BostonNepal

Wednesday, July 30, 2014

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय अधक्ष्यमा बिश्वकर्मा निर्वाचित



 
बिजय थापा, 
साउन १५ भर्जिनिया 

विश्वका ७२ वटा राष्ट्रहरुमा आफ्नो शाखा बिस्तार गरेको अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आगामी कार्यकाल २०१४ देखि २०१६ को लागी नयाँ केन्द्रिय कार्यसमितीको चुनाब सम्पन्न भई अमेरिकाको राजधानी वाशिंगटन डि सी मा सपथ ग्रहण समारोह सम्पन्न भएको छ l 

२०१ औं भानुजयन्ती तथा बार्षिक साधारण सभाका प्रमुख अतिथी अमेरिकाको लागी नेपालका कार्यबाहक राजदुत ऋषीराम घिमिरेले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो l उक्त कार्यक्रममा अमेरिका भ्रमणमा रहेका बरिस्ठ प्राध्यापक (समालोचक) डा० खगेन्द्र लूईटेल तथा बिशेष अतिथी साहित्यकार कृष्ण धराबासीको उपस्थिति थियो l 

निर्बाचन प्रमुख बिमल नेपाल (फ्लोरिडा) ले अनेसासको नयाँ केन्द्रिय कार्यसमितीमा निर्बाचित भएको घोषणा गरेका थिए भने निर्बाचन समितिका सदस्यहरु क्रमस तिर्थ पाण्डे (बाल्टिमोर), धनीराम सापकोटा (न्युयोर्क), निर्बाचन पर्यबेक्षकहरु खेम भट्टचन (वाशिंगटन डि० सी०) तथा डा० भिम कट्टेल(म्यारिल्याण्ड) समेतको उपस्थिति रहेको थियो lअनेसास-बोर्ड अफ ट्रस्टीका अध्यक्ष बरिष्ठ साहित्यकार होमनाथ सुबेदी तथा केन्द्रिय कार्यसमितीका अध्यक्ष श्रीमती गीता खत्रीको पनि उपस्थिति रहेको थियो l

नया कार्यकारी समितिमा क्रमस अध्यक्ष – श्री पदम विश्वकर्मा, अमेरिका,बरिष्ठ उपाध्यक्ष– श्री राधेश्याम लेकाली, नेपाल,क्षेत्रीय उपाध्यक्ष, उत्तर तथा दक्षिण अमेरिका– श्री राम खत्री, अमेरिका,क्षेत्रीय उपाध्यक्ष, एशिया– श्री प्रकाश पौडेल माइला, जापान,क्षेत्रीय उपाध्यक्ष, युरोप– श्री सुमलकुमार गुरुङ, बेलायत,क्षेत्रीय उपाध्यक्ष, अष्ट्रेलिया– श्री भिमसेन सापकोटा, अष्टेलिया,महासचिव– श्री गोबर्धन पुजा, अमेरिका,सचिव– श्री प्रकाश नेपाल, अमेरिका तथा कोषाध्यक्ष– श्री गीता पन्थले सपथ लिएका थिए l होमनाथ सुबेदी ,गीता खत्री ,खेम भट्टचन ,नव नियुक्त अधक्ष्य पदम विश्वकर्मा तथा बिभिन्न महानुभावहरुले मन्तब्य राखेका थिए l

No comments:

Post a Comment