BostonNepal

Thursday, May 29, 2014

उपध्क्षका उम्मेदवार शेषराज खतिवडाको अपिल


आदरणीय उत्तर अमेरिका मा बसोबास गर्नु हुने नेपाली नेपाली दाजु भाई तथा दीदी बहिनीहरु,

सर्बप्रथम मेरो तर्फबाट नया बर्ष २०७१ को हार्दिक मंगलमय शुभ कामना । आगामी जून महिनामा हुने एन आर एन अमेरिकाको चुनाव मा म उपाध्यक्ष को लागि उमेदद्वार भएको हुँदा यहाँहरु समक्ष मेरो परिचय र चुनावमा मेरो जीत भएपछि के गर्ने र सींगो टीम लाई के गराउने बचन बद्द्ताहरु पस्तुत गर्न गई रहेको छु ।

मेरो जन्म २०१४ साल मंसिर १५ गते ओखलढुंगा जिल्लाको हर्कपुर गाबिस वार्ड २ माने सल्लेरी मा भएको हो । मेरो हाईस्कूल सोही जिल्लाको बिगुटारमा भएको हो र बाँकी शास्त्री सम्मको शिक्षा सम्पुर्णानन्द बिस्वबिद्यालय बनारश भारतबाट पुराभएको हो । मेरो १ श्रीमती, ३ छोरा, १ छोरी, १ बुह्वारी सहित १५ बर्षदेखि बोस्टन अमेरिकामा बसोबास हुँदै आएको छ । म नेपालमा छँदा र यहाँ १९९९ मा आएपछि पनि लगातार रुपमा नेपाली हस्त निर्मित गलैचा ब्यबसाय सञ्चालन गर्दै आएको छु । नेपालमा छंदा गलैंचा निर्यात गर्थे भने अमेरिका आएदेखि यता नेपाली गलैंचा आयात ब्यबसाय गर्दै आएको छु । नेपालमा रहदा आफ्नो ब्यबसायको अतिरिक्त केन्द्रिय उनि धागो संघको अध्यक्ष (२०४३-२०४७), २०४७ देखि २०५५ सम्म नेपाल सरकारको उद्योग बाणिज्य मन्त्रालय अन्तर्गतको गलैचा तथा उन बिकास समितिमा लगातार ७ पटक मनोनीत बोर्ड सदस्य र २०५३-२०५४ केंद्रीय गलैचाउद्योग संघ को निर्बिरोध महा-सचिब भई काम गर्ने मौका पाएंको थिएँ, जसका मुख्य कामहरुमा: १) बालमजदूर समस्या समाधान २) आजो डाइज समस्या समाधान ३) भ्याटको समस्या समाधान ४) भारतीय कार्पेटको समस्या समाधान ५) गुणस्तरको समस्या समाधान लगायतका समस्याहरुको सफलताका साथ समाधान गरेर सबै जिम्मेबारी पुरा गरेको मेरो इतिहास छ । 

प्रिय मित्रहरु, 

मेरो गलैचा ब्यबसाय होलसेल ब्यबसाय भएको र छोराछोरीहरु पनि आ-आफ्नो ठाउँमा ब्यबस्थित भै सकेकोले र दृढःता साथ कार्य संपादन गर्न अनुभब समेत रहेको हुँदा बांकी समय सामाजिक काममा समर्पण गर्ने उद्देस्यले बिभिन्न कार्यक्रमहरु पहिलो चरणमा सम्पादन गर्नसक्ने देखेर निम्न कुराहरु सम्पन्न गर्ने अमेरिकामा बसोबास रहेका प्रबासी नेपालीहरु समक्ष यो प्रतिबद्दता जाहेर गर्दछू । यो आह्वानलाई आत्मसात गर्ने मनसाय बोकेका अरु १८ जना बिभिन्न पदका उमेदद्वारहरुलाई यो समूहमा आमंत्रण गर्दै समूह निर्माण गर्ने जानकारी गराउदछु । मलाई बिस्वास छ एनआरएन एनसीसी युएसएको आसन्न निर्बाचनमा उपाध्यक्ष पदमा सबैले मेरो प्रचार प्रसारमा सहभागी भई मतदान गर्नु हुनेछ भन्ने बिस्वास लिएकोछु । एनआरएन अमेरिकाको निर्बाचनका लागि मेरा एजेण्डाहरु सबै सामु यहाँ प्रस्तुत गरेको छु:

