BostonNepal

Tuesday, November 12, 2013

देउसी भैलो कार्यक्रमबाट श्रीपशुपतिनाथ फाउन्डेशन युएसए, लस एन्जलसले करिब १३ हजार डलर संकलन

गोकुल ढकाल 
लस एन्जलस, अमेरिका  

बिगत बर्षहरू जस्तै गरि निरन्तरता पाएको देउसी भैलो कार्यक्रमबाट लस एन्जलसमा सक्रिय श्रीपशुपतिनाथ फाउन्डेशन युएसए, लस एन्जलसले करिब १३ हजार डलर संकलन गरेको ग्रेटर लस एन्जलस क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई समेट्ने गरि भिन्न-भिन्न नगरमा आयोजना गरिएको देउसी भैलोबाट संकलित रकम फाउन्डेशनले खरिद गरिसकेको आफ्नै भवनमा आरध्यदेव पशुपतिनाथको मन्दिर बुद्ध स्तुपाको लागि खर्च गर्ने जनाएको  


पहिलो दिन आर्टेसिया नगर निवासी डनबहादुर/तुलसा कार्कीको निवासबाट एक हजार डलर संकलन भएको थियो देउसी-भैलोको दोस्रो दिन वाणिज्यदुत ऋशी/बिमला ढकालको आर्केडिया स्थित निवासमा आयोजित देउसी भैलोबाट हजार ३८ डलर संकलन भएको थियो देउसी कार्यक्रमको निरन्तरता स्वरुप तेस्रो दिन सेरिटोस नगर निवासी रामबाबु पान्डेको निवासमा २० हजार सय ६४ डलर संकलन भएको मध्य देउसी कार्यक्रमबाट फाउन्डेशनको लागि सात हजार सय तेत्तिस डलर संकलन भएको थियो भने बाँकी १३ हजार सय ३१ डलर चाँही मन्दिर निर्माणका लागि महापुराणमा कबोल गरिएको रकम वापतको तिरोको रुपमा संकलन भएको थियो यसैगरी चौथो तथा फाउन्डेशनले आयोजना यस बर्षको अन्तिम देउसी भैलो कार्यक्रमको आयोजना व्हिट्टिएर निवासी राम लामाले आयोजना गर्नुभएको थियो लामाको निवासबाट १५ सय डलर संकलन भएको थियो  

सात समुन्द्र पारीको प्रवासमा स्थानिय गतिबिधी, रकमको सहयोग, ब्यक्ति, समाज देशसंग महत्व राख्ने घटनाहरू समाचारको रुपमा आउनु प्रकाशित हुनु सायद् ठुलो कुरो नहोला घटनाक्रममा कसका नाम जोडिए, कसका छोडिए, आवेश या द्द्वेशले कसका नाम मोडिए अथवा जानी-जानी कसका नाम तोडिए भन्ने बिषय गौण होला तर सामाजिक संस्थाले आयोजना गरेको कुनै पनि कार्यक्रममा स्थानियहरूको उपस्थितीले सफलताको एउटा हिस्सा ओगटेको हुन्छ सन्दर्भ श्रीपशुपतिनाथ फाउन्डेशनको देउसी कार्यक्रम लिंदा नै थाहा हुन्थ्यो, टाउको गनेर ब्यक्तिको हिसाव-किताव भन्दा अटुट आशा संकल्पले अफवाहको प्रवाह नगरि रातोदिन लागिपरेका संस्थाका पदाधिकारीहरूको मेहनतले बताउंथ्यो, 'समाज बनाउन सबभन्दा पहिला आफू लाग्नुपर्छ' एक मिलियन डलर उठाएर 'पैसा उठाउन मात्र लागेको - फाउन्डेशन' भन्नेहरूलाई जवाफ दिन्थ्यो - तन, मन, धन बचनले आयोजना भएका ब्यबस्थित देउसी भैलो आयोजकहरूको जांगर कार्यकुशलातको जांगरले कसैले कति दियो थाहा हुन्थ्यो, कसैले यति दीईस भनेर भन्दथ्यो - प्यातर्-प्यातर बाजेको मादल तिम्लाई टाढाको साधारण भाकामा भाका मिलाउन हर्शले उपस्थित भएर तालीको साथ दिने स्थानियहरूको सक्रिय सहभागिताले जनाउथ्यो - काम गर्न थोत्रा गफ धाक होईन - मेहनत चाहिन्छ, लगनशिलता निरन्तरता चाहिन्छ आउने आउंछन, दिल खोलेर सहयोग गर्छन्, रमाउंछन नआउनेले प्रवासको आंगनीमा मन्चन भैरहेको संस्क्रिती जोगाउने एउटा कार्यक्रममा स्वर थप्दैन परम्पराको एउटा कार्यक्रमको निरन्तरतालाई मिस गर्छ    

खैर, जे भए पनि श्रीपशुपतिनाथ फाउन्डेशन, ग्रेटर लस एन्जलसको एउटा यस्तो संस्था मध्यको एक हो, जसको एक पैसाको हिसाव-किताव चाहने जो सुकैले जहाँ बाट पनि हेर्न सक्छ ईतिहास आफै लेखिंदैंन भनेझै फाउन्डेशन स्थापनाको छोटो अवधिमा कार्यकुशलता ईमान्दारिताको लागि लस एन्जलस मात्र नभै प्रवासमा  नमुना छाता संगठनको रुपमा उदाएको

No comments:

Post a Comment