BostonNepal

Tuesday, November 12, 2013

लस एन्जलसमा म्ह: पूजा सम्पन्न

गोकुल ढकाल 
लस एन्जलस, अमेरिका  

प्रवासमा संस्था जन्माउनु मात्र पनि ठुलो कुरो होईन, संस्थाको रचनात्मक काम संस्क्रिती जगेर्ना गर्ने पाईला प्रयासहरूले त्यसको स्थापनाको माने जनाउंछ आफ्नो स्थापनाको छोटो अबधिमै रचनात्मक कामलाई मात्र प्रश्रय दिदैं नेपाली नेवारी परम्पराको निरन्तरता आफूले सक्दो गर्दै आईरहेको नेवा अर्गनाईजेशन अफ अमेरिका, साउथर्न क्यालिफोर्निया (NOESCA) ले दोस्रो पटक सफलतापुर्वक म्ह: पूजा सम्पन्न गरेको स्थानिय आर्टिसिया नगरमा आयोजित भब्य कार्यक्रममा ग्रेटर लस एन्जलस क्षेत्रमा बसोबास गर्ने करिब १६० जनाको उपस्थिती रहेको थियो

कार्यक्रमको शुरुवातमा संस्थाका उपाध्यक्ष प्रविणमान श्रेष्ठले म्ह: पूजा सम्बन्धी जानकारी गराउनुभएको थियो रास्ट्रिय बिभुती तथा नेपाल सम्बतका प्रवर्तक शंखधर साख्वा:को तस्विरमा माल्यार्पणबाट शुरु भएको कार्यक्रममा उपस्थितहरूको बेग्ला-बेग्लै मण्डप बनाई प्रचलित नेवारी परम्परानुसार म्ह: अर्थात शरीर पूजा गरिएको थियो परदेशमा परम्पराको निरन्तरताको लागि चाहिने सम्पुर्ण सरजामको जोहो गर्न सजिलो कहाँ हुन्छ ? अत; म्ह: पूजाको लागि आबश्यक बहुसंख्यक सामग्री संस्थाले आफ्नै खर्चमा नेपालबाट आयात गरेको जनाएको बिधीपुर्वक पूजा भोजन ग्रहण गर्नुपर्ने कडा नेवारी नियम प्रचलन अनुसार कार्यक्रममा उपस्थितहरूको सम्मानमा संस्थाकै पदाधिकारीहरूको हातबाट बनेको नेवारी भोजनको बिशेष ब्यबस्था गरिएको थियो   

सहभागीहरूको बाक्लो उपस्थितिमा म्ह: पूजा पश्चात उपस्थित सबैविच न्हु दंया भिन्तुना (नेवारी नयाँ बर्ष)को शुभकामना आदान-प्रदान गरिएको थियो  ईतिहासबिद सत्यमोहन जोशीको सम्मान्, क्रमिक रक्तदान, म्ह: पूजा नेपाली तथा नेवारी परम्परा एवम् संस्क्रितीको जगेर्नाको लागि बिबिध कार्यक्रमको आयोजनाले आफ्नो छुट्टै अस्तित्व बनाउंदै आएको नेवा अर्गानाईजेशनको पदाधिकारीहरूको काम सम्पन्नताको लागि हुने 'एकतापुर्ण टिम वर्क' को चर्चा लस एन्जलसमा प्राय हुने गरेको  


No comments:

Post a Comment