BostonNepal

Wednesday, July 30, 2014

बोष्टनमा पशुपतिनाथ बुद्द फाऊण्डेशनलाई नेपाली फिल्म शो बाट ११५७ डलर फण्ड राइज

यम पौडेल \ बोष्टन \ जुलाई २९ ,२०१४

अमेरिकाको ग्रेटर बोष्टनमा पशुपतिनाथ र बुद्दको मन्दिर सहित नेपाली कम्युनिटि सेन्टर बनाऊने अभियानमा अगाडि बढेको नेपाली साझा सँस्था पशुपतिनाथ बुद्द फाऊण्डेशनकोलाई नायक भुवन के सि को पछिल्लो फिल्म “ साथी म तिम्रो “ देखाऊदा हिजो ११५७.५० डलर नाफा भएको छ ।  मासाचुसेटस को अर्लिङटन स्थित “द रिजेन्ट थिएटर” मा देखाइएको फिल्म च्यारिटि शो मा न्युयोर्क देखि केपकोट हुदै न्यु ह्याम्सायर सम्मका करिब २५० नेपालीहरु ऊपस्थित थिए । यस  शो ले सँस्थाको पक्षमा नेपालीहरुको भेटघाटको माहौल बनायो , पछिल्लो समय सुस्ताएजस्तो देखिएको फाऊण्डेशनको सक्रियता बढायो “ सँयोजनको भुमिका निभाऊनुभएका फाऊण्डेशनका वनोनरि मेम्बर रञ्जन बुढाथोकीले बताए भने च्यारिटि शो मार्फत सबै खर्च कटाई सो रकम फण्ड राइज हुन गएको कुरा आर्थिक बिभाग प्रमुख भुवन गुरुङले आजै जानकारी गराए  ।



फिल्म शुरु हुनु अघि होष्टको तर्फबाट रञ्जन बुढाथोकीले ध्यानाकर्षण सहित सबैलाई स्वागत गरेका  थिए । ऊहाले नै नेपाली चलचित्र क्षेत्रमा हस्ति सदाबहार नायक भुवन के सि को बारेमा बताएका थिए लगतै फाऊण्डेशनका चियर्शपर्शन मिलन गुरुङ र प्रेसिडेन्ट बिष्णुमणि आचार्यले खादा लगाई ऊहाको स्वागत गरेँ ।  फिल्म शो कार्यक्रममा भुवन के सि का बाबा मदन के सि र माता बिन्दु के सि लाई पनि तालिको गडगडाहटले स्वागत गरिएको थियो । तत पश्चात नायक भुवन के सि ले घरको याद आयो ... बोलको आनन्द कार्की को गित सहित आफ्ना फिल्मका केहि पुराना लोकप्रिय गितहरु सुनाएर दर्शकलाई तताएका थिए ।

कति साथी भेटिन्छन ,
कति साथी छुटिन्छन ,
तर थाहा छ , सँसारमा सबैभन्दा मिल्ने साथी को “ साथी म तिम्रो “ भन्ने फिल्मको डाइलग सगै बाबु छोराको इमोसनल लव स्टोरी रहेको फिल्म शुरु भएपछि भने हल शान्त भएको थियो ।  नेपाली प्रसिद्द कलाकारहरु भुवन के सि ,रेखा थापा, रिचा घिमिरे, समेत ले अभिनय गरेको यस फिल्ममा खासगरि बाबु छोराको प्रेम र ऊनिहरु बिचको साथित्वलाई गहिराईमा पुराईएको छ । चाइल्ड आर्टिस्ट शिर्षक सापकोटाले राम्रो अभिनय गरेका छन । प्रोड्युसर बिबेक , अनमोल के सि रहेको  शिव रेग्मी व्दारा निर्देशित, शँभुजित बास्कोटाको सँगित, ऊदित नारायण झा, यम बराल, शिब परियार , अन्जु पन्त, सिने गुरुङ समेतको स्वर लहरिले सजिएको फिल्म हेर्दा नेपालमै रहेको आभास भएको दर्शकहरुले बताए । आफुहरुले ३० बर्ष अगाडि देखि भुवन के सि को फिल्म हेरिआएकोमा हाल भुवन के सि सगै फिल्म हेर्दाको आनन्द बेग्लै भएको बताउदै इन्टरभल र फिल्मको ईन्डिङ पछि भुवन के सि सँग फोटो खिच्नेको भिड नै लागेको थियो ।


यस फिल्म शो को लागी ब्यक्ति ब्यक्ति र घर घरमा सम्पर्क गर्दै टिकट पुराऊने देखि शुरु देखिनै लागि परेका पशुपति बुद्द फाऊण्डेशनका सम्पुर्ण पदाधिकारी लगायत का नेपालीहरु, फिल्म शो सम्बन्धी खर्चमा स्पोन्सर गर्ने फाऊण्डेशनका प्रबक्ता सुन्दर गुरुङ र एसिष्टेन्ट भाइस प्रेसिडेन्ट तथा हिमालयन बिष्ट्रोका राम धिताल,  टिकट \ ब्यानर डिजाइनिङ गरि फिल्म शो लाई ईभेन्ट क्रेट गराऊने समाजसेवी सुरेश वाग्ले लगायत का मेडियाका महानुभावलाई स्टेजबाटै धन्यबाद दिइएको थियो । ऊक्त दिनको फिल्म शो लाई ब्यबस्थित बनाऊन आ-आफ्नो ठाऊबाट खटने सबै महानुभावलाई बिस्तृत रुपमा कार्यक्रममा समेत नाम लिइएको र त्यस्ता सबै सहभागी  नेपाली सँघ सँस्था र सहयोगी नेपाली प्रति फाऊण्डेशनका अध्यक्ष बिष्णुमणि आचार्यव्दारा फिल्म शो पश्चात फाऊण्डेशनको तर्फबाट मुरि मुरि मुरि धन्यबाद दिदै हार्दिक आभार ब्यक्त समेत गरिएको छ ।
   
स्मरणिय रहोस पशुपतिनाथबुद्द फाऊण्डेशनले झण्डै २ बर्ष देखि निबेदन गरेको फाईव ओ वान सि थ्रि पनि फिल्म च्यारिटि शो हुनुभन्दा ८ दिन अघि मात्र जुलाई २०, २०१४ मा स्विकृत भै आएको अबस्था छ । यसबाट फाऊण्डेशनका पदाधिकारी फिल्म शो मा पनि निकै ऊत्साहित भएर देखा परेँ । नेपाली फिल्म “ साथी म तिम्रो “ को प्रदर्शन सगै फाऊण्डेशन जाग्ने र जगाऊने सँयोग देखिएकोमा बोष्टनको नेपाली बृतमा पनि खुसि थपिएको आभाष सर्बत्र गरिएको छ ।

धन्यबाद ।

फोटो झलक : निर्मला शेरचन तथा रुक्मणि कार्की बाट 

No comments:

Post a Comment