BostonNepal

Sunday, February 22, 2015

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज​ ​महिला समितिको गठन



फाल्गुन ७ ,डिसी 
विजय थापा ,

नेपाली महिला साहित्यकारहरुको विश्व विस्तारिकरण तथा उनिहरुको सिर्जना र प्रतिभालाई समान रुपले विश्व सामु चिनाउने प्रयासलाई अगाडि बढाउने हेतुले अनेसास महिला समिति गठन गरिएको छ l

अनेसास बोर्ड अफ ट्रष्टीका सह-उपाध्यक्ष तथा पूर्व अध्यक्ष गीता खत्री (न्युयोर्क) को संयोजकत्वमा समिति गठन भएको हो l जसको सह-संयोजकमा उन्नति बोहोरा शिला (नेपाल) र सीता पाण्डे (वाशिंगटन डिसी ) रहनु भएको छ भने सदस्य-सचिबमा शकुन्तला ज्ञवाली (न्युयोर्क )रहनु भएको छ l

यसैगरी सदस्यहरुमा विमला निरौला, (मेरिल्याण्ड ), लक्ष्मी राई (लारा)  (बेलायत )   समाश्री  ( इजरायल)   पुनम काफ्ले (न्युजर्सी)  , गंगा लिगल ( टेक्सास), लतिका जोशी ( भारत), जीवन अर्याल (जापान),  ममता कर्माचार्य ( बोष्टन), सुजाता क्षेत्री (फ्रान्स), रोजी भट्टराई (अष्ट्रेलिया) रहनु भएको छ l

अनेसासका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो l

No comments:

Post a Comment