BostonNepal

Thursday, November 13, 2014

एमाले नेता झलनाथ खनाल स्वास्थ्य लाभ गरि आजै स्वदेश प्रस्थान



कार्तिक २७ , भर्जिनिया 
विजय थापा 
डिसी महानगर क्षेत्रको बाल्टिमोरमा प्रवासि नेपालि मन्च अमेरिकाले पूर्व प्रधान मन्त्रि तथा नेकपा एमालेका वरिस्ठ नेता झलनाथ खनालको सम्मानमा विदाई कार्यक्रमको आयोजना गरेको छ l

उक्त कार्यक्रममा उहाको स्वास्थ्य लाभको कामना बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुले दिएका थिए भने उक्त कार्यक्रममा महा वाणिज्यदुत प्रेमराजा महतले पनि खनालको स्वास्थ्य लाभको शुभकामना दिनु भएको थियो l

उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्रि खनालले सबैलाई धन्यबाद दिनु भएको थियो  l आफू अमेरिकामा आएर पूर्ण स्वाथ्य लाभ गरि नेपाल फर्कदै गरेकोले देशलाई अझै नया जोश र जाँगरका साथ अगि बढाउने र मात्री भूमिको रोग निको वनाई सुन्दर ,शान्त र विकसित नेपाल वनाउने कार्यमा लाग्ने वताउदै मुलुकले राजनैतिक क्रान्ति सफल गरि सकेकोले अव देशको सम्पूर्ण शक्ति आर्थिक क्रान्तिको लागि तयार हुनु पर्ने बताउनु भयो l

प्रवासि नेपालि मन्च अमेरिकाका महा सचिव प्रभु थापाले विदाई कार्यक्रममा उपस्थित हुने सम्पूर्ण संघ संस्थाका प्रमुखहरू ,महावाणिज्यदुतावास , नेपाली दुतावास ,जन हप्किन्स अस्पताल र उहांको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्य कर्मीहरुलाई प्रवासि नेपालि मन्च अमेरिकाको तर्फबाट विशेष धन्यवाद दिएका थिए l

प्रवासि नेपालि मन्च अमेरिकाका केन्द्रिय सदस्य डिल्लि राज पौड्यालले अव नेता खनाल पूर्ण स्वाथ्य भएर स्वदेश फर्कदै हुनु हुन्छ l र, देशको निकास र देशलाई नया संबिधान दिने कुरामा महत्वपूर्ण भूमिका खेल्नु हुनेछ भन्दै पूर्व प्रधान मन्त्रिको पूर्ण स्वास्थ्य लाभको कामना गदै सफल र आरामदायी यात्राको कामना दिएका थिए l

नेपाल फर्कनु अघि पूर्व प्रधान मन्त्रि खनालले आजै वाशिंगटन डिसी स्थित नेपाली दुतावास जानु भै भेटघाट गर्नु भएको छ l पूर्व प्रधान मन्त्रि तथा नेकपा एमालेका वरिस्ठ नेता खनाल विगत डेढ महिना देखि अमेरिकाको मेरिल्यान्डको जान हप्किन्स अस्पतालमा मुत्रनलिको शल्यक्रिया गरि स्वास्थ्य लाभ गरि आज साँझ नोभेम्वर १३ तारिख टरकिज बिमानबाट नेपाल फर्कदै हुनुहुन्छ ।

No comments:

Post a Comment