आषाढ १, भर्जिनिया
विजय थापा
.jpg)
हलिवुडकि सुपर स्टार(महा कलाकार )मनिषा कोइरालाको सम्मानमा जुलाई ५ र ६ तारिख ३२ औ ए एन ए सम्मेलनमा रात्री भोजको आयोजना गरिने तय भएको जानकारी सम्मेलन मुख्य संयोजक हेमन्त श्रेष्ठले छापा बिज्ञप्ति मार्फत जनाएका छन् l
हलिवुडकि महा कलाकार मनिषा कोइराला आउने निश्चित भै सकेको खबर छापामा आई सकेको जानकारी गराउदै ३२ औ ए एन ए सम्मेलनमा उनि संग साथ साथ बसेर रात्री भोजन गर्न पाईने भएकोले ईक्षुक सम्पूर्ण प्रसंशकहरुलाई यो सुवर्ण अवसर भएकोले उम्किन नदिन सबैमा आग्रह श्रेष्ठले गरेका छन् l
जुलाई ५ तारिखको दिन साँझ ८ देखि १० बजे तय गरिएको छ भने सरिक हुन् चाहना राख्नेको लागि एकलको $ १५०.०० तथा जोडीले $ २००.०० डलर राखिएको छ भने जुलाई ६ तारिखको दिन ५ देखि ७ बजे तय गरिएको छ भने उक्त रात्री भोजको लागि एकलको लागि $ १००.०० डलर तथा जोडीको लागि $
१५०.००
राखिएको जनाईएको छ l
उक्त रात्री भोज ३२ औ ए एन ए डिसी सम्मेलन हुने भर्जिनियाको टाइसन कर्नर स्थित शेराटन प्रिमियर होटलमा हुने छ l
३२ औ ए एन ए सम्मेलनमा दुई दिन नै
मनिषा
कोइराला संग रात्री भोज राख्नु पर्ने सवालमा दुवै दिन निश्चित
(
सिट
)
स्थान भएकोले आरक्षण गर्न र यो अवसर गुमाएकाहरुको लागि दोश्रो दिनको समयको साईत जुराईएको श्रेष्ठले जनाए l जीवनमा यस्तो अवसर दुर्लब हुने हुनाले सबैलाई आफ्नो स्थान सुरक्षित गर्न श्रेष्ठले उक्त छापा बिज्ञप्तिमा आग्रह गरेका छन् l
यसको लागि अग्रिम रुपमा रात्री भोजको टिकट खरिद गर्नको लागि चाजो मिलाई सकिएको र यसको लागि ३२ औ ए एन ए सम्मेलन आधिकारिक संजालबाट (anadcconvention2014.org )बाट किन्न सकिने उल्लेख गरिएको छ l
No comments:
Post a Comment