BostonNepal

Thursday, March 12, 2015

अमेरिकाको बोष्टनमा अन्तराष्ट्रिय नारि दिवस भब्य रुपमा सम्पन्न


यम पौडेल | मार्च १०,२०१५ बोष्टन |बिश्व नेपाली महिला सँजाल (NWGN) ले अमेरिका को बोष्टनमा १०४ औ अन्तराष्ट्रिय नारी दिवस भब्य रुपमा सम्पन्न गरेको छ । मार्च ८, २०१५ का दिन बोष्टनको बिश्वप्रख्यात  MIT बिश्वबिद्यालयको ७७ मास एभिन्यु स्थित सभाहल झिलिमिलि सिगारिएको थियो भने नेपाली सारी सहितको पहिरनमा नेपाली महिलाहरु हलभरि थिए । “ महिला सशक्तिकरण गरेर देखाऊ (मेक इट ह्यापेन,ओमन इमपावरमेन्ट) ” नारा रहेको यसपटकको नारी दिवसमा ७० बर्ष नाघेका ५ नेपाली आमाहरु, ४ सफल महिला ब्यबासयीहरु, शैक्षिक क्षेत्रका ४ नेपाली महिला तथा एक ट्यालेन्ट नेपाली चेली लाई बिशेष सम्मान गरियो ।


नेपाली गित नृत्य सहित अमेरिकन हरुको समेत साँगेतिक प्रस्तुती रहेको कार्यक्रममा महिला हक अधिकारको लागी लडेका महान नारिहरुको एतिहासिक योगदानलाई बिशेष सम्झना र सम्मान ब्यक्त गरियो भने  ओमन डे को महत्व बारेमा चर्चा गर्दै महिला माथि हुने गरेको हिँसा,  अन्याय, अत्याचार , असमानता बारेमा देश बिदेशको प्रसँङग कोट्याऊने काम भयो । भावी दिनमा महिला शसक्तिकरणलाई बोलि र नारामा मात्र सिमित नराखि कामै गरेर देखाऊन नेपाली महिलाहरु बिश्वभरबाट एकजुट हुनपर्नेमा सहभागी महिलाहरुले जोड दिए । यसपटकको नारी दिवसमा नसोचेको सहभागिता जुटनुलाई  निकै अर्थपुर्ण रुपमा हेरिएको छ । गत अगष्टमा सँस्थाले अन्तराष्ट्रियस्तरको अत्यन्तै स्तरिय बायो कन्फ्रेन्स गर्दा समेत यति ठुलो सहभागिता बोष्टनमा जुटेको थिएन । आगामी दिनमा आफुहरु अझै जिम्मेवार रुपमा प्रस्तुत हुदैजाने एन डब्लि जि एन का पदाधिकारीले जनाएका छन ।  
                      

कुशल एम सि व्दय रोशना घिमिरे तथा देभियानि दिक्षित वदारा सँचालित कार्यक्रममा नेपाली ओमनस् ग्लोबल नेटवर्क NWGN कि अध्यक्ष रुक्मणी कार्कीले स्वागत मन्तब्य राख्दै महिला हकहित र एकताका लागी कुनैपनि धर्म जाति क्षेत्र र रँगको आधारमा विभेद नगरि सबैथरीका महिला समेटदै अगाडि बढने कुरामा जोड दिइन । कि नोट स्पिकर एटाष्क का चियर पर्शन कोरियन महिला ऊड्रे एच पाक को बिशेष मन्तब्य र युएनडिपि मा कार्यरत पाकिस्तानी महिला मुकुदिसा मेहरिन को प्रेजेन्टेसन ले धेरैको मन छोएको थियो । त्यसैगरि महिला शसक्तिकरण का बारे शान्ति जोशी, महिला सास्कृतिक बिभेद ( कल्चरल कम्पिटेन्सि ) को बारेमा समरभिल सिटि मा कार्यरत इजुकेटिभ डाइरेक्टर अफ ओमेन कमिसन सोन्जा दराईले आ- आफ्नो मन्तब्य राखेका थिए ।


कार्यक्रममा सम्मानित हुने आमाहरुमा साबित्रि सापकोटा,साबित्रि पोखरेल,जमुना अधिकारी,सेति गुरुङ,मन कुमारी गुरुङ थिए भने ऊहाहरुलाई दोसल्ला ओडायर सम्मान गरिएको थियो । त्यसैगरी अमेरिकामा रहेर राजनिति क्षेत्रमा अगाडि बढेकि गत नोभेम्बर मा जर्जियाबाट प्रतिनिधिसभाको चुनाव लडेकि नेपाली चेली अमृता रेग्मी, अमेरिकाको शैक्षिक क्षेत्रकि नेपाली धरोहर युनिभर्सिटि अफ कनेटिकट मा अध्यापनरत समाजसेवि डा.बिद्धा रँजित,हार्बर्ड युनिभर्सिटिमा अध्यापनरत शिक्षासेबि डा. मिना सिँ खडका,बोष्टन आएर ऊच्च शिक्षा पि एच डि गर्ने डा. मुना अर्याल र माल्देन स्कुल कि टिचर बोष्टन तमु समाजकी अध्यक्ष सम्झना गुरुङ श्रेष्ठ का साथै अमेरिकामा आयर सफल ब्यबसायी हुन सक्षम महिला हजुरि सिँ, शिला मानन्धर, किरन मानन्धर, नबिना गुरुङ, र मिस नेपाल यु एस ए २०१४ मा सेकेण्ड रनर अप को ऊपाधि जित्न सफल शुष्मा अधिकारी समेत लाई ऊहाहरुको सफलता प्रति गर्बगर्दै स्टेजमा छुट्टाछुट्टै सम्मान गरिएको थियो । सम्मान कार्यक्रम भने गतबर्ष देखिकै कुशल कार्यक्रम सँचालिका सदिक्षा नेपालले सँचालन गरेकि थिइन ।


