BostonNepal

Friday, May 23, 2014

ए एन ए सम्मेलनमा रक्तदान तथा पुरस्कार वितरण गरिने

जेष्ठ ९ ,भर्जिनिया 
विजय थापा 

ब्लड डोनर्स अफ अमेरिकाको आयोजनामा ३२ औ ए एन ए डिसी सम्मेलनमा रक्तदान कार्यक्रम गरिने भएको छ l बिगत बर्षहरुमा झैँ आगामी जुलाई ४-६ सम्म डिसीमा हुने ३२ औ ए एन ए सम्मेलनमा रक्तदान गरिने तय भएकोले प्रचार तथा प्रसार व्यापक गरिने भन्दै बिगत बर्ष भन्दा रक्तदाताहरुको संख्या बढ्ने आशा गरेको संस्थाका अधक्ष्य लिला कार्कीले बताए l

२०१२ मा ए एन ए टेक्सास सम्मेलन तथा ए एन ए न्युयोर्क सम्मलेन २०१३ मा पनि उत्साहजनक रक्तदान गरिएकोमा हजारौ हजार मानिसहरुको सहभागिता हुने हुनाले यो राम्रो अवसर हो भन्दै रक्तदान गर्दा शरीर कमजोर कहिले हुदैन यो त् केवल मानसिक दुर्बलता मात्र हो भनि कार्कीले बताए l

ब्लड डोनर्स अफ अमेरिकाले स्थापना काल देखि नै नेपाली समुदायसंग मिलेर थुप्रै सामाजिक सेवामा सहभागी हुदै समुदाय मार्फत अमेरिका भरि यो अभियानलाई निरन्तरता दिई रहेको छ भन्दै ३२ औ ए एन ए सम्मेलनमा सहभागी हुन् आउने रक्तदान गर्न ईक्षा राख्ने सबैलाई यो मानवीय सेवामा संलग्न हुन् ब्लड डोनर्स अफ अमेरिकाका अधक्ष्य लिला कार्कीले अनुरोध गरे l

उनले अगाडी भने रक्तदान सम्बन्धि निबन्ध प्रतियोगिताको पनि आब्हान सार्बजनिक गरी सकिएको र यसको लागि निर्णायक मण्डली पनि गठन गरि सकिएकोले प्रथम ,द्वितीय र तृतीय पुरस्कार बिजेताहरुलाई जनही $ ५००.०० ,$ ३००.०० र $ २००.०० गरि जम्मा $ १,०००.०० डलरको पुरस्कार ३२ औ ए एन ए सम्मेलनमा नै वितरण गरिने छ l

यसको लागि स्वास्थ्यसंग सम्बधित ए एन ए सम्मेलनमा सक्रिय भूमिका निर्वाह गर्ने स्वास्थ्य शिबिर संयोजक मंजु संग्रौलाको बिशेष पहलको साथै अन्य स्थानीय समुह मार्फत रक्तदान सफलतापुर्वक सम्पन्न गराइने कुरामा आफु आशाबादी भएको अधक्ष्य लिला बहादुर कार्की(बिध्या वारिधि )ले जनाए l

No comments:

Post a Comment