BostonNepal

Sunday, May 25, 2014

नारायण बहादुर गुरुङको हार्दिक अपिल:

​''जहाँ रहेता पनि हामी नेपाली, गरौ जन्मभूमिको सेवा सबै मिली।"

अमेरिकामा बसोबास गर्ने गैर आवासीय नेपाली संघका सम्पूर्ण आदरणीय सदस्यज्युहरुमा:
                                            
म नारायण बहादुर गुरुङको हार्दिक अपिल:                

 
गैर आवासीय नेपाली संघ, अमेरिका (NRN-NCC USA) २०१४ -२०१५ को लागि आगामी जुन महिनाको ४-९ तारीक सम्म हुन गैरहेको निर्बाचनमा, म नारायण बहादुर गुरुङ, जनसम्पर्क अधिकृत तथा प्रबक्त (Public Relations Officer & Spokesperson) को लागि उम्मेदारी छु। लामो समय देखि खेलकूद जगतको माध्यमबाट आफ्नो राष्ट्रलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउँन आफूले सकेको योगदान लगातार रुपमा दिदै आईरहेको छु। 

त्यहिँ सिलसिलामा नेपाली सामाजिक संघ संस्थाहरुमा पनि सङलग्न भएर समाजसेवा गर्ने अवशर पाउदै आईरहेको छु। आफ्नो लामो अनुभवले आफ्नो देश र समाजको लागि केहि गर्नु पर्छ भन्ने दृढ सोच राखेर म यस निर्बाचनमा तपाईहरुको सामु खडा भएको छु। तपाईहरुको सहयोग र सुझावले मलाई यस निर्बाचनमा अवश्य सफल निल्नेछ भन्ने कुरामा म बिश्वास्थ छु। फेरी पनि तपाईहरुको अमूल्य मत दिई मलाई यस निर्बाचनमा विजय गराई दिनु भै आफ्नो समाजको सेवा गर्ने मौका दिनु हुन गैर आवासीय नेपाली संघका सम्पूर्ण सदस्य साथी,आफन्तहरुमा म नारायण बहादुर गुरुङ हार्दिक अपिल गर्दछु।  

धन्यबाद !

तपाईहरुकै,­
Narayan B. Gurung
1992 Olympian
2 Times USA National Team Coach
NRNA Sport TF Chair 2011~2015
Portland, Oregen​

No comments:

Post a Comment