BostonNepal

Monday, November 11, 2013

अमेरीकामा नेपाल संम्बत ११३४ को अवसरमा कार्यक्रम

नातिबाबु भट्ट, कोलोराडो, अमेरीका -
नेपाल संम्बत ११३४ उपलक्ष्यमा कोलोराडो निवासी नेवारी समुदायले सनिबार  बिशेष कार्यक्रम आयोजनागरि एक आपसमा भिंतुना आदान प्रदान गरेका छन् । नेवा दवु कोलोराडोले आयोजना गरेको न्हूदँया भिन्तुना कार्यक्रममा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् ।


नेवार र नेवारी समुदाय संग सम्बन्धित मानीसहरुलाई मात्र आमन्त्रण गरिएको कार्यक्रममा यहां स्थित झण्डै २ सय भन्दा बढी नेपाली र केही अमेरीकनहरुको उपस्थिती रहेको थियो । नेवारी समुदायको धार्मिक गुरु बिरेन्द्रराज उपाध्यायबाट गणेशको पुजागरी शुभारम्भ  गरिएको कार्यक्रममा, सहभागी कतीपयले आफ्नो जातीय भेष भूषा झल्कने पहिरहन लगाएर आएका थिए । 

कार्यक्रम आयोजना स्थलमा बालक हुन वा बृद्ध, यूवा हुन वा यूवती  सबै आ– आफ्ना दौतरीका साथ भिंतुना साटासाट गरिरहेका थिए । कोही हात मिलाएर त कोही हक गरेर, कोही नमस्ते गरेर त कोही टाउको निहुराएर, उमेर र अबस्था अनुसार न्हूदँया भिंतुना साटासाट गर्ने प्रक्रिया निरन्तर चलिरहेको देखिन्थ्यो । 

ब्रुमफिल्ड स्थित बम्बई प्यालेसमा आयोजीत कार्यक्रममा नेवा दवु कोलोराडोका तर्फबाट उपस्थित सबैलाई नेवारीभाषाबाट स्वागत गर्दै भुषण श्रेष्ठले नेवारी भाषा र सांस्कृती जोगाईराख्न, तथा अमेरीकामा जन्मेहुर्केका बालबालिकाहरुलाई नेवारी संस्कृती पहिचान गराउन कार्यक्रम आयोजना गरिएको बताए ।

शुमीत महर्जनको मंगलधुन, अजर श्रेष्ठको राजमती धुन, शुरेन्द्र महर्जनको धिमेबाजा र बिरेन्द्र सिंह सुवाल लगायतका कलाकारहरुको शिप ज्यादै उल्लेखनिय थियो । त्यसैगरी नेवारी संगीतमा कलाकार रीया श्रेष्ठ, नीसा श्रेष्ठ, अनन्या महर्जन र श्रेया महर्जन लगायतका नानीहरुले नेवारी पहिरहनमा सझिएर कम्बर मर्काई, मर्काई नाचेको हेिररहंदा आफुलाई पाटनको मंगलबजार डवलीमा बसेर हेरिरहेको भान हुन्थ्यो ।  

कार्यक्रममा मनोजकाजी तुलाधरले नेपाल संम्बतको इतिहास कोट्याएका थिए । उनका अनुसार  भक्तपुरका राजा राघब देवलाई उनका ज्योतीषले साईत जुराई काठमाण्डौं बिष्णुमतीको बालुवा लिएर आएमा सुनमा परिणतहुने सल्लाह दिए । सल्लाह अनुसार राजाले साईत जुराई बालुवा लिन पठाए । काठमाण्डांैमा ब्यापार गरी बसेका शंखधरले भक्तपुरका मानीसले काठमाण्डौ देखी बालुवा किन लादैछन् यसमा पक्कै केही रहस्य हुनुपर्दछ भन्ने सोचेर बालुवा बोक्ने भरियाहरुलाई त्यो बालुवा छोडेर अर्कोबालुवा लिएर गए पैसा दिने बताए । पैसा पाउने भएपछि भरियाले बालुवा छोडेर गए नभन्दै ती सबै बालुवा सुनमा परिणत भयो । त्यही सुन बेची शंखधरले सबै नेपालीको श्रmृण तिरीदिई नेपाल संम्बत चलाए । 

सहभागीहरुलाई मनोरञ्जन प्रदान गर्न स्थानीय कलाकारहरु शुरेसचन्द्र प्रधान, नीलम श्रेष्ठ, उषाकीरण अधिकारी, शुरेस श्रेष्ठ, मनोज तुलाधर लगाएतका ब्यक्तिहरुले नेवारीभाषामा गीत गाएर कार्यक्रमलाई संगीतमय बनाएका थिए । त्यसैगरी कार्यक्रममा काठमाण्डौं, भक्तपुर र खांदबारीको लाखेंबाजा बजाएर थप मनोरञ्जन प्रदान गरिएको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई आयोजकहरु भुवन श्रेष्ठ, भुषण श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, मनोज तुलाधर, भिष्मजित प्रधान, बिकाश प्रधान, बियुष प्रधान, दिपक नकर्मी, शुरेसचन्द्र प्रधान, शुरेन्द्र महर्जन, दिनेश रन्जितकार, नीर्मला श्रेष्ठ, मनोज श्रेष्ठ, राजेश प्रधान, शैलेश रन्जितकार, शुरेस श्रेष्ठको सकृय सहभागीतामा कार्यक्रममा उपस्थित सबैलाई रातो टिका, कोखा लगाई दिई बिशेष  सगुन का साथै स्वादिष्ठ नेवारी भोजन निःशुल्क उपलब्ध गराई स्वागत गरिएको थियो ।  

No comments:

Post a Comment