BostonNepal

Saturday, January 18, 2014

लस एन्जलस गुरुङ सोसाईटीमा नयाँ कार्यसमिती

गोकुल ढकाल 
लस एन्जलस, अमेरिका । 

लस एन्जलस गुरुङ सोसाईटीको हालै बसेको बैठकले संस्थालाई अझ बढी संगठित र चुस्त बनाउन नयाँ कर्यसमिती गठन गरेको छ । ग्रेटर लस एन्जलसमा गुरुङ संस्कार, रितिरिवाज र नेपाली परम्परालाई जगेर्ना गर्न बिगत लामो समयदेखी बिभिन्न सामुदायिक क्रियकलाप एवम् कार्यक्रमहरू आयोजना गर्दै आएको यस संस्था बढ्दै गईरहेको नेपाली समुदायको उपस्थितीका बिच आफ्नो छुट्टै पहिचान बनाउन लागिपरेको छ । 

नवगठित कार्यसमितिका उपाध्यक्ष कृष्ण गुरुङका अनुसार नयाँ कार्यसमिती यसप्रकार रहेको छ :   
अध्यक्ष : ज्ञानेन्द्र गुरुङ, 
उपाध्यक्ष : कृष्ण गुरुङ,
महासचिव : प्रकाश गुरुङ, 
कोशाध्यक्ष : कमल गुरुङ,
सदस्यहरू :
        माधव गुरुङ, 
        पदम गुरुङ,  
        ईन्द्र गुरुङ,    
        तारा देवी गुरुङ,
        सुरेश गुरुङ र
        कुमार घले          
सल्लाहकारहरू :
          ईश्वर गुरुङ, आशा गुरुङ र तारा गुरुङ (ब्ल्याक) रहेका छन् । 

बिभिन्न नाराहरू दिएर परदेशमा खोलिने सामुदायिक संस्थाहरूमा पदाधिकारीहरु केवल पद मात्रै ओगटेर बस्ने प्रचलनका अलावा लस एन्जलस गुरुङ समाजको अधिबेशनले चयन गरेको नयाँ कार्यसमितीले ग्रेटर लस एन्जलस क्षेत्रमा आफूलाई रिफ्रेश गराएर यस क्षेत्रमा संगठित भएका भनिएका तर संस्था र संगठनको पुनर्जन्म, रिफ्रेश र बैधानिकताको लागि आफ्नो बार्शिक सम्मेलन नगरी कानमा तेल हाली बस्ने संस्थाहरूलाई बैधानिकताको एउटा सानो पाठ सिकाएको छ । 

No comments:

Post a Comment