BostonNepal

Sunday, May 25, 2014

एन आर एन का बरिष्ठ उपाध्यक्षका उम्मेदवार लोक तिवारीका प्रतिवद्धताहरु :



जीवन यापनका क्रममा आफ्नो जीवनलाई सुखद र समृद्ध बनाउने सपना बोकेर विदेशिएसँगै मातृभूमीमा भने हामीलाई गैर आवासीयको दर्जा दिइसकिएको हुन्छ । अवशरको खोजीमा विदेश जाने क्रममा अमेरिका आएर विभिन्न पेशा गरेर बसोबास गर्ने नेपालीहरुलाई अमेरिकामा बस्दा बस्दै नेपालमा राज्यले गैर आवासीय घोषणा गर्दै विभिन्न अधिकारबाट वञ्चित गरिसकेको हुन्छ ।  तर पनि हाम्रो मन र पन भने सधै नेपाली नै रहिरहेको हुन्छ । घरबाट टाढा बस्न बाध्य हुनेलाई घरको माया बढी भएजस्तै नेपालबाट टाढा बस्न बाध्य नेपालीलाई नेपालप्रतिको माया अझ बढि लाग्छ । नेपालको हिमाल, पहाड र तराई आखा अगाडि घुमिरेहको छ । तर नेपालमा भने राज्यले हाम्रा अधिकार यसरी कटौती गरिसकेको हुन्छ कि मानौं हामीले अपराध नै गरेर देशबाट निकालिएका छौं । 

यसरी हामी र हाम्रो मातृभूमी बीचमा अनायास हुन गएको सम्बन्ध विच्छेदलाई जोड्न,  विदेशमा बसोबास गर्ने नेपालीलाई एकशुत्रमा आवद्ध गर्न संगठनको खाँचो महसुस गर्दै हाम्रा अग्रजहरुले एनआरएनको स्थापना गरेका हुन् । अहिले एनआरएनले विश्वका ६७ वटा देशमा संगठन विस्तार गरिसकेको छ । विश्वमा छरिएर रहेका नेपालीहरुलाई एकआसमा मिलन गराउनेमात्र नभई हाम्रा श्रोत र साधनलाई नेपालसम्म पुर्याएर समृद्ध नेपाल बनाउने अनि हाम्रा आन्तरिक समस्याहरुलाई समाधान गर्ने दिशामा संगठन अगाडि बढिरहेको अवस्थामा एनआरएन एनसीसी अमेरिका पनि कृयाशिल रहेको छ । यद्यपी विश्वले अपेक्षा गरे अनुरुप हाम्रा योगदानहरु शुन्य प्राय रहेका छन् । नेतृत्व वर्गको कमजोरीका कारण उल्लेख्य योगदान हुन नसकेको स्पष्ट छ 

। सवल नेतृत्व विना समाजलाई सही मार्गदर्शन नहुने र संगठन पनि विखण्डनतर्फ उन्मुख हुने भएकाले आसन्न निर्वाचन एनआरएन एनसीसी अमेरिकाको लागि कोशेढुंगा सावित हुन जरुरी छ । त्यसैका लागि मैले बरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिएको छु । संगठनको विकाश गर्न र संगठनको लक्ष्य प्राप्त गर्नमा मेरो नेतृत्व सफल हुनेमा म विश्वस्त छु । त्यसमा पनि चारैप्रहर साथीहरु र जनसमुदायको अमूल्य मार्गदर्शनले बाँकी रहने कसरलाई पुरा गर्ने छ । यो निर्वाचन पछिको कार्यकाल एकदमै छोटो हुने भएपनि अगाडिको यात्रा तय गर्नका लागि यो छोटो कार्यकाल त्यती नै महत्वपूर्ण हुने भएकाले  तपाई अमेरिकामा बस्ने आम नेपालीहरुको साथ, विश्वास , माया र समर्थन प्राप्त हुनेमा म विश्वस्त छु । 

