BostonNepal

Wednesday, May 21, 2014

आफूलाई मत दिन एनआरएन अमेरिका वरिष्ठ उपाध्यक्षका उम्मेदवार सिलवालको विनम्र आग्रह


आफूलाई मत दिन एनआरएन अमेरिका वरिष्ठ उपाध्यक्षका उम्मेदवार सिलवालको विनम्र आग्रह

आसन्न एनआरएन, एनसीसी, अमेरिकाको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा  उम्मेदवारी दिनुभएका सानुबाबु सिलवालले आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गर्दै आफूलाई काम गर्न अवसर दिनका लागि आग्रह गर्नुभएको छ ।

एनआरएन  अमेरिकाको दिगो संस्थागत विकास, विधिसम्मत रुपमा एनआरएन  अमेरिकालाई  सञ्चालन गर्न, अन्य देशका एनआरएन एनसीसीहरुभन्दा एनआरएन एनसीसी,  अमेरिकालाई नमूना एनआरएनको रुपमा स्थापित गर्न, एनआरएन  अमेरिकालाई  अमेरिकाका नेपाली संघसंस्थाहरुको छाता संगठनको रुपमा विकसित गर्न र  एनआरएन अमेरिकालाई सबै प्रकारका समस्याहरुको समाधान गर्ने  कार्यथलोको  रुपमा विकसित गर्ने प्रतिवद्धता सिलवालले व्यक्त गर्नुभएको छ  ।

यी सबै  कार्य पूरा गर्न आफू सक्षम भएकाले भारी मतले बिजय गराउन सिलवालले  एनआरएन  अमेरिकाका आम मतदाताहरुसँग विनम्र आग्रह गर्नुभएको छ । सिलवालले एनआरएन  अमेरिकामा सूचना बैंकको स्थापनाका लागि समेत जोड दिंदै आउनु भएको छ ।  प्रवासमा सूचनाको अभावमा थुप्रै चुनौंतीहरुको सामना गर्नुपर्ने  बाध्यतालाई झेल्दै आफ्नो दैनिकी चलाउनुपर्ने हुन्छ । बसाईलाई कानूनी रुप  दिन थाल्नु पर्ने प्रक्रिया, रोजगारी व्यवस्थापन र बासस्थानका झमेला  लगायत बालबच्चाको पढाई, औषधि उपचारको बीमा जस्ता चुनौंतीहरुले घेरिएको  बेला सञ्चार सम्पर्कका रुपमा भाषाकै समस्या ठूलो समस्या भईदिन्छ । 

यस्ता  यावत समस्याहरु समाधान गर्नको लागि सूचना बैंकको आवश्यकता रहेको  सिलवालले  जोड दिंदै आउनु भएको छ । सूचना केन्द्रको माध्यमबाट निःशुल्क कानूनी  सहयोग केन्द्र, रोजगार प्रवद्र्धन केन्द्र, अध्यागमन सहयोग केन्द्र जस्ता   फाँटमा एनआरएन अमेरिकाले सम्बोधन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिंदै सिलवाल ले दैनिक कामकाजको व्यावसायिक व्यवस्थापनको लागि केन्द्र स्थापना  हुनुपर्ने बताउनु भएको छ । यी लक्ष्य पूरा गराउन उहाँले सबैको साथ र  सहयोग खोज्नु भएको छ ।

उहाँको भनाई छ– तपाईंको एक मतले मैंले काम गर्ने अवसर पाउँछु र त्यो  अवसरलाई सदुपयोग गर्दै धेरै भन्दा धेरै नेपालीले  अनुभूति गर्नसक्ने  सहयोग गर्न म सधैं एकचित्त भएर लागि रहनेछु ।  सिलवाल अमेरिकामा विभिन्न  संघसंस्थामा आवद्ध रहनु भएको छ । उहाँ अमेरिका–नेपाल च्याम्बर अफ कमर्शका  वरिष्ठ उपाध्यक्ष रहनु भएका सिलवाल  पत्रकार, मिडिया ट्रेनर, मिडिया कन्सल्टेन्ट र इन्भायोरोमेन्ट एक्सपर्ट  समेत हुनुहुन्छ । 

उहाँले सन् १९९१ देखि २००६ को अवधिसम्म विभिन्न  पत्रपत्रिकाहरुमा रिर्पोटिङ तथा सम्पादन समेत गर्नुभएको थियो । उहाँका  थुप्रै लेख तथा  रचनाहरु विभिन्न दैनिक, साप्ताहिक, अर्ध मासिक, मासिक  पत्रपत्रिकाहरुमा  प्रकाशित भएका छन् । उहाँ सोसाइटी अफ इन्भायरोमेन्टल  जर्नालिष्ट–नेपालका  केन्द्रीय अध्यक्ष, नेपाल पत्रकार महासंघको पार्षद, इन्टरनेशनल कमिटी अफ  फेडरेशन अफ नेपालिज जर्नालिष्टको सदस्य,  इन्भायरोमेन्ट न्यूज नेशनल  विक्लीको प्रधानसम्पादक रुपमा काम गरिसक्नु  भएको छ ।

यसबाहेक उहाँ नेपाली जनसम्पर्क समिति अमेरिकाको उपाध्यक्ष,  नेपाल आवाज,  नेपाली न्यूज युएसएको सम्पादक, साउथ एसियन जर्नालिष्ट  एसोसिएसनको सक्रिय सदस्य समेत रहनु भएको छ । यसबाहेक उहाँ दर्जनौं  संघसंस्थाहरुमा आवद्ध  हुनुहुन्छ ।

सिलवालले एफएनसीसीआईको वातावरण समितिको सदस्य, जनसंख्या तथा वातावरण  मन्त्रालय, वन मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य  मन्त्रालयको मिडिया एडभाइजर भएर समेत काम गरिसक्नु भएको छ । उहाँले  विभिन्न तालिम तथा गोष्ठीहरुमा प्रशस्तै कार्यपत्रहरु प्रस्तुत गर्नुभएको  छ ।

 उहाँ विभिन्न पदक तथा सम्मानबाट समेत सम्मानित हुनु भएको छ । सन् २००० मा  विश्व वातावरण दिवसको अवसरमा वातावरण मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा उहाँ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट  सम्मानित हुनु भएको थियो । यस्तै सन् २००० को मार्चमा पनि उहाँले रोटरी  क्लब अफ काठमाडौंबाट सम्मान प्राप्त गर्नुभएको थियो । यसबाहेक उहाँ  थुप्रै सम्मान तथा पुरस्कारहरुबाट सम्मानित हुनु भएको छ ।  विदेशको बसाई सँगसँगै प्रवासमा रहेका नेपाली संस्थाहरुमा पनि सिलवाल सक्रिय रहँदै आउनु भएको छ । एनआरएन अमेरिकालाई निरन्तर सक्रिय भूमिका  निर्वाह गर्ने प्रणसहित उम्मेदवारी दिनुभएका सिलवाललाई अत्यधिक मतले  एनआरएन अमेरिकाको वरिष्ठ उपाध्यक्ष पदमा जिताउनुपर्नेमा एनआरएन अमेरिकाका  मतदाताहरु एकमत रहेका छन् ।

No comments:

Post a Comment