BostonNepal

Tuesday, March 10, 2015

वोस्टनको हिमालयन लायन्स क्लवको अध्यक्षतामा नेपाल

वोस्टन, मार्च ९ - वोस्टनस्थित हिमालयन लायन्स क्लवको अध्यक्षमा विमल नेपाल निर्विरोध निर्वाचित हुनुभएको छ। लामो समयदेखि वोस्टनमा वसोवास गर्र्दै आउनुभएका चर्चित फोटो पत्रकार नेपाल दुइ वर्षका लागि निर्वाचित हुनुभएको हो।

यस अघि महेश्वर पन्त, शिवप्रकाश र विष्णु कार्कीले क्लवको अध्यक्षको कार्यभार सम्हालिसक्नुभएको छ।
सो क्लवको शनिवार सम्पन्न चार्टर नाइटले क्लवको प्रथम उपाध्यक्षमा राम थापा, द्धितीय उपाध्यक्षमा सन्तोष सुवेदी र तृतीय उपाध्यक्षमा आजाद प्रधानलाई चयन गरेको हो।


त्यसैगरी क्लवको सचिवमा पेशल रेग्मी, कोषाध्यक्षमा गोवर्धन पूजा र सहसचिवमा मिलन कार्की चयन हुनुभएको छ । क्लवको कार्यकाल दुइ वर्षको हुनेछ। सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष नेपालले आगामी दिनमा सो क्लवलाई चुस्त रुपले अगाडि बढाइने प्रतिवद्धता व्यक्त गर्दै व्यवसायीहरुबाट पनि सहयोग लिन प्रयास गरिने जानकारी दिनुभयो।

उक्त अवसरमा क्लवका प्रथम उपाध्यक्ष राम थापाले स्वागत मन्तव्य व्यक्त गर्दै नयाँ कमिटीले अझ राम्रो काम गर्ने अपेक्षा गरेको जनाउनुभयो । उक्त अवसरमा द्धितीय उपाध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष महेश्वर पन्त, डिस्ट्रिक ३३ के का गभर्नर एवं पूर्व अध्यक्ष तथा अन्य अतिथिहरुले हिमालयन लायन्स क्लवले गरेको कार्यको सराहना गर्नुभएको थियो।

त्यस अवसरमा क्लवका सचिव पेशल रेग्मीले क्लवको वार्षिक गतिविधि तथा कार्यक्रम र कोषाध्यक्ष अजय आचार्यले क्लवको
 आय व्यय विवरण सार्वजनिक गर्नुभएको थियो । मिस नेपाल युएसमा सहभागी एलिसा थापाले सन्चालन गर्नुभएको सो कार्यक्रमको अध्यक्षता गरिरहनु भएका अध्यक्ष विष्णु कार्कीले क्लवले गरेका र गर्न बाँकी रहेका कामको बारेमा जानकारी दिनुभएको थियो।

यस अवसरमा एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रवल प्रत्यासी नगेन्द्र पौडेलले एनआरएनको बारेमा जानकारी दिँदै क्लवलाई सहयोगस्वरुप पाँच सय डलर प्रदान गर्ने वचनवद्धता व्यक्त गर्नुभयो।

आयोजित कार्यक्रममा वोस्टन लायन्स क्लव डिस्ट्रिक ३३ के का गभर्नर प्याटले क्लवमा नवागन्तुक सदस्य किरण खड्का, माया कडायत पौडेल, सरिता पाण्डे, विमला थापा र शान्ति जोशीलाई लायन्सको पिन प्रदान गर्नुभयो।

यसैगरी क्लवले प्रत्येक वर्ष प्रदान गर्दैै आएको व्याक टु स्कुल कार्यक्रम अन्तर्गत यो वर्ष नवलपरासी जिल्लाको गैँडाकोटस्थित विजय निमाविलाई एक हजार पाँच सय डलर प्रदान गरिएको छ । कार्यक्रममा नाचगान तथा बासरीको धुन पनि गुन्जिएको थियो।

No comments:

Post a Comment