BostonNepal

Wednesday, May 13, 2015

NRN Press Release

आदरणिय अमेरिकाबासी सम्पुर्र्ण नेपाली दाजुभाई तथा दिदि बहिनी हरु,
एनआरएन एनसिसि अफ युएसए को लामो समयदेखि को अथक प्रयास तथा संयुक्त राज्य अमेरिकाको लागि नेपालका नवनियुक्त राजदुत डा. अर्जुन कार्कि को विशेष पहलमा  अमेरिका का विभिन्न राज्यहरुमा बसोबास गरिरहनुभएका सम्पुर्ण नेपाली हरु जसको विविध प्राविधीक कारणवश पासर्पोट बन्न सकेको थिएन ती सबै लाई  आजैका मिति देखि एमआरपि पासर्पोट को लागि र्फम बुझने कार्यको शुरुवात गरिएको छ यसको लागि यहाँहरुले नजिक को कुटनैतिक नियोग, वासिङ्गटन डि.सि. स्थित नेपाल एम्बेसी अथवा एनआरएन एनसिसि अफ अमेरिका ले नियुक्त गरेका फोकल परसन हरु सँग यथासिघ्र सम्र्पक राखेर आफनो पासर्पोट नविकरण र तथा नयाँ पासर्पाेट को लागि निवेदन दिनु अनुरोध छ । विस्तृत जानकारिको लागि संयुक्त राज्य अमेरिका का विभिन्न राज्यहरुमा रहेका एनआरएन एनसिसि अफ युएसए का फोकल पर्सन्सहरु सँग सम्र्पक राख्नुहोला ।

साथै नेपालमा पछिल्लो दिनमा लगातार रुपमा आईरहेको माहाभुकम्पको कारण ले देखापरेको महाविपत्ति को अवस्थाले अमेरिका मा बसोबास गरिरहेका कागजविहिन दाजुभाई तथा दिदी बहिनी लाई परेको असहज अवस्थालाई निकास दिने टि.पि.एस. व्यवस्था लाई लागू गर्न संयुक्त राज्य अमेरिका विदेश मन्त्रि जोन केरी र संयुक्त राज्य अमेरिकाको लागि नेपालका नवनियुक्त राजदुत डा. अर्जुन कार्कि बिच यहि मे ११, २०१५ का दिन गम्भिर छलफल भएको छ र सो सम्बन्धमा चाडै नै अमेरिकन सरकारका तर्फ बाट युएससिआईएस (USCIS) लाई सो सम्बन्धमा आवश्यक कार्यविधी बनाउन को लागि निर्देशन हुने कुरा पनि यहाँ हरुलाई जानकारि गराईन्छ । साथै यसका लागि निरन्तर पहल गरिरहन तथा अमेरिकन सरकार सामु नैतिक समर्थन जनाउन हाल जारि रहेको हस्ताक्षर अभियान लाई पनि व्यापक बनाउदै जानुपर्ने व्यहोरा पनि यहाँ हरुलाई अवगत गराउदँछौं ।
Thank You
Sincerely,
Krishna Pokhrel 
General Secretary 
(NRN NCC of USA)

No comments:

Post a Comment