BostonNepal

Thursday, May 29, 2014

प्रवासी नेपालीहरुको पीडा, दुःख बुझ्ने र उनीहरुको हक हित र अधिकारका लागि अग्रसर हुनुपर्ने व्यक्तित्वहरु आउनुपर्ने देखिन्छ:धनञ्जयनरसिंह केसी


धनञ्जयनरसिंह केसी
यही जून ४ देखि ९ सम्म एनआरएन एनसीसी, अमेरिकाको निर्वाचनको मिति  नजिकेसँगै निर्वाचनबाट कसले नेतृत्व लेला भनेर अमेरिकाका नेपाली समुदायमा चासो र कौतुहलता समेत बढेको छ । आम प्रवासी नेपालीहरुको हक, हित र अधिकार  संरक्षणका लागि एनआरएनको भूमिका महत्वपूर्ण रहेको छ । तर एनआरएन अमेरिकाको भूमिका भने शुन्य प्रायः रहेको अवस्थामा अब यसलाई गति दिनका  लागि यसमा आमूल परिवर्तन ल्याउनु जरुरी छ । यसमा एनआरएन अमेरिकाको नेतृत्वमा पनि प्रवासी नेपालीहरुको पीडा, दुःख बुझ्ने र उनीहरुको हक हित  र अधिकारका लागि अग्रसर हुनुपर्ने व्यक्तित्वहरु आउनुपर्ने देखिन्छ ।

एनआरएन अमेरिकाको साख जोगाएर यस संस्थालाई हामी सबैको साझा संस्थाको  रुपमा विकास गर्नु पनि अहिलेको टड्कारो आवश्यकता रहेको छ । एनआरएन एनसीसी अमेरिकाको अध्यक्ष पदमा खगेन्द्र जिसी बाहेक अरुको विकल्प  रहँदैन । उहाँको क्षमता, दक्षता, योग्यता र अनुभवले एनआरएन, एनसीसी अमेरिकालाई नेतृत्व प्रदान गर्नका लागि अरुको विकल्प खोज्नु आफ्नो खुट्टा  आफैं बञ्चरो हान्नु बाहेक केही होइन । एकपटकको नेपाली सधैंको नेपाली भन्ने मूल नारासहित दोहोरो कर तथा सम्पत्ति स्वामित्व लगायतका विभिन्न  गैह्र आवासीय नेपाली मैत्री एजेण्डा उहाँका छन् ।


एकपटकको नेपाली सधैंको नेपाली भन्ने कुरा नेपालको नयाँ संविधानमा  सुरक्षित गराई नेपाल सरकारसँग प्रवासी नेपालीहरुको नागरिकता सुरक्षित रहने अवधारणाको व्यवस्था गरी समान इज्जत, मान, मर्यादा तथा बिना कुनै  रोकतोक नेपालमा सम्पत्ति खरीद बिक्रीको अधिकार दिने बिषयमा जोडदार पहल गर्नको लागि पनि जिसीको जित आवश्यक छ ।  एनआरएन एनसीसीलाई संगठित र चुस्त  संस्थाको रुपमा विकास गर्न जिसीको भूमिका महत्वपूर्ण हुने कुरामा दुई मत हुनै सक्दैन  । उहाँले एनआरएन एनसीसी अमेरिकाको विधानमा आवश्यक संशोधन  गर्दै आफ्ना हक, हित र अधिकारहरुका लागि सशक्त आवाज उठाउन सक्षम, चुस्त र संगठित प्रवासी समाजको निर्माण गर्ने प्रतिवद्धता पनि जनाउनु भएको छ ।  स्थानीय स्तरमा समिति बनाएर तथ्यांक संकलन गरी विज्ञहरुको सूची नेपाल सरकारलाई उपलब्ध गराउने र संगठनको विस्तार गरी सदस्य संख्यामा बृद्धि  गर्न पनि जिसीको नेतृत्वको आवश्यकता एनआरएन अमेरिकामा देखिन्छ । 

विश्वव्यापी एनआरएन समुदायमा आफ्नो सम्मानजनक उपस्थिति जनाई विश्वभरि  छरिएर रहेका नेपालीहरुको समस्या समाधान गर्न महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि जिसी सक्षम, योग्य व्यक्तित्व हुनुहुन्छ । एकपटकको नेपाली सधैंको नेपाली भन्ने कुरालाई अब बन्ने नेपालको नयाँ  संविधानमा सुरक्षित गराई नेपाल सरकारसँग गैरआवासीय नेपाली नागरिकहरुलाई  दोहोरो नागरिकताको व्यवस्था गरि समान इज्जत, मान, मर्यादा तथा बिना कुनै  रोकतोक नेपालमा सम्पत्ति खरीद बित्रलीको अधिकार दिइनुपर्ने व्यवस्थाका  लागि जिसी बाहेक अन्य विकल्प हुन सक्दैन । किनकी उहाँ लामो समयदेखि कानून  व्यवसायका  क्षेत्रमा अमेरिकाभरि नै नेपाली समुदायमाझ प्रसिद्ध व्यक्तित्व हुनुहुन्छ  ।

उहाँ र सञ्चारकर्मी कृष्ण सञ्जेल के सी मिलेर विगतदेखि नै सञ्चालनमा ल्याएको  इमिग्रेसन चौतारीबाट अमेरिकामा बसोबास गर्दै आएका नेपाली समुदाय निकै लाभान्वित बन्न पुगेका छन् । एनआरएन अमेरिकालाई राजनीतिक तथा आर्थिक  लाभबाट मुक्त राखेर नेपाली समुदायको हक, हितप्रति समर्पित संस्थामा रुपान्तरण गर्न पनि उहाँको  भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले आगामी एनआरएन एनसीसी अमेरिकाको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार खगेन्द्र जिसीलाई  अत्यधिक मतले  जिताउनु अहिलेको टड्कारो आवश्यकता हो ।

No comments:

Post a Comment