साँगेतिक मनोरँजन तर्फ एन डब्लु जि एन का पदाधिकारीले शुरुमै साह्रै मार्मिक सामुहिक गित प्रस्तुत गरेका थिए भने बिचमा सुसम श्रेष्ठले पनि मिठो गित गाएकि थिइन । युमास स्टुडेन्ट को एक म्युजिकल ब्यान्ड “युमास राङ” ले फरक किसिमको रोमाँचकारी हिन्दी फ्युजन अकुपेला प्रस्तुत गरेका थिए । समरभिल सिटि बाट आएका जेनिन लगाएतको सिबोम टिमको अमेरिकन प्रस्तुतीलेले म्युजिक एक शक्ति हो भन्ने खालको थियो । त्यसैगरी ऊस्टर सिटिबाट आएका जोत्सना र भुमिकाले “कुटुम्बा मेडले” शिर्षकमा रमाईलो डान्स गरे भने डान्सर सुमित चौहानले मिक्स गितमा नाच्दै सबैलाई हौस्याएका थिए । सुदिना श्रेष्ठ र बर्षा वन्तको “मेरो गित मेरो गित” बोल को नृत्य त्यतिकै शसक्त रहेको थियो ।  

कार्यक्रमको बिचमा कबि दिपा राईले साहित्यिक कार्यक्रम सँचालन गरेकि थिइन । कबि तथा साहित्यकार हरु भारति गौतम, अनु शाह, ममता कर्माचार्य, रत्न गुरुङ, दिनेश राजभण्डारी  समेतले मनैछुने खालका कबिताहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तिममा ओमन डे लाई सफल पार्न खटने सबै पदाधिकारी , खानाको ब्यबस्था गर्ने साथिहरु ,सहयोगी  स्वयँ सेबक एवँ सहभागी सबै सबैमा आयोजक समितिको तर्फबाट सम्झि सँम्झि निर्मला शेरचनले ले भोट अफ थ्याँकस दिएपछि कार्यक्रम सकिएको थियो ।
   

जाडो, बाटोभरि हिऊ, पार्किङ समस्या र अमेरिकाको ब्यस्तलाईफ का बाबजुद निकै ठुलो सहभागिता देखियो कत्तिको खुसी हुनुहुन्छ भन्ने एक प्रसँङगमा सँस्थाकी अध्यक्ष कार्कीले भनिन “ आफु अध्यक्ष भएको नाताले आफ्नो होमटाऊन बोष्टनमा बिभिन्न तह तप्काका महिलाहरु बिभिन्न प्रोफाइलमा काम गरेका महिला हरु एकै थलोमा जम्मा भै छलफल गर्ने दुइ बर्ष देखिको सोच आज पुरा भएको भन्दै यसको जस स्वत एन डब्लु जि एन बर्तमान पदाधिकारीहरुलाई जाने बताईन । यसपटकको नारी दिवसको लागी २ महिना देखि खटेका सबै एन डब्लु जि एन हरु साच्चिनै कामकाजि थिए त्यसैले गर्दा कार्यक्रम एतिहासिक हुनपग्यो, सबै पदाधिकारीहरु धन्यबादका पात्र भएका छन । सँस्थालाई डोराऊदै यहा सम्म ल्याईपुराऊने डा. बिद्धा रँजित लगायतका बिगतका NWGN का पदाधिकारी एवँ महिलालाई साथ दिने महिला मात्र हैन सबै पुरुषहरुलाई पनि धन्यबाद दिन चाहन्छु । आगामी दिनमा आफुहरुले सँस्थाको ऊद्देश्यअनुरुप अझै शसक्त काम गर्दै जाने ऊनले बताइन ।


कार्यक्रममा टाढाटाढा र अमेरिका भरकै महिलाहरुको प्रतिनिधित्व रहेको थियो भने अन्य नेपाली सँघ सँस्थाहरु एन आर एन अमेरिका ,  ग्रेटर बोष्टन नेपाली कम्युनिटि, पशुपति बुद्द फाऊण्डेशन, हिमालयन लायन्स क्लब अफ न्यु ईङ्लैण्ड ,बोष्टन लोक सुसेली समुह, बोष्टन तमु समाज, नेपालको युवा, अ ने सा स, लगायतका नेपाली सँघ सँस्थाहरु का पदाधिकारी एवँ  समाजसेबी, अधिकारकर्मी, मेडिया , बिव्दत बर्ग लगायतका पुरुषहरुको पनि सहभागिता रहेको थियो ।



स्मरणिय रहोस थोरै महिला को सहभागितामा डा. अन्नपुर्ण देव ले २००२ मा वासिङटन डि सि मा स्थापना गरेको सँस्थाले हाल क्यालिफोर्निया, सन्ट लुइस र नेपाल मा च्याप्टर गठन गठन गरिसकेको र निकट भविश्यमा अष्ट्रेलिया, न्युजिल्याण्ड, कतार  हुदै बिश्वमा सँजाल फैलाऊन योजना भएको कुरा यसभन्दा अगाडिका कार्यक्रमहरु मार्फत NWGN ले जनाऊदै आएको छ ।

धन्यबाद 
फोटो साभार : बिमल नेपाल तथा जितेन्द्र श्रेष्ठ बिराटनगरे





No comments:

Post a Comment