BostonNepal

Monday, November 11, 2013

मिस नेपल यु.एस. २०१३ उपाधि बिजयिता सुश्री वर्तिका राई सम्मानित


यहि नोवेम्वर ९ तारिखका दिन न्युह्याम्सर राज्य स्थित ब्यारिंगटन शहरमा मिस नेपला यु.एस. २०१३ उपाधि बिजयिता सुश्री वर्तिका राईलाइ एक समारोहको आयोजना गरी सम्मान गरियो l युनाइटेड किरांत राई अर्ग नाइजेशन अफ अमेरिका ( यु.क्रा.) को आयोजनामा सम्पन्न सो समारोहमा एन.आर.एन,एन सी सी यु एस ए का अध्यक्ष तथा स्थानीय संघ संस्थाका प्रतिनीधहरुको समेत उपस्थिति रहेको थियो l


जर्जिया राज्यको म्यकन शहर स्थित Wesleyan College  मा Accounting प्रमुख बिषय लिएर आध्यायनरत सम्मानित राईले हाम्रो शिक्षा प्रणाली, राजनीति तथा प्रशासन समयन्त्रमा निसन्देह बिकृतिहरुछन l यसको बारेमा हामी तिब्र आलोचना गर्ने गर्दछौ तर यो बिकृतिहरुको सुधारको बारेमा सोच्दैनौ l अत: सर्व प्रथम हामीले आफुलाई चिन्नु पर्दछ l आफ्नो जिम्मेवारी बुझ्नु पर्दछ र ती जिम्मेवारी बहन गरिएमा यस्ता बिकृतिहरु क्रमस हट्दै जानेछन्  l यसको थालनी सतह देइखिनै गरिनु आबश्यकछ l शिक्षाको कुरा गर्दा पूर्ब प्राथमिक तहबाटै ब्यबहारिक तथा सृजनशील शिक्षाको पाठ्यक्रम तयार गरि तदनुसारको शिक्षा प्रदान गरिएमा आत्म निर्भर व्यक्ति, परिवार र समुदायको निर्माण गर्न सकिन्छ भन्ने कुरामा मलाइ पूर्ण बिश्वासछ  भन्दै आफुले बिभिन्न क्षेत्रमा काम गर्ने अभिरुचि भएता पनि शिक्षाको क्षेत्रलाइ प्राथमिकतामा राखेर यस क्षेत्रमा कार्यरत माया युनिभर्स एकेडेमी नामक गैह्र सरकारी संस्थासग सहकार्य गर्दै रहेको र आगामी वर्षे बिदामा नेपालको दुर्गम क्षेत्रहरुमा गइ यस सम्बन्धमा बिस्तृत अन्वेषण अनुसन्धान गर्ने योजना रहेको समेत उजागर गरिन l

समारोहका मुख्य अतिथि एन.आर.एन,एन सी सी यु एस ए का अध्यक्ष श्री शिव कुमार राई, युनाइटेड किरांत राई. अर्गनाइजेशन अफ अमेरिका केन्द्रीय समितका उपाध्यक्ष श्री श्यामा राई, यु.क्रा. न्युइंगलैंड च्याप्टर अध्यक्ष श्री बिष्णु राई समेतले सम्मानित राईलाई बधाई ज्ञापन गर्दै, भविष्यमा पनि यस प्रकारको सफलताले निरन्तरता पाई रहोस भन्ने शुभ-कामना व्यक्त गरेका थिए l  अन्तर्राष्ट्रिय साहित्य समाज, न्युह्याम्सर च्याप्टरका महासचिब श्री इश्वोरी भट्टले  सुन्दर कविता समेत वाचन गरि बधाई तथा शुभकामान व्यक्त गरेका थिए भने कार्यक्रम संचालक श्री दर्पण किराँत राइले युनाइटेड किरात राई अर्ग नाइजेशन अफ अमेरिका केन्द्रीय समितिका अध्यक्ष श्री प्रभाकर राइले पठाउनु भएको बधाई तथा शुभ-कामना संदेश पढेर सुनाएका थिए l


सो सम्मान समारोहमा उपस्थित अतिथिहरुलाई संस्थाकी सदस्य श्रीमती दीपा पुन राइले स्वागत गरेकी थीईन भने संस्थाका सचिब श्री दर्पण किराँत राई तथा सदस्य श्रीमती सुसन किरांत राइले समारोह संचालन गरेका थिए l

No comments:

Post a Comment