विजय थापा
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा अमेरिकाको कर सम्बन्धि प्रणालीमा विशेष ज्ञान तथा धेरै बर्ष देखि नेपाली समुदायलाई सहयोग तथा सेवा गर्दै आएका एक समुहले मंगसिर २३ गते (तदनुसार डिसेम्बर ८ तारिख)का दिन कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ l
बिशेष त कसरि अधिकतम आफुले दाखिला गरेको करबाट कसरि अत्यधिक आर्थिक फाईदा उठाउन सकिने र कर दाखिला गर्दा न्युनतम त्रुटि हटाउन सकिन्छ भन्ने बिषयको सेरोफेरोमा रही जानकारी दिइएको थियो l
व्यक्तिगत तथा व्यापार सम्बन्धि कर सल्लाहकार राजन अधिकारी तथा करको बिबिधता सम्बन्धि आर्थिक योजनाकार तथा सल्लाहकार अनिल खनालले बिसेष प्रस्तुति गर्दै गरेका थिए l उक्त कार्यक्रममा प्रश्न उत्तरको पनि सत्र राखिएको थियो भने सहभागीले नबुझेको कुराहरु सोधेका थिए l कर सल्लाहकार राजन अधिकारीले २०१३ सम्म ओबामा केयर बिमा नलिनेले २०१४ मा करको दाखिला गर्दा काटिने छ भने जानकारी गराएका थिए l उक्त कार्यक्रममा कर सम्बन्धि सहयोगी रहेका प्रविन खड्काले अमेरिकामा अप्रिल १५ सम्म व्यक्तिगत र ब्यबसाय हुनेहरुले जुन १५ सम्म करको दाखिला गर्नु पर्ने सरकारी नियम भएको बताएका थिए l हरेक बर्ष एक डलर दोब्बर भयो भने २० बर्षमा एक मिलियन हुन्छ यदि कर दाखिला भूलचुक भएमा भनि खनालले सबैको ध्यानाकर्षण गराएका थिए l
उक्त कार्यक्रम अमेरिका नेपाल चौपारीले आयोजना गरेको थियो l संस्थाका पदाधिकारी आनन्द पौडेलले स्वागत मन्तब्य तथा धन्यबाद ज्ञापन गरेका थिए l
No comments:
Post a Comment