BostonNepal

Saturday, November 16, 2013

अमेरिकाको साहित्य सम्मेलनमा पहिलो पटक रक्तदान गरिने

भर्जिनिया ,कार्तिक २९ ,
विजय थापा 

तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा अमेरिकाको डिसी महानगर क्षेत्रमा नोवेम्बर ३० र डिसेम्बर १ तारिख हुने भएकोले उक्त अवसरमा पहिलो पटक साहित्य सम्मेलनमा कवि ,कवियत्री ,कथाकार ,कलाकार ,लेखक ,उपन्यासकार तथा साहित्य विधामा कलम चलाई रहने साहित्यकारहरु तथा अन्यहरुले रक्तदान दिने भएको जानकारी अमेरिका रक्त संचारका अधक्ष्य लिला बहादुर कार्की(बिध्या वारिधि )ले बताए l  

यसको लागि स्थानीय स्तरका सबै संघ ,संस्था तथा प्रतिनिधिहरुलाई समेट्दै उक्त रक्तदान कार्यक्रम भब्य बनाउने हेतुले एक संयोजन समिति बनाएको जानकारी दिए l मूल नारा नै  ''रक्तदान गर्दा नत कमजोर हुने ;नत अतिरिक्त आहार चाहिने बरु अरुको जीवन बचाइने ''भन्ने नारा रहेको छ l डा कार्कीले रक्तदान पछि बरु अझ शारीरिक फुर्ति आउने जानकारी मूलका संदेश दिई रहेको बताएका छन् l

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको ईतिहासमा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरिने भएकोले गुठीका पदाधिकारी ,केन्द्रिय पदाधिकारी ,क्षेत्रीय पदाधिकारीहरुले पनि रक्तदान गर्न उत्साहित भएको बताएका छन् lआफुले योजना गरेको भन्दा डिसी महानगर क्षेत्रमा नेपाली समुदायको जनघनत्व बेसी भएकोले सहभागी ज्यादा हुने आफु आशाबादी हुदै राम्रो रगत संकलन हुने बताएका छन् l

तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको पहिलो दिन नोवेम्बर ३० तारिख टाईसन् कर्नरको मेरिएट ,भर्जिनियाको पांच तारेमा बिहान ११ बजे देखि ३ बजे सम्म रक्तदानको तालिका रहेको जानकारी कार्कीले गराए भने रक्तदान कार्यक्रमको तारतम्य सम्मेलन संयोजक सीता पाण्डेको संयोजनमा भएको बताए l सम्मेलनका संचार संयोजक खेम भट्टचनले आफुले रक्तदान नगरे पनि रक्तदान गर्न अरुलाई उत्प्रेरणा गरि रहेको बताए l

No comments:

Post a Comment