BostonNepal

Saturday, May 31, 2014

नेजाबाट सामूहिक राजिनामा


आदरणीय संचारकर्मी साथीहरु,
यहाँहरुलाई अवगतनै छ, उत्तर अमेरिकामा क्रियाशील नेपाली मूलका हामी नेपाली अमेरिकन पत्रकारहरुले आफ्नो पेशागत हक र हीतको संरक्षण र सम्बर्दनकासाथै नेपाली अमेरिकनको सामाजिकीकरणको अभियानमा सहयोगी भूमिका निर्वाह गर्ने पबित्र उद्देश्यले उत्तर अमेरिकामा क्रियाशील नेपाली मूलका अमेरिकन पत्रकारहरुको छाता संगठनकोरुपमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) स्थापना गरेका थियौं । दुर्भाग्यको कुरा, नेजा बितेको केहि समयदेखि गैर पत्रकारहरुको स्वार्थ सिद्द गर्ने थलो बन्यो । हाम्रो पटक पटकको आग्रहपछि सदश्यता छानबिन गर्ने आयोग बनाइयो तर गैर पत्रकारहरु नेजाको सदस्य बन्न सफल रहे ।
 तिनै गैर र निस्कृयसहितका पत्रकारहरु सहभागी रहेको टेक्सास अधिबेशनले निर्वाचित गरिएको कार्य समितिका प्रमुख व्यक्तीद्वारा नेजाको प्रयोग गरी पत्रकारको नाममा "आफ्ना" मान्छे अमेरिका ल्याउने कार्यमा सहभागि रहेको र विगतदेिख नेजाको दुरुपयोग वारे सप्रमाण ध्यानाकर्षण गरायौं । तर गैर पत्रकारहरुको झुण्डले हाम्रो आवाज सुन्न चाहेन । अन्तत: नेजा अमेरिकन भूमिमा नेपाली मूलका क्रियाशील पत्रकारहरुको पहुँच बाहिर रहेको संस्था बन्यो । जुन संस्था पत्रकार र पत्राकारिता बिरुद्द क्रियाशील व्यक्ति वा समूहको हीतमा क्रियाशील हुन थाल्छ त्यतिबेला संस्थागत सुधारको जस्तोसुकै प्रयास पनि निरर्थक हुँदो रहेछ । गैर पत्रकारहरुको हाली मुहाली भएको नेजा बितेको केहि समयदेखि बिधि र बिधान बिपरित संचालन हुन थाल्यो । गैर पत्रकारहरुलाई सदश्य बनाई क्रियाशील पत्रकारहरुलाई संस्थाको पहुँच बाहिर राखी निश्चित मान्छेहरुको अभिष्ट पुरा गर्ने थलोमा परिणत हुन थाल्यो । नेजा गैर पत्रकारहरुको हालीमुहाली र उत्तर अमेरिकामा क्रियाशील नेपाली मूलका अमेरिकन पत्रकार र पत्रकारिता बिरुद्द क्रियाशील हुन थालेपछि उक्त संस्थामा आबद्ध रहनुको कुनै औचित्य रहेन । हामीले नेजामार्फत अमेरिकी भूमिमा क्रियाशील संचारकर्मी साथीहरुको पेशागत हक-हितको संरक्षण र सम्बर्दन गर्न नसकिने ठहर गर्यौं । साथै  नेजाको नाउँमा गैर पत्रकारहरुले गरेको कामहरुले नेपाली अमेरिकनको सामाजिकीकरणको प्रक्रियामा समेत कुठाराघात हुने हामीलाई लाग्यो तसर्थ आजकै मिति देखि लागु हुने गरी हामी तल उल्लेखित अमेरिकी भूमिमा क्रियाशील संचारकर्मी साथीहरुले नेपाल अमेरिका पत्रकार संघ (नेजा) को साधारण सदश्यबाट सामूहिक राजिनामा दिएका छौं । नेपाली अमेरिकनको सामाजिकीकरणको प्रक्रियामा निरन्तर समाचार सम्प्रेषण गर्ने वाचासहित हामीलाई सामाचार सम्प्रेषणमा सदैब साथ, समर्थन र सुभेक्षा प्रदान गर्नु हुने समस्त नेपाली अमेरिकनहरुलाई यहाँहरुको सहयोग, सदभाब र मार्गदर्शनकालागि पुन: धन्यवाद टक्र्याउन चाहन्छौं । साथै, नेजामा हामी तल उल्लेखित अमेरिकी भूमिमा क्रियाशील नेपाली संचारकर्मी साथीहरुको कुनै पनि सम्बन्ध नरहने पनि यसै बिज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौं ।

धन्यवाद !

१. प्रदीप थापा (युएस नेपाल अनलाईन डट कम, न्यू जर्सी)
२. किशोर पन्थी (खसोखास साप्ताहिक, न्यू योर्क)
३. प्रशान एलुंग राई (प्रेसचौतारी डट कम, न्यू योर्क)
४. सूर्य थापा (ह्वाईट हिमाल टेलििभजन, न्यू योर्क)
५. पुरूषोत्तम ढकाल (नेपाल२४आवर्स.डट कम, लस एन्जेलस)
६. गोकुल ढकाल (एलए नेपाल डट कम, लस एन्जेलस)
७. अशोक पन्त (नेपाल फोटो न्युज डट कम, न्यू योर्क)
८. िबश्व शाह (खसोखास साप्ताहिक, न्यू योर्क)
९. मानबहादुर राना मगर (आदिबासी आवाज, न्यू योर्क)
१०. मनु लोहोरूंग राई (बिश्व सन्देश साप्ताहिक, न्यू योर्क)
११. पुष्प शर्मा (खसोखास साप्ताहिक, एबिसी टिभी, न्यू योर्क)
१२. जुनिता साम्बाहाम्फे (नेपाल२४आवर्स.डट कम, लस एन्जेलस)


No comments:

Post a Comment