BostonNepal

Monday, April 27, 2015

बोष्टनमा महाभुकम्प पिडितको लागि मैनबत्ति प्रज्वलन । ऊद्दार कोष अनलाईन साइटमा एकै छिनमा ३१०० डलर । सहयोगको अपिल ।

यम पौडेल \ बोष्टन \ अप्रिल २७, २०१५ |मातृभुमि नेपालमा गएको महाभुकम्पले देश तथा बिदेश बस्ने नेपालीलाई बिक्षिप्त बनाएको बेला   सम्पुर्ण दिवँगत आत्माहरुप्रति शान्तिको कामना गर्दै हिजो बोष्टनमा मैनबत्ति (शान्ति दिप) बालियो । साथै राष्ट्रिय बिपत्तिको सामना गर्ने शक्ति नेपाल र नेपालीलाई प्राप्त होस भनि ठुलो सँख्यामा स्वदेशि बिदेशि नागरिक झ्याप झ्युप्पै जम्मा भै मैनबत्ति प्रज्वलन र एक मिनेट मौनधारण समेत गरियो । बोष्टनको कोप्ले स्क्वायरमा जम्मा भएका ग्रेटरबोष्टनबासी नेपालीहरु, इण्डियन, अमेरिकन र अन्य कम्युनिटिबाट समेत आएका शुभचिन्तक माझ बोष्टनका मेयर मार्टिन वाल्सले भने “ You will don’t stand alone tonight, you have all of Boston here with you”  ।



मलिन अनुहार हात हातमा क्यान्डिल र नेपाली झण्डा , स्टे स्ट्रोङ नेपाल, लेट्स प्रे फर नेपाल जस्ता थरि थरिका ब्यानर हातमा लिएर ठुलो कम्पाऊण्ड भरि गोलबद्द नेपालीहरुले आखा रसाऊदै मैनबत्ति बाले, दिवँगत आत्माहरुलाई सम्झे, रोइरहेको देशलाई सम्झे, अब थप केहि अनिष्ट नहोस भनेर प्रार्थना गरे , राष्ट्रले सजिलै दैविप्रकोप सामना गर्न सकोस भन्दै एक्यबद्दता जनाए । यसको लागि मिलन गुरुङ को शुरु आव्हानमा शनिबारै नेपालीहरु हिमालयन बोष्ट्रो मा जम्मा भै “ ग्रेटर बोष्टन नेपाल अर्थक्वेक रिलिफ फण्ट “ को नामबाट अगाडि बढने र सबै नेपाली एऊटै पँक्तिमा देखा पर्ने गरि चाजोपाजो मिलाएका थिए यस कार्यमा अमित दिक्षितले पुर्ण साथ दिएका थिए ।


नेपाली तथा अमेरिकन नेशनल एन्थम बाट शुरु भएको “ क्यान्डिल भिजिल टुनाइट” मा  अन्तराष्ट्रिय सोसाइटि अफ कृष्ण टेम्पलको इण्डियन टिमले कृतन गरेको र बिभिन्न मार्मिक नेपाली राष्टिय गित, तथा भजन व्दारा राष्ट्रप्रेम झल्काइएको थियो ।

प्रार्थना कार्यक्रममा ग्रेटर बोष्टनका सामाजिक ब्यक्तित्व हरु पशुपतिनाथ बुद्द फाऊण्डेशनका महासचिव महेश्वर पन्त, नेपालीहरुलाई साथ दिइ आऊनुभएका साऊथ एसियन आर्ट काऊन्सिलका डाइरेक्टर अमित दिक्षित, सिटि अफ बोष्टनका काऊन्सुलर, एन आर एन अमेरिकाका पुर्व अध्यक्ष प्रल्हाद के.सि.,एन आर एन अमेरिका एवँ जिबिएनसिका सल्लाहकार बिष्णुहरि धौराली , विश्व महिला सँजाल(एन डब्लु जि एन) कि अध्यक्ष रुक्मणि कार्कि, जि बि एन सि कि सल्लाहकार डा. ऊषा शर्मा,  जि बि एन सि का महासचिव भक्त गुरुङ,  सनि कँसाकार समेत बोलेका थिए भने सबै नेपालीको तर्फबाट जिबिएनसि का पुर्ब अध्यक्ष तथा प्याब्फोन का बर्तमान चियरपर्शन मिलन गुरुङले सहभागीलाई  धन्यबाद दिए । कार्यक्रममा  समाजसेबी नवराज कोइरालाले राहत कोषमा ६०२ डलर दिने बचन दिए ।


बोष्टनको क्याण्डल लाइट प्रोग्राम पश्चात सबै नेपाली हरुको तर्फबाट साझा राहत फन्ट (अनलाईन डोनेशन साइट) “ ग्रेटर बोष्टन रिलिफ अर्थक्वेक रिलिफ फण्ट “ जारि गरिएको छ । यसमा सहभागी सँस्थाहरुमा नेपालीहरुको मातृसँस्था जिबिएनसिलाई शिरमा राखिएको छ भने क्रमस: हिमालयन लायन्स क्लव, पशुपतिनाथ बुद्द फाऊण्डेशन, साऊथ एसियन आर्ट काऊन्सिल, नेपाल अमेरिकन फाऊण्डेशन,नेपाली ओमेन ग्लोबल नेटवर्क, नेपाली पब्लिक रिलेशन न्यु इङलैण्ड कमिटि, नेपाली स्टुडेन्ट अफ क्लर्क युनिभर्सिटि,बोष्टन लोक सुसेली समुह,बोष्टन तमु समाज, बोष्टन थकाली समाज, बोष्टन राइ समाज,बोष्टन तामाङ समाज,बोष्टन शेर्पा समाज,बोष्टन मगर समाज,केप कोड आइसल्याण्ड कम्युनिटि,आइ एन एल एस , खडका खत्रि समाज,नेवा: अर्गनाइजेशन अफ अमेरिका न्यु इँगलैण्ड आदि लाई समेटिएको छ यस साइटमा यो समाचार तयार पार्दा सम्म एकै दिनमा ३१०० डलर भन्दा ऊठिसकेको देखिएको छ । यस फण्डमा ऊठेको डोनेशन रेडक्रस मार्फत नेपालको आधिकारिक राहत कोषमा पठाइने कुरा जनाइएको छ । यसमा सहयोग गर्न जिबिएनसि का बर्तमान अध्यक्ष राम थापा लगायतले सबैलाई आव्हान गरेका छन ।

स्मरण रहोस । नेपाल र नेपालीलाई आइलागेको यस महाबिपत्ति र नेपाली कम्युनिटि को सपोर्टको लागि बोष्टनका राष्ट्रिय टि भि च्यानलहरु र मेडिया हरुले २ दिनदेखि राम्रो सँग प्रसारण गरेका छन । नेपालीहरुलाई भेटन आएका छन । यसप्रकारको शान्ति दिप प्रज्वलन आऊदो बुधवार क्याम्ब्रिज को हार्बर्ड स्क्वायरमा ३ बजे  र सोहि दिन बेलुका ६:०० बजे समरभिल सिटि हल कम्पाऊण्डमा गरिने कार्यक्रम रहेको छ । 

  
फोटो तथा ब्यानर : मिलन कुमार कार्की, तथा अन्य साथिहरुको फेसबुकबाट

No comments:

Post a Comment