BostonNepal

Tuesday, May 20, 2014

NRN कोषाध्यक्ष उमेद्वार गोकर्ण दाहाल को अनुरोध

एक पटक को नेपाली सधै को नेपाली 
आर्थिक पारदर्शिता बिना कुनै समाजको बिकाश सम्भव छैन 

सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदी- बहिनिहरुमा, नमस्कार !

आगामी जुन ४ देखि ९ सम्म हुन् गइरहेको एनआरएन एनसीसी को निर्बाचन मा मैले पनि केन्द्रिय कोषाध्यक्ष पदमा उमेदवारी दिएको कुरा निबेदन गर्दै सहयोग को अपेक्षा राखेको छु। नेपाल को नुवाकोट जिल्लामा जन्मी हाल अमेरिका को टेक्सास राज्यमा बिगत १५ वर्ष देखि बस्दै आएको म गोकर्ण दहाल लामो समय देखि निजि व्यापार व्यवसाय मा संलग्न छु। विदेशको बसाइ संगसंगै प्रवास मा रहेका नेपाली संस्थाहरु मा पनि म उत्तिकै संलग्न रहदै, नेपाली समाज को निरन्तर सेवा गर्दै आइरहेको छु। समग्र नेपाली जनजीबनका सरोकार का क्षेत्रहरु मेरा पनि चासो का बिषय हुन्। निजि व्यवसाय का मध्यम बाट नेपाल मा समेत विभिन्न प्रतिष्ठित परियोजनाहरु मा लगानी गरेको हुँदा नेपाल मा प्रबासी नेपाली को लगानी सम्बन्धि अनुभव राखेको छु र यसबाट प्रबास मा रहेका नेपालीहरुले लगानी गर्दा भोग्नु पर्ने कठिनाई संग जानकार छु। यस प्रकार का कठिनाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने मेरो रहर छ।  

प्रवास म़ा बसेर मातृभूमि को सेवा गर्ने अनेकौ उपायहरु मध्ये बिदेशी लगानी नेपाल भित्र्याउने पनि एक महत्वपूर्ण कार्य हो।  
आर्थिक पक्ष नै सबै भन्दा जटिल रहेको बर्तमान परिप्रेक्ष्यमा एन आर एन को मध्यम बाट केहि ठोस काम गर्नु पर्छ भन्ने अठोट र दृढताका साथ् म़ा उभिएको छु। व्यक्तिगत रुपमा लगानी भए पनि एनआरएन बाट सस्थागत हिसाबले ब्यबस्थित हुन् नसकेको यस कार्यलाई अझ संस्थागत गर्नु आजको आबश्यकता हो।  एनआरएन ले गर्दै आएका सामाजिक कार्यहरु जस्तै बृदाश्रम, पिछडिएका बर्गको शैक्षिक उत्थान तथा रोजगारमूलक क्षेत्रहरु यसका अत्यन्त सबल पक्ष हुन्। नेपाल को बिकाश का लागि पूर्वाधार निर्माण (जस्तै: जल, उर्जा, स्वास्थ तथा शिक्षा) का सवाल मा एन आर एन जस्ता संस्था को लगानी तथा सरोकार रहनु पर्छ भन्ने मलाई लाग्दछ। यसका साथै अग्रजहरूले थालेका राम्रा कामहरूको निरन्तरता र समयको परिवर्तनसंगै थपिदै गएका हाम्रा चुनौतीहरूलाई सामना गर्न यस संस्थालाई निरन्तर सक्रिय भूमिका निर्वाह गर्न मेरो प्रण हो। यसका अलाबा मैले यो कार्यकालमा निम्न कार्यहरु गर्न चाहेको छु :  

मैले गर्न चाहेका केहि कामहरु: 

* कोषाध्यक्ष का हैसियतले यस संस्थाको आर्थिक कारोबार शतप्रतिशत पारदर्शी बनाउने साथै प्रत्येक ३ महिनामा यस संस्थाका सम्पूर्ण साधारण सदस्यहरु सम्म इमेल मार्फत आर्थिक कारोबार को जानकारी गराउने छु। 


* प्रबास म़ा रहेका नेपालीहरु को भावना र देश प्रतिको सेवा-भाव लाई कदर गर्दै त्यसको ठोस नतिजा आफ्नो जन्म भुमि नेपाल मा देखियोस भन्ने अभिप्राय ले काम गर्ने छु। 


* आर्थिक अनुसाशन तथा आर्थिक संयोजन कुनै पनि सस्थाको सस्थाको लागि मेरुदण्ड हो। त्यसमा पनि परदेश मा बसेर कस्ट साध्य जिबन बिताउदै मातृभूमि नेपाल को निम्ति परिश्रम र पसिना बाट जम्मा हुने रकम ले गर्ने कार्य अतुलनिय छ। तसर्थ आर्थिक खर्चमा संस्थाको नियमित खर्च बाहेकका ठूला खर्चहरुम साधारण सदस्यको समेत बिचारको सम्बोधन हुने गरि सेमिनार/गोष्ठी मार्फत निर्क्योल मा पुग्ने छु।   


* म यसै घोषणा पत्र मार्फत प्रबासमा बस्दै आउनु भएर स्वदेश को निम्ति चिन्तन तथा सेवा पुर्याउन चाहनु हुने सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनि हरुको भावनाको  कदर गर्दै एनआरएन मार्फत देशका लागि पुर्याउन खोज्नु भएको योगदानको सराहना गर्दै यसलाई अझ पारदर्शी र योजना मुखी बनाउने कुरामा प्रतिबद्द हुनेछु। 


* दोहोरो नागरिता, नया संबिधानमा प्रबासीको हक, अधिकार स्थापित गराउन महत्वपूर्ण भुमिका खेल्नेछु।  


* अमेरिकाका सबै राज्यहरुमा च्याप्टरहरु गठन गरि एनआरएन अमेरिकाको अर्को चुनाव अघि सदस्य संख्या बढाउन लागिपर्ने छु। 
  


* एनआरएन आपतकालिन कोष निर्माण गर्न अग्रणी भूमिका निभाउने छु।

नेपालमा लगानी गर्न 'लगानी कोष' गठन गर्ने र कोषको संचालन निर्देशिका तयार गर्न पहल गर्ने छु।  

* नेपालमै उद्योग धन्दा खोल्न चाहाने प्रबासीहरुलाई कुनै पनि किसिमको दोहोरो कर तिर्नु नपर्ने  ब्यबस्था गर्न लगाउने कार्यमा भुमिका खेल्नेछु। 


* नेपालबाट सम्पत्ति बेच बिखन गरि अमेरिका ल्याउन पाउने ब्यबस्था सहज बनाउन नीति निर्माण गर्न लगाउन पहल गर्ने छु।  


* अन्त्यमा, यो जाहेर गर्न चहान्छु कि म यस सस्था द्वारा निरन्तर नेपाल र नेपाली को सेवा को निम्ति लागि रहने छु। यस कार्यमा हामी सबै सगै सगै हिड्न र नेपाली जिबन म सक्दो परवर्तन ल्याउन यहाँ हरु सबै को सहयोग को अपेक्षा गर्दछु

गोकर्ण दाहाल
उमेद्वार - केन्द्रिय कोषाध्यक्ष 

एनआरएन एनसीसी, अमेरिकाका

No comments:

Post a Comment