BostonNepal

Sunday, November 17, 2013

रक्तदान गर्न नेपालीबीच अझै जाँगर आवश्यक

- अर्जुनप्रसाद मैनाली
नेपालि माझ रक्तदानको इतिहास र यस क्षेत्रमा हामीले लिन नसकेको गति बढो बिपरित अबस्थामा छन्। यो बुझी नसक्नु भएको छ। यहि कुराले मलाइ बेला बेलामा झकझकाइ रहन्छ। लौन  किन यति सुस्त भनेर। 

सन् १९०१ मा बैज्ञानिक कार्ल ल्याण्डस्टेनरले मानब जातिमा हुने रक्त समुह ए, बि, ओ समुह सिष्टम  पत्ता लगाए पछि विश्वमा यसको संचारमा उल्लेखनीय ब्रिद्दि भएको हो। नेपालका पहिलो रक्तदाता दयाबिर सिंह कंसाकारले बि.स. २००० सालमा गरेका थिय। ७० बर्ष पुगेको छ। नेपाल रेडक्रसले रक्तसंचार सुरु गरेको ४७ बर्ष भएको छ। तपाइँ हामीले नेपालमा छंदै रक्तदानका बारेमा सुन्दै आएका हौँ। अमेरिकामा धेरै नेपालि समेटेको ए एन ए को स्थापना सन् १९८३ मा भएको हो। त्यस्तै आन्मा, नासा, अमेरिका नेपाल सोसाइटी, अमेरिका नेपाल फ्राइडशिप सोसाइटी लगाएत थुप्रै नेपालि संघ संस्थाहरु मार्फत नेपालीहरु एक जुट हुन् थालेका छन्। तर रक्तदान जस्तो सामाजिक कामले किन गति लिन सकेन?    

नेपाल र अमेरिकामा छाडेर विश्वका धेरै देशहरुमा नेपालि पुगेका छन्। यो बेला नेपालि माझ विश्व भर अभियान किन चलाउने भन्ने यक्ष प्रश्न खडा हुन् सक्छ। रगत शरीरका कुनै अवयव दानको पहिलो कदम हो। रगतका बराबरीमा, मृगौला, बोनम्यारो आदि जीवन रहदै दान गर्न सकिन्छ। त्यस पछिमात्र शरीरका अंगदानको पालो आउछ।

अर्को कुरा, डब्लु एच ओले विश्वमा यस बर्ष १०७ लिलिएन युनिट रगत आबश्यक पर्ने जनाएको छ भने अमेरिकामा बार्षिक ९ मिलिएन युनिट रगत आबश्यक पर्ने छ। यहाको अस्पतालमा भर्ना हुने १० बिरामी मद्धे १ लाइ रगत नै चढाउनु पर्ने हुन्छ। अर्को शब्दामा, हरेक २ सेकेन्डमा कोहि न कोहीलाई रगत आबश्यक परि रहेको हुन्छ।

एउटा गम्भीर बिषय उठान गरौँ। दुइ बर्ष अघि 'जेम्स कि' ले यु एस टुडेमा लेखेका थिय, अमेरिकामा  गोरा बाहेक समुदायमा अंग दानको चेतना जरुरि छ।' जेम्स आफु सेनाका पादरी रहेछन। उनले एउटा घटनालाई जोड्दै थप लेखेका छन्, 'दुर्भाग्यवस जसलाई अंग प्रत्यारोपणको आबश्यक छ, त्यसमा अल्पसंख्यकहरुले निकै कठिनाही महसुस गरेका छन्।' 

अमेरिकामा करिब ७० हजार नेपालि भाषी भुटानी होलान। गत बर्षको जनगणनाले अमेरिकामा करिब ६० हजार नेपालि रहेको जनाएको छ।आधिकारिक संख्या कम देखीय पनि २ लाख नेपालि होलान। यति जनसंख्या अमेरिकाको लागि अल्पसंख्यक हो। यो अल्पसंख्यकमा पनि २ प्रतिशतले मात्र अमेरिकाका १९ राज्यहरुमा करिब ४,६०० जनाले रक्तदान गर्न सकेका छन् । १०० प्रतिशत कहिले पुग्न सक्ला? अहिलेलाई चिन्ताको बिषय यहि छ।

(ब्लड डोनर्स अफ अमेरिकाको संस्थापक अध्यक्ष मैनाली न्युयोर्कमा बस्नुहुन्छ। वहाले ११३ पटक रक्तदान गरिसक्नु भएको छ।)        

No comments:

Post a Comment