BostonNepal

Monday, December 23, 2013

डिसीमा नेपालमा सम्पन्न निर्वाचन-चुनौती र अवसर सम्बन्धि अन्तरक्रिया

पौष ८ ,भर्जिनिया ,अमेरिका

विजय थापा ,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा हालसालै नेपालमा सम्पन्न भएको ''संबिधान सभा निर्वाचन -यसका अवसर तथा चुनौती सम्बन्धि एक अन्तरक्रियात्मक कार्यक्रम वाशिंगटन नेपाल फोरमको आयोजनामा सफलता पुर्वक सम्पन्न भएको छ l

समाज शास्त्रमा बिद्या वारिधि गरेका स्वतन्त्र राजनैतिक विश्लेषक तथा कार्यक्रमका वक्ता अनुप पहाडी(बिध्या वारिधि )ले आफ्नो बिचार पस्कदै पहिलो संबिधान सभाको निर्वाचनमा नेताहरुले जातीय प्रदेश र संघियताको नाममा थुप्रै समय खर्च गरेको तर त्यहि जनताले दोश्रो संबिधान सभाको निर्वाचनमा जनजाति ,जातीय प्रदेश र संघियताको मुद्धामा उम्मेदवारहरुलाई मतदान नगरि अन्य स्थिर राजनैतिक दल या व्यक्तिलाई मतदान गरेको तथ्यांक प्रस्तुत गर्दै नेताहरु जातीय प्रदेश र संघियताको सवालमा आकाश माथिको भुमंडलमा अल्मलिरहेको रहेको बताउदै तर जनताको चाहना र ईक्षा भने धरातलमा मै रहेको थाहा पाउन नसक्दा जनताले यो मुद्धामा उनीहरु पराजित गरेका हुन भन्नु भयो l

अर्का वक्ता तथा अर्थविद शुकदेव शाह (बिध्या वारिधि )ले नेपालमा केहि कुरामा पूर्वाधारमा विकास भएता पनि नेपालको विकासमा हामी पुन :इस्वी सन् १९६० मा फर्केको जनाउदै बार्षिक प्रति व्यक्ति आयको आधारमा नेपालको यसपालिको निर्वाचन सन् २०१२ को अमेरिकाको निर्वाचनको तुलना गर्दै नेपालको चुनाब सात गुणा महँगो रहेको बताए l 

अर्का वक्ता वरिष्ठ कानुनविद किसोर पहाडी(बिध्या वारिधि )ले हामीलाई संघिय संबिधान किन आवश्यक हुन्छ भन्दै र यसै विषयलाई केन्द्र बिन्दु बनाई व्यापक जानकारी तथ्यांक सहित प्रस्तुत गरेका थिए l केहि दिन मात्र नेपालबाट अमेरिका आई पुग्नु भएका वरिष्ठ पत्रकार तथा युगसम्बाद साप्ताहिकका प्रमुख सम्पादक सोमनाथ घिमिरेले आफुले मत खसालेको र निर्वाचनमा धाधली नभएको प्रस्ट पार्नु भयो l नेपालको राजनीति र चुनाबको थप चर्चा गर्दै नेपाली राजनीतिको मुख्य समस्या राजनीतिक परिवर्तनको स्वामित्व ग्रहण गर्न नसक्नु भन्नु हो भन्दै दलहरुले राष्ट्रिय मार्गचित्र बनाउन नसकेको कारण नै मुलुक अन्यौल अवस्थामा भएको बताउनु भयो l

वक्ताहरुले नेपालमा भै रहेको सकारात्मक र उन्नति बारेमा चर्चा पनि  गरेका थिए l अन्तरक्रिया कार्यक्रममा प्रश्न उत्तर पनि राखिएको थियो भने वक्ताहरुले जिज्ञाशाको जवाफ दिएका थिए l  कार्यक्रम संचालन वाशिंगटन नेपाल फोरमका सागर रिजालले गरेका थिए भने उनले संक्षिप्त रुपमा सबै वक्ताहरुको परिचय पनि गराएका थिए l

No comments:

Post a Comment