BostonNepal

Friday, June 27, 2014

माल्विका सुब्बाले ए एन ए सम्मेलन घन्काउने

आषाढ ११ ,भर्जिनिया 
विजय थापा 

पूर्ण नेपाल सुन्दरी ,संचार कर्मी तथा कार्यक्रम प्रस्तोता माल्विका सुब्बा ३२ औ ए एन ए (दि एसोसिएसन अफ नेपलिज इन अमेरिका) डिसी सम्मेलन को लागि अमेरिका आउने भएको जानकारी ३२ औ ए एन ए सम्मेलन सांस्कृतिक संयोजक नायक सरोज खनालले बताए l अमेरिकामा नेपाली समुदायको सबै भन्दा ठुलो सम्मेलनमा माल्विका सुब्बा आउने चर्चाले उनका प्रशंसकहरु निक्कै खुशी भएका छन् l

गत बर्ष पनि न्यु योर्कमा आएकी थिइन् भने यसपालि उनले ए एन ए सम्मेलनमा सन् २००८ देखि ए एन ए बाल्टिमोर सम्मेलन देखि सुरुवात गरिएको ए एन ए भेषभुषा (फेसन) प्रदर्शनमा कार्यक्रम संचालन गरि डिसी घन्काउने भएकी छिन् l सम्मेलनको अन्तिम दिनको बृहत सांस्कृतिक साँझमा राजेश हमाल , राजेश पायल तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने उक्त कार्यक्रममा उद्घोषण गर्ने जानकारी सम्मेलन संयोजक हेमन्त श्रेष्ठले बताए l  हरेक बर्ष ए एन ए भेषभुषा (फेसन) प्रदर्शनको कार्यक्रम प्रस्तुति स्थानीय प्रतिभाशालि कलाकारले गर्ने गरेकी थिइन् भने यसपालि उक्त कार्यक्रम माल्विका सुब्बाले गर्ने तय भएको छ l

अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिख देखि ६ सम्म हुने तीन दिवसीय कार्यक्रमको तयारी अन्तिम चरणमा पुगी सकेको र कार्यक्रम सुची पनि संचार माध्यममा आई सकेको जानकारी आयोजकले दिएका छन् भने जुलाई ३ तारिखमा माल्विका सुब्बा अमेरिका अवतरण गर्ने भएकी छिन् l 

No comments:

Post a Comment