BostonNepal

Wednesday, July 23, 2014

बाल्टिमोरमा खड्ग गर्बुजाको गीत सुन्न ६ सय नेपाली भेला



बिजय थापा, 
साउन ६ भर्जिनिया - 

नेपालको सर्बाधिक चर्चित लोक गायक खड्ग गर्बुजाको ठेट लोक गीत सुन्न बाल्टिमोरमा ६ सय नेपाली जम्मा भएको खबर छ l 

अमेरिकामा पहिलोपटक आयोजना गरिएको "खड्ग गर्बुजा एकल साँगीतिक साँझ" मा प्रती ब्यक्ती ३० