BostonNepal

Tuesday, March 17, 2015

“अनेसास दर्पण “का लागि रचना आब्हान

 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले “अनेसास दर्पण” प्रकाशन गर्ने भएको छ|  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका गतिबिधि र साहित्यका बिबिध विधाका सिर्जनालाई समावेश गरेर प्रकाशन गरिने उक्त अनलाइन पत्रिकाको पहिलो अंक मार्च महिनाको अन्तिम साता प्रकाशित हुने भएको छ |


 साहित्यकार कुसुम ज्ञवालीको प्रधान सम्पादकत्वमा प्रकाशित हुने उक्त पत्रिकामा कथा, कविता, गजल, मुक्तक, हाइकु, निबन्धलगायतका सिर्जनाका साथै च्याप्टरहरुका बिगत तीन महिनाभित्र सम्पन्न गतिबिधिहरु समावेश गरिने भएको छ / यसका लागि सम्पूर्ण अनेसास च्याप्टर तथा सर्जकहरूलाई यही मार्च २२, २०१५ सम्ममा कुसुम ज्ञवाली thekusum@gmail.com , गोबर्धन पूजाgpooja1970@gmail.com

 अथवा  अनेसास : info@inls.org मा रचना / गतिविधि पठाउन अनुरोध गरिएको छ| समाजक अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो|

No comments:

Post a Comment