१) नेपाली नागरिक सरह प्रत्येक प्रबासी नेपालीको पनि नागरिकता कायम गर्ने र तिनका संतान दरसन्तानले पनि नागरिकता पाउने ब्यबस्था संबिधानमै उल्लेख गर्न लगाउने 
२) प्रत्येक प्रबासी नेपालीलाई नेपालको राजनीतिक गतिविधिमा संलग्न हुन कानूनत: बन्देज गर्न लगाउने जस्ले गर्दा बाहिरबाट आएर राजनैतिक हस्तक्षेप नहुने कुरामा नेपाली राजनीतिक दल र नेताहरुले शंका आशंका गर्ने अबस्था बन्द हुने
३) एनआरएन अमेरिकाको अर्को चुनाव अघि ५० हजार सदस्य पुर्याउने लक्ष अनुसार काम गर्ने
४) अमेरिकाका सबैजसो राज्यहरुमा च्याप्टरहरु गठन गर्ने 
५) एनआरएन आपतकालिन कोष निर्माण गर्ने
६) एन आर एन लाई सदा सर्बदा नेपाली राजनैतिक हस्तक्षपबाट मुक्त राख्ने
७) एनआरएन अमेरिकाको संघीय संरचनाको बाइलज बनाउने
८) एनआरएन अमेरिकाको च्याप्टरको बाइलज बनाउने
९) नेपाल लगानी कोष गठन गर्ने र कोषको संचालन निर्देशिका तयार गर्ने
१०) नेपाल प्रबर्धन बोर्ड गठन गर्ने, संचालन निर्देशिका तयार गर्ने
११) हरेकजसो राज्यमा स्थानिय संघ, संस्थाहरुको सहयोगमा नेपाली निकासी योग्य बस्तुहरुको बजार प्रबर्धन कार्यक्रम गर्ने, ट्रेड शो, नेपाल महोत्सब र स्टोर क्रेडिट को आयोजना गर्ने
१२) १० देखि २५ हजार डलर संचय भएकाहरुका लागि शिपको आधारमा स्वरोजगारको ब्यबस्था गर्ने
१३) कमसेकम १० राज्यहरुमा ब्यबसायिक ढंगले सामुदायिक भवनहरुको ब्यबस्था गरि धार्मिक र व्यापारिक प्रयोजनमा लगाउन सुरुवात गर्ने 
१३) नेपालमै उद्योग धन्दा खोल्न चाहाने प्रबासीहरुलाई कुनै पनि किसिमको दोहोरो कर तिर्नु नपर्ने 
ब्यबस्था गर्न लगाउने 
१४) नेपालबाट सम्पत्ति बेच बिखन गरि अमेरिका ल्याउन पाउने ब्यबस्था गर्न लगाउने
१५) प्रबासीहरुले अमेरिकामा गर्ने ब्यापारको लागि नेपालबाट झिकाइने बस्तुहरुमा भन्सार शुल्क मिनाहा गर्न लगाउने
१६) नेपाल उद्योग बाणिज्य महासंघ र बस्तुगत संघहरुले उत्पत्तिको प्रमाणपत्र बापत प्राप्त गर्ने रकमको ५० प्रतिशत अमेरिका-नेपाल ब्यापार गर्नेहरुलाई फिर्ता गर्ने ब्यबस्था गर्न लगाउने
१७) नेपाल सरकारको उद्योग बाणिज्य मन्त्रालय अन्तर्गतको ब्यापार प्रबर्धन केन्द्रको अमेरिकाको लागि छुट्टयाइने बार्षिक बजेट एनआरएन अमेरिकाको नेपाल प्रबर्धन कोषमा निकासा गर्ने ब्यबस्था गर्न लगाउने
१८) नेपाल सरकारले अमेरिकामा बाणिज्य दुत नियुक्ति गर्दा एनआरएन अमेरिकाको शुझावमा गर्नु पर्ने ब्यबस्था गर्न लगाउने
१९) नेपाल सरकारले अमेरिकामा निकासी प्रबर्धन सम्बन्धि बार्षिक १० वटा भन्दा बढी ट्रेड शो आयोजना गर्न लगाउने र एनआरएन अमेरिकालाई त्यसको संयोजन गर्न दिने ब्यबस्था गर्न लगाउने 
२०) हस्त निर्मित नेपाली निकासीयोग्य बस्तुहरुको बजारको खोजी गर्ने कार्यमा प्रबासीहरुलाई परिचालन गर्ने । 

शेषराज खतिवडा 
उपाध्यक्षका उम्मेदवार 
एनआरएन एनसीसी युएसए
फोन: ६१७ ४५८ १६४५ 
अध्यक्ष 
नेपाल अमेरिका वेलफेयर एसोसिएसन
बोस्टन, अमेरिका 
वेब साइट: www.nawaus.org 
इमेल: nawausnepal@gmail.com

No comments:

Post a Comment