BostonNepal

Wednesday, May 28, 2014

अमेरिकाको बोष्टनमा बारबेक्यु प्रोग्राम सम्पन्न । पशुपतिनाथ बुद्द फाऊण्डेशन मेट्रो वेष्ट नरऊड सब कमिटिले मेमोरियल डे सधै मनाऊने ।

यम पौडेल / मे २७ , २०१३ / बोष्टन अमेरिकाको बोष्टनमा जाडो सकिएर गर्मि लाग्दै गरेको रमाईलो हरियाली मौसम,  मे महिनाको अन्तिम सोमबार, लडाईमा बिर गति पाएका पुरुष तथा महिला हरुको सम्झनामा मनाईने फेडेरल होलिडेमेमोरियल डे “ का दिन  पशुपतिनाथ बुद्द फाऊण्डेशन मेट्रो वेष्ट नरऊड क्षत्रिय सब कमिटिले  हिजो मे २६ तारिख ब्रुकलाईन सिटि स्थित न्युटर्न पार्कमा बार बे क्यु प्रोग्राम को आयोजना गरी मेमोरियल डे धुमधाम सँग मनाएको छ । ग्रेटर बोष्टन स्थित नेपाली बिचको भेटभाट र हार्दिकतालाई फाऊण्डेशनको पक्षमा थप कसिलो बनाऊने ऊद्देश्यले आयोजित ऊक्त कार्यक्रम जाडो सकिएपछिको बर्षको पहिलो समर बार्बिक्यू पार्टी भएकालेनेपालीहरुले निकै ऊत्साहका साथ भाग लिए । न्यु योर्क देखि न्यु ह्याम्पसायर सम्मका करिब २५० नेपालीको सहभागिता रहेको बारबे क्यु मा ग्रुप ग्रुप भै आपसि भलाकोसारी,छलफल , आत्मियता साटासाट हरु बेलुका सम्म नै जमेका थिए भने गोलबद्द भै नेपालीहरुले समसामयिक कुराकानी र फाऊण्डेशनलाई अगाडी बढाऊने बारेमा समेत छलफल गरेँ । बिभिन्न नेपाली परिकारले सजिएको बारबे क्यु मा मिट बारबे क्यु ,सफ्ट ड्रिङकस, हरिया मकै पोलेर खाने ब्यबस्था, स्वादिष्ट चटनि,सलाद, फलफुल, पानि पुरि, हलुवा, आदिको ब्यबस्था थियो ।  




गत बर्ष झै मेमोरियल डे का दिन आयोजना गरिएको बार बे क्यु यस बर्ष पनि सोही ठाऊमा आयोजित थियो । गत बर्ष निशुल्क ब्यबस्था गरेर ऊदार दिलले ऊदाहरणिय काम गरेको सब कमिटिका साथीहरुले यसबर्ष पनि न्युनतम प्रबेश शुल्क १० डलर राखेर ऊच्च ब्यबस्थापन का साथ काम गरेका थिए । जसबाट सत्र सय डलर सँकलन भएको , हिमालयन बिष्ट्रो र फिष्टेल किचेनमा आऊने एक सहयोगी ग्राहक मिष्टर एलानको बिशेष सौजन्य को अतिरिक्त सँस्थाका साथीहरुको तर्फबाट दुइसय डलर थपेर १९०० डलरमा बारबे क्यु सम्पन्न भएको कुरा सब - कमिटिका अध्यक्ष सुरेश ढकाल व्दारा सार्बजनिक गरियो । यस कार्यक्रम आर्थिक सँकलनको लागि आयोजना गरेको नभै ग्रेटर बोष्टनका सबै नेपालीहरु फाऊण्डेशनको मिसन प्रति दत्तचित्त रहुन, मिसन परिपुर्तिका लागि नसुस्ताइ काम अगाडी बढदै जावस, हातेमालो र भेटघाट नघटोस  , अन्य शहरमा पनि सब कमिटिहरु बिस्तार हुन हकुन, हरियाली समर सिजन सगै नया जोश , ताजा सोच र छलफल बिचारबिमर्श हुनसकोस भन्ने ध्येयले बार बे क्यु  आयोजना गरिएको कुरा सब कमिटिका साथिहरुले ब्यक्त गर्दै थिए । साथै अमेरिकाको मेमोरियल डे लाई आइन्दा यसरी नै नेपालीहरु जमघट भै रचनात्मक काम कुरा सहित नरऊडका नेपालीहरु व्दारा मनाऊने कुरा सब कमिटिका ऊपाध्यक्ष पेशल रेग्मिले ब्यक्त गरेँ ।


