BostonNepal

Sunday, June 1, 2014

गणतन्त्र दिवसमा ए एन ए फोरम आयोजक समिति द्वारा मस्तिष्क मन्थन

वाशिंगटन डिसी नेपाली दुतावासले आयोजनामा गरेको गणतन्त्र दिवस समारोहको अवसरमा ए एन ए फोरम आयोजक समितिका संयोजक बिष्णु कुमारी थापा तथा सह संयोजक खेम भट्टचनको बिशेष पहलमा जर्जटाऊन स्थित होलिडे ईन होटेलमा घुम्ती बैठकको आयोजना गरि आफुले गरेका काम कारवाही तथा अन्य बिषयमा मस्तिष्क मन्थन गरिएको फोरम आयोजक समितिका सह संयोजक खेम भट्टचनले बताए l

अमेरिकाको व्यस्त जीवन र भौतिक रुपमा भेटघाट गरि गतिबिधि बारे जानकारी गराउन कठिन हुने र सबैलाई साईत र समय नमिल्ने हुनाले दुताबासले निमंत्रना गरेको अवसरलाई केवल नगद गरि घुम्ती बैठक बस्नु परेको फोरम संयोजक भट्टचनले बताए l अमेरिकाको राजधानी वाशिंगटन डि.सी. मा आगामी जुलाई ४, ५, ६ तीन दिन सम्म हुने ३२ औं एएनए.सम्मेलनमा नेपालको बिकाश सम्बन्धी र नेपाली समुदायलाई लाभ हुने प्रकार ज्ञानबर्धक चौबिस वटा फोरमहरु बिभिन्न संघ तथा संस्थाबाट गरिने  जानकारी आएको र अझ फोरमहरु आउने सम्भावना भएको ए एन ए फोरम आयोजक समिति संयोजक बिष्णु कुमारी थापाले दिईन l

फोरमहरुमा साहित्य ,ए एन ए नेपाल विकास परियोजना ,ए एन ए निर्वाचन ,आप्रवासन , एन ई सी सी ,महिला ,स्वास्थ्य ,नासो समुदाय ,बालबालिका ,गैर आवासीय नेपाली संघ ,युवा क्रियाकलाब,रक्तदान ,अने सास ,रोजगार ,लेख परिक्षण ,फ़िप्ना ,खेलकुद ,वृत चित्र ,चलचित्र ,बाणिज्य ,नेपाल छात्रवृति ,आर जे पी एस तुलसीपुर तथ नेपाली इञ्जिनिएर्स संघ डिसी का फोरमहरु हुने फोरम संयोजक थापाले बताईन l अर्थ सम्बन्धि नजदिक बाट निहाली रहेका आर्थिक संयोजक लक्ष्मण प्रधानले हिसाब किताबमा योजना बनाउनु पर्ने र पारदर्शी हुन् पर्ने कुरामा जोडदिए भने अमेरिकाभरीबाट करिब दशहजार नेपालीले यो सम्मेलनमा भाग लिने कुरा ३२ ए एन ए सम्मेलन प्रमुख संयोजक  हेमन्त श्रेष्ठले बताए l 

No comments:

Post a Comment