.jpg)
यसैगरि “सेतो धर्ती”का लागि मदन पुरस्कार पाएका चर्चित आख्यानकार अमर नेउपानेले आफ्नो लेखनको पृष्ठ भुमिबारे जानकारी गराउदै यथार्थको धरातलमा लेखिएको कृति अमर रहने बताए / उनले आगामी कृतिका लागि आफुले हुम्लामा तीन महिना बिताएको बताउदै आफ्नो सिर्जनामा पात्र आफै बोल्ने हुदा पाठकको मन आकर्षित हुने गरेको खुशी व्यक्त गरे / कार्यक्रमका उनले कविताका अतिरिक्त कथाका केहि अंश प्रस्तुत गरे /
यसैगरी बाल साहित्यका क्षेत्रमा क्रियाशील गुहनाथ पौडेलले कविता प्रस्तुत गरे भने गीतकार एवं कवि उत्तम भौकाजीले कविता र नेपाली साहित्यको लेखन प्रवृतिका वारेका चर्चा गरे/ कार्यक्रममा ज्योति प्रतिष्ठानका अध्यक्ष एवं कवि मनिराज सिंहले कविता वाचन गर्नुका साथै आफ्नो प्रतिष्ठानले नेपाली साहित्यको क्षेत्रमा गरेको योगदानका बारेमा प्रकाश पारे /
कार्यक्रममा राकेश काफ्ले, धनबहादुर लेप्चा, दीपा राई पुन, अनु शाह, महेश्वर पन्त, गोवर्धन पूजा, ममता कार्मचार्य, हरि काफ्ले, डा. उषा शर्मा, सन लिम्बु, बिष्णुहरि देउराली, नवराज राई, गौरव थपलियाका साथै न्युह्यामशायरका चर्चित साहित्यकार शेखर ढुंगेल र सुरेन्द्रदेव आचार्यले सिर्जना प्रस्तुत गरे /
बोस्टन आएका पाहुनाको स्वागतार्थ बोस्टनमा रहेका संग सस्था ग्रेटर बोस्टन नेपलिज कम्युनिटीका अध्यक्ष मिलन गुरुङ, पशुपतिनाथ- बुद्ध फाउन्डेशनका अध्यक्ष बिष्णुमणि आचार्य, हिमालयन लायन्स क्लवका अध्यक्ष बिष्णु कार्की, न्युह्यामशायर नेपलिज कम्युनिटीका अध्यक्ष रविन थापा, पशुपतिनाथ- बुद्ध फाउन्डेशन मेट्रोवेस्टका अध्यक्ष सुरेश ढकाल, अनेसास बोस्टनका अध्यक्ष डा. उषा शर्मा लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा दीपा राईले सिर्जना उत्सवको बारेका जानकारी गराइन भने अनु शाहले अतिथिलाई धन्यबाद ज्ञापन गरिन /
सिर्जना उत्सवका निर्देशक एवं हिमालयन लायन्स क्लवका सस्थापक अध्यक्ष महेश्वर पन्तको सभापतित्व मा सम्पन्न उक्त कार्यक्रम सिर्जना उत्सवका संयोजक गोवर्धन पूजाको संयोजकत्वमा भएको थियो /
No comments:
Post a Comment