ग्रेटर बोष्टनमा एकातर्फ पशुपतिनाथको मन्दिर र आर्कातर्फ बुद्दको मन्दिर सहित ५ बर्षमा करिब १५ लाख डलर सम्मको अनुमानित लागतमा नेपाली कम्युनिटीसेन्टर बनाऊने ऊद्देश्यले पशुपतिनाथबुद्द फाऊण्डेशनको स्थापना भएपछि सोही योजनालाई सफल तुल्याऊने ऊद्देश्यले नरऊड क्षेत्रका नेपालीहरु एकजुट भै साढे एक बर्ष अघि क्षेत्रिय सब कमिटि गठन गरेका हुन । यस शाखाका पदाधाकरीहरुले आफुहरुले आफ्नो छाक कटायर भनेपनि बोष्टनमा नेपाली कम्युनिटि सेन्टर बनाऊन आतुर रहेको र आफुहरुबाट सोही अनुसार योगदान हुने कुरा बिभिन्न कार्यक्रमहरुमा ब्यक्त गर्दै आएका छन हुनपनि नगद तथा बचनबद्दता सहित करिब साढे तिनलाख आर्थिक हैसियत भइसकेको फाऊण्डेशनको लागि नरऊड मेट्रो सब कमिटिका साथीहरुको  भुमिका ऊल्लेखनिय रहेको छ ।



यसरी सम्पन्न बारबे क्यु कार्यक्रममा आयोजक सहित फाऊण्डेशन मुल कमिटिका मुख्य मुख्य पदाधिकारीहरु, फाऊण्डेशनकै समरभिल क्षत्रिय सब कमिटिका पदाधिकारी लगायत ग्रेटर बोष्टन स्थित अन्य नेपाली सँघसँस्थाहरु ग्रेटर बोष्टन नेपाली कम्युनिटि, हिमालयन लायन्स क्लव अफ न्यु ईङलैण्ड, बोष्टन लोक शुसेली समुह, बोष्टन तमु समाज, बोष्टन मगर समाज,युनाइटेड किरात राई अर्गनाइजेशन, शेर्पा समाज, बोष्टन थकाली समाज, अनेसास , सिर्जना ऊत्सब, एन डब्लु जि एन, एडबिन , र एन आर एन लगायत नेपाली सँघसँस्थाका पदाधिकारी सहित बोष्टनका  सामाजिक नेपाली ब्यक्ति ब्यक्तित्ब एवँ बिव्दान महानुभावहरुको सक्रियता, सहभागिता एवँ सहयोग रहेको थियो । 

बोष्टन छर्लङ्ग देखिने थुम्को भन्दा थोरै तल रमाईलो पार्क मा आयोजित बार बे क्यु मा मनैछुने गरि नेपाली मादल  घन्केको  नेपाली गित सगै नृत्य प्रस्तुत थिए । बिभिन्न खेलसगै नेपाली बाल बालिका रमाएका थिए । कार्यक्रमको लागि खटेर नेपाली मनहरुलाई स्वच्छ मनोरञ्जन प्रदान गर्दै सामाजिक सेवातर्फ अभिप्रेरित गर्ने पशुपतिनाथ नाथ बुद्द फाऊण्डेशन, मेट्रो वेष्ट नरऊड सब कमिटि का बारे, सहभागी नेपालीहरु र एन आर एन को चुनाव प्रसँङगमा बाहिर बाट भेटघाटमा आएका नेपाली हरु मुक्त कण्ठले सह्राहना गर्दै थिए । बारबे क्यु आयोजना गर्नमा को कस्को के कस्तो योगदान रह्यो त भन्ने जिज्ञासा राख्दा त्यहा स्थित फाऊण्डेशनका खास खास पदाधिकारी, सब कमिटिका सम्पुर्ण पदाधिकारीहरु समेत ८०  \ ९० को सँख्यामा रहेका सम्पुर्ण  नरऊड बासी नेपाली दिदि बहिनी तथा दाज्यु भाइहरु सबैको योगदान त्यतिकै अतुलनिय रहेकोले कार्यक्रमको जस कुनै ब्यक्ति बिशेष र पदाधिकारीलाई नभै सबै नरऊडबासी नेपालीलाई जाने कुरा सब कमिटिका अध्यक्षले जनाए ।   

फोटो साभार :शिब मिश्र, डा. निर्मल पौडेल, अर्जुन कुवर समेत 

No comments:

Post a Comment