Tuesday, June 10, 2014

बोस्टनमा रवि प्राञ्जलसँग एक साँझ' भब्य रूपमा सम्पन्न

"फूल थियो यो हातमा छुरी थिएन
स्वीकार गर्न कसैलाई मन्जुरी थिएन"
सुरेश वाग्ले |बोस्टनमा वरिष्ठ गजलकार रवि प्राञ्जलको एकल गजल वाचन कार्यक्रम 'रवि प्राञ्जलसँग एक साँझ' भब्य रूपमा सम्पन्न भयो । कार्यक्रममा उहाँको एकल रचना रहेको गजल एल्बम 'प्यालामा आँसु' सार्वजनिक गरिएको थियो । अन्तराष्ट्रिय साहित्य समाज बोस्टन च्याप्टरले आयोजना गरेको सो कार्यक्रममा गजलकार प्राञ्जलले करिव दुई दर्जन गजल वाचन गर्नु भएको थियो । उहाँको सुमधुर वाचन कलाले सबैलाई आकर्षित गरेको थियो । समाजको तर्फबाट गजलकार रवि प्राञ्जललाई सम्मानसमेत गरिएको थियो । 

बोस्टन छलफलको प्रायोजनमा रहेको सो कार्यक्रममा बोस्टन लोक सुसेलीको तर्फवाट गायनमा मणी लामिछाने, तवलामा नन्दु शंकर र गिटारमा रञ्जन बुढाथोकीको साङ्गीतिक प्रस्तुतिले सबैको मन छोएको थियो । 

सो कार्यक्रमलाई युएस नेपाल अनलाइन डट कम ( www.usnepalonline.com )का प्रदीप थापाको पहलमा बोस्टन नेपाल डटकम ( www.bostonnepal.com ) नेपाली गजल डटकम ( www.nepalighazal.com )नेपाली वेबसाइट डट कम (www.nepaliwebsite.com ) लगाएतका वेबसाइटहरूबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।


अनेसास बोस्टन च्याप्टरका अध्यक्ष हरि काफ्लेको सभापतित्व, गजलकार सुरेश वाग्लेको संयोजकत्वमा सम्पन्न भएको सो कार्यक्रमको संचालन गजलकार मबि सिंहले गर्नुभएको थियो । All pictures by Suresh Wagle.

No comments:

Post a Comment