BostonNepal

Thursday, March 19, 2015

अमेरिकी सभासदका उम्मेदवार तिवारी अन्तर पार्टिबाट निर्बिरोध हुने प्रवल सम्भावना

चैत्र ६ ,डिसी विजय थापा |नेपाली मूलका जीवन तिवारीले भर्जिनियाको तल्लो सदन 'हाउस अफ डेलिगेट 'मा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवारीको  घोषणा निर्वाचन क्षेत्र ८७  बाट गरे पछि रिपब्लिकन दलले गम्भीरतापूर्वक तिवारीको उम्मेदवारीलाई लिएको छ l

उक्त क्षेत्रमा एसिएन मुलकका मानिसहरुको बसोबास ज्यादा हुनुको साथै नेपाली समुदायको पनि जन घनत्व निकै रहेको छ l  तिवारीको निर्वाचन क्षेत्रमा हाल सम्म दुई पटक मात्र निर्वाचन भै सकेको उक्त क्षेत्रमा रिपब्लिकन दलका उम्मेदवारले दुई पटक झिनो मतले चुनाब जितेका थिए l यो निर्वाचन क्षेत्र नया बनाईएको हो l भर्जिनियाको डेमोक्र्याटिक दलको आधिकारिक संजाल (वेब साइट)मा तिवारी दलको आधिकारिक उम्मेदवार भएको जनाएको छ l

पहिलो निर्वाचनमा करिब ५० मतको फरक र दोश्रो निर्वाचनमा १ सय ८७ मतले रिपब्लिकन पार्टीका उम्मेदवारले जितेका थिए l वाशिंगटन डिसी वरपरका अन्य निर्वाचन क्षेत्र भन्दा यो क्षेत्र अत्यधिक प्रतिस्प्रद्धा क्षेत्र मानिन्छ l 

कडा प्रतिस्प्रधा हुने भएकोले डेमोक्र्याटिक दलले प्राथमिक चरण मै आफ्नो दल भित्र बाट नै प्रतिस्प्रद्धा गराउन नचाहेको बुझिएको छ l डेमोक्र्याटिक दलका उक्त क्षेत्रका लागि अन्य उम्मेदवार बन्न चाहना राख्ने उम्मेदवारहरुले तिवारीलाई समर्थन गरि सकेका छन l दुई पटक डेमोक्र्याटिक दलले उक्त क्षेत्रमा पराजित भोग्नु परेको थियो l

डेमोक्र्याटिक दलको तर्फबाट हाल सम्म उक्त क्षेत्रका लागि तिवारी बाहेक कसैले पनि उम्मेदवारी दिएका छैनन् l र ,उम्मेदवारी नदिएको कारण डेमोक्र्याटिक पार्टीका उम्मेदवार तिवारी प्राथमिक चरणको निर्वाचनमा पार्टीको तर्फबाट निर्बिरोध हुने प्रवल सम्भावना बढेर आएको छ l

आगामी मार्च २१ र २२ तारिख डिसी महानगर क्षेत्र मा एनआरएन अमेरिकाको तेश्रो अधिवेसन हुने भएको कारण औपचारिक घोषणा ढिला हुन् गएको बताउदै तिवारीले त्यस पछि औपचारिक उम्मेदवारी घोषणा गर्ने भएका छन् l सबै नेपाली समुदायको साथ लिदै घोषणा गर्ने योजना रहेको बताउदै नेपाली समुदाय द्वारा आफुले पूर्ण सहयोग प्राप्त गर्ने आशा तथा विश्वास रहेको तिवारी बताउदछन l

तिवारीलाई डेमोक्र्याटिक दलबाट पूर्ण समर्थन र सहयोग हुने भएको छ l

आगामी जुन ९ मा प्राथमिक र नोभेम्बरमा ३ मा अन्तिम चरणको निर्वाचन हुनेछ l तिवारी प्राथमिक चरणको निर्वाचनमा पार्टीको तर्फबाट निर्बिरोध हुने प्रवल सम्भावना बन्दै गएकोले केवल नोवेम्बरमा हुने निर्वाचनमा मात्र रिपब्लिकनका प्रतिद्वन्दी संग चुनाब लड्नु पर्ने छ l

No comments:

Post a Comment