य अन्तर्देशिय गैर आबसिय नेपाली सस्था हरु सँग हातेमालो गरी सामुहिक मुद्धा हरुमा सहकार्य गर्ने ।

11. यन आर यन यु यस ए को आर्थीक पारदर्शिता मा ध्यान पुर्याउँदै यस्का निती नियम हरु अध्ययन गरी निर्माण का लागी ब्यापक जन सुझाभ हरु लिई कार्बाई अगाडी बढाउने ।

12. यस बाहेक आबस्यक परे तथा साधन र श्रोत ले भ्याए सम्म सस्था र सामुहिक हितका कार्यहरु गरिने छ ।

धन्यबाद ! 
घन प्रसाद दबाडि
उम्मेद्वार्: वरिस्ठ उपाध्यक्ष 
NRN NCC USA 
email: dabadi39@yahoo.com
Tel: 415-4242731

No comments:

Post a Comment