विजय थापा
आषाढ १५ ,भर्जिनिया
नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशनका लागि अमेरिका बाट सात सदस्यीय टोलि नेपाल प्रस्थान गरि सकेको जानकारी प्रवाशी नेपाली मंचका महासचिब प्रभुराम थापाले जनाएका छन् l
महाधिवेसनको लागि नेपाल प्रस्थानको लागि प्रवाशी नेपाली मंचका अधक्ष्य संजय थापाको नेतृत्वमा गएको बताइएको छ l र महाधिवेसनमा उत्तर पूर्वी अमेरिकाबाट संजय थापा तथा सीता खरेल रहेका छन् भने डिसी महानगर क्षेत्रबाट राजेन्द्र ओली तथा जानकी कार्की,मध्ये पश्चिम क्षेत्रबाट टेकराज राई छन् भने दक्षिण पश्चिम क्षेत्रबाट भिम कार्की तथा उमुना भट्टराई रहेका छन् l
यसरि अमेरिका बाट चार पुरुष तथा तीन महिला गरि सात प्रतिनिधि छनौट भएका हुन् l उक्त प्रतिनिधि मध्येमा सिता खरेल बाहेक अन्य जम्मै के पी शर्मा ओलीको पक्ष धर रहेको बताईएको छ l यसको लागि आज देखि भृकुटीमण्डपमा सचिवालय स्थापना भै सकेको जनाईएको छ । अहिलेसम्म पार्टी कार्यालयबाटै सचिवालयले काम गर्दै आएपनि १९ देखि २५ गतेसम्म हुने महाधिवेशनको व्यवस्थापन तथा सहजताका लागि सचिवालय स्थानान्तरण गरेर आवश्यक कार्य गरिने एमालेले जनाएको छ ।
पार्टीको जनसंगठन तथा काठमाडौँ उपत्यकाबाट करिब २०० स्वयंसेवक परिचालन गरी महाधिवेशनलाई व्यवस्थित बनाइनेछ । महाधिवेशनमा देशभरबाट करिब दुई हजार प्रतिनिधि तथा विदेशबाट ३ सय पाहुना सहभागी हुने आशा गरिएको छ l
No comments:
Post a Comment