BostonNepal

Tuesday, June 10, 2014

ए एन ए सम्मेलन राजेश हमाल तथा राजेश पायल राईले तताउने

३२ औ ए एन ए सम्मेलनको लागि नेपाली चलचित्रका महानायक राजेश हमाल आउने पक्का भएको जानकारी ए एन ए सम्मेलन सांस्कृतिक संयोजक तथा नायक सरोज खनालले दिएका छन् l डिसी महानगर क्षेत्रमा सरोज खनाल अधक्ष्य भएको युनाईटेड नेपालले आयोजना गरेको कार्यक्रममा राजेश हमाल आई कार्यक्रम देखाउने गरेका थिए भने भर्खर बिवाह बन्धनमा बाधिएका महानायक यसपाली ए एन ए सम्मेलनको लागि नया बेहुलीको साथ आउने भएका छन् l

यसै गरि गायन क्षेत्रमा निक्कै ख्याती प्राप्त अर्का गायक कलाकार राजेश राजेश पायल राई पनि ए एन ए सम्मेलनको लागि आउने भएको कुरा खनालले दिए भने यस पालि ३२ औ ए एन ए सम्मेलनको लागि बलिवुड अभिनेत्री मनिषा कोइराला ,महानायक राजेश हमाल तथा गायक राजेश पायल राईले सम्मेलन घन्काउने निश्चित भएको छ l वहाहरुका हेर्नको लागि प्रसंशकहरु अधिक आउने भएकोले ३२ औ ए एन ए सम्मेलन निकै चाप बढ्ने र भिड हुने अनुमान सरोज खनालले गरेका छन् l

राजेश हमालका प्रस्तुति तथा राजेश पायल राईको गीतले ३२ औ ए एन ए सम्मेलन घन्काउने छ भन्ने पूर्ण आशा गर्दै छिटो भन्दा छिटो आफ्नो स्थान आरक्षण गर्न सबैमा आग्रह गर्दै अन्य जानकारी छिट्टै सार्बजनिक गराईने सरोज खनालले बताए l

No comments:

Post a Comment