BostonNepal

Thursday, December 19, 2013

कोलोराडाको बोल्डरमा रक्तदान कार्यक्रम सम्पन्न

नातिबाबु  भट्ट, कोलोराडो, अमेरिका -
 नेपालीहरुको साझा संस्था बिआरटी नेपाल डटकम तथा ब्लड डोनर्स अफ अमेरिकाको संयूक्त आयोजनामा मंगलबार कोलोराडोको बोल्डर स्थित रक्त संचार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भयो ।


कार्यक्रममा ९ जना नेपालीहरुले रक्तदान गरेका थिए । रक्त दान गर्न ईच्छुक २२ जना भन्दा बढि भएपनि बिभिन्न कारणले गर्दा ९ जना मात्र रक्तदान गर्न योग्य ठहरिएका थिए । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एकवर्ष देश बाहिर नगएको हुनु पर्दछ ।


रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा ब्लड डोर्नेसन एशोसीएसन अफ नेपालका सल्लाहाकार तथा संस्थापक सदस्य भुषण श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष शैलेश पोख्रेल, मनोज काजी तुलाधर, शुरेशचन्द्र प्रधान, राजु सीटैला, भुपेन्द्र महत, पदम विश्वकर्मा, लक्ष्मण राना, दिनेश श्रेष्ठ, रहेका छन् ।

आयोजक संस्थाका अध्यक्ष शैलेशले पोख्रेलले नेपाली समुदायका ब्याक्तिहरुलाई आबश्यक परेको बेला सजीलैसंग रगत उपलब्ध गराउन तथा नेपाली समुदायको पहिचाहन गराउन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाँको यस पटक समेत अमेरिकामा पाँचौं पटक र नेपालमा तिन पठक गरि आठौं पटक रक्तदान थियो । त्यसै शुरेश चन्द्र प्रधानको एधारौं पटक, मनोज काजी तुलाघरको नोवौं पटक रहेको थियो ।

रक्त संचार केन्द्रमा चार सय ८० पटक ६० ग्यालेन शरिरमा रहेको प्लेटलेट दान गरेका कोलोराडो निबासी भर्जिल ओसनको फोटो सझाएर राखिएको थियो । सामान्य अबस्थामा ६ हप्ता पछि पुःन रगत दिन सकिने भएपनि प्लेटलेट चाही हरेक दुई साता पछि दिन मिल्ने रक्त संचार केन्द्रका कर्मचारीहरु बताउँछन् । बयोबृद्ध ८० बषिय भर्जिल ओसन अहिले सम्म आफैं रक्त संचार केन्द्रमा आई रक्तदान गर्ने गरेका छन् । उनले १८ बर्षको उमेर देखि रक्तदान गर्न सुरु गरेको बताईन्छ ।

उक्त कार्यक्रममा बोल्डर नेपालका बिके श्रेष्ठ, गंगा चौलागाई, लगायत झण्डै ३० जना भन्दा बढि नेपालीहरुको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment