७ नेपाली साहशी महिलाहरु शैली बस्न्यात , नीम डोमा शेर्पा , आशा कुमारी सिंह ,चुनू श्रेष्ठ ,पुजन आचार्य ,पेमा डिकी शेर्पा र माया गुरुङको समुहले सन् २००७ मा सगरमाथाको सफल आरोहण गरे पश्चात महिला शिक्षा, वाताबरणीय सचेतना एबम महिला शक्तिको मुख्य उदेश्य सहित सातै महादेशका उच्च हिमाल ७ वर्ष भित्रमा आरोहण गर्ने प्रतिज्ञा सहित शैली बस्नेतको संयोजकत्वमा सुरु गरेको आरोहण नर्थ अमेरिकाको उच्च हिमाल माउन्ट देनाली सम्म आइपुग्दा नेपाल र नेपालीको शिर विश्व मानचित्रमा ठाडो भएकोछ l
गत २९ तारिखका दिन साहशी महिलाहरुको समुहले करिब ६१२५ मिटर अग्लो देनाली हिमाल सफलता पुर्बक आरोहण गरेका छन् भने उक्त आरोहण दलमा फोटोग्राफरको भूमिकामा सफल आरोही आङ्ग छिरिंङ्ग लामा रहेका थिए l उक्त आरोहण दलका सम्पूर्ण सदस्यहरु लाई नेपाल करातेका राष्ट्रिय निर्णायक प्रशिक्षक ,अमेरिकी कराते महासंघका निर्णायक अधिकारी एबम विश्व कराते महासंघ( डब्ल्यु के सी ) का निर्णायक सरोज भट्टराईले तलकित्ना एअरपोर्टमा खादा ओडाई स्वागत अभिनन्दन गरेका थिए भने उक्त समुहको अन्तिम अन्टार्टिका आरोहण यात्रा सफलताका लागि अग्रिम शुभकामना ब्यक्त गर्दै यसैगरी सधैभरि नेपाली र नेपाल आमाको शिर उच्चो राख्न शुभकामना दिदै नेपाली पचास हजार एक रुपयाँको सहयोग समेत प्रदान गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए l उक्त अवशरमा निजका श्रीमती फर्मासिस्ट ईभा भट्टराई एबम छोरा मथायस अलास्का भट्टराईको पनि उपस्थिति रहेको थियो l
No comments:
Post a Comment