नेपालमा भएका सबै खाले परिवर्तनमा विदेशमा बस्ने नेपालीहरुको महत्वपूर्ण भुमिका रहेको जगजाहेर छ ।  राणाशासन , पंचायती शासन र राजतन्त्रको अन्त्यका आन्दोलनहरुमा विदेशमा बस्ने नेपालीहरुको भूमिका महत्वपूर्ण रह्यो । देश प्रजातन्त्र, लोकतन्त्र हुदै गणतन्त्रमा पुग्यो । तर विदेशमा बस्ने नेपाली सम्बन्धि नेपालबाट राज्यले हेर्ने दृष्टिकोण जंगबहादुर राणाको मुलुकी ऐनको दफामा सिमित रहेको छ । अब त्यसलाई परिवर्तन गर्दै विश्वमा छरिएका नेपालीहरुलाई एकजुट गराई उनीहरुको हक अधिकारलाई सुनिश्चित गर्ने , विश्वबाटै नेपालीले कमाएको दक्षता, सीप, सृजनाशिलता र लगानी नेपालमा भित्राई समुन्नत नेपाल बनाउने र विदेशमा भएका नेपालीहरुबीच भाईचाराको सम्बन्ध अभिवृद्धि गर्ने दिशामा अगाडि बढ्न जरुरी छ । मैले विगतमा अमेरिकाको बसाईका क्रममा अमेरिकाको नेपाली समाजको सेवा गर्ने विभिन्न अवशरहरु पाएको छु । यसलाई अभिवृद्धि गर्दै एनआरएन अमेरिकालाई अमेरिकामा बस्ने सबै नेपालीको साझा मञ्च बनाउनका निमित्त निरन्तर लागिरहने प्रण गर्दै निम्न लिखित प्रतिवद्धताहरु प्रस्तुत गरेको छु । 
 
१ एनआरएन एनसीसी अमेरिकाको सदस्य संख्या बढाउदै एनआरएन अमेरिकालाई संस्थागत गर्ने ।
२  एकपटकको नेपाली सधैको नेपाली भन्ने विदेशमा बस्ने नेपालीको मागलाई सार्थक तुल्याउने । 
३ अमेरिकामा रहेका नेपालीहरुको सीप, दक्षता, सृजनशिलता र लगानीलाई नेपाल भित्राएर सम्मुनत नेपाल बनाउने दिशामा कृयाशिल रहने ।
४ अमेरिकामा रहेका नेपाली व्यवसायीहरुलाई संगठित गर्दै आवश्यक सहयोग र सल्लाह आदानप्रदान गर्ने । 
५ नेपालमा अमेरिकी लगानी भित्राउनका लागी पहल गर्ने । 
६ अमेरिकामा रहेका नेपालीको आर्थिक समृद्धिकालागि  स्वरोजगार लगायतका कार्यक्रमहरु ब्यापक रुपमा अगाडि बढाउने । 
७ अमेरिकामा रहेका नेपाली युवा खेलाडीहरुलाई प्रोत्साहित गर्दै नेपालका तर्फबाट अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागी गराउन व्यापक पहल गर्ने । 
८ नेपालमा अमेरिकी पर्यटक भित्राउन र पर्यटन प्रवद्र्धन गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्ने ।
९  अमेरिकामा जन्मे हुर्केका नेपाली मुलका विद्यार्थी, बालबालिका र युवायुवतीहरुलाई  नेपाल जानका लागि प्रेरित गर्ने खालका विभिन्न कार्यक्रमहरु संचालन गर्ने ।  
१० अमेरिकामा नयाँ आउने नेपाली आप्रवासीहरुलाई अमेरिकामा जीवनयापनका लागि सहज बनाउन विभिन्न कार्यक्रमहरु संचालन गर्ने । 
 
लोक तिवारी 
उम्मेदवार 
बरिष्ठ उपाध्यक्ष
एनआरएन अमेरिका । 

No comments:

Post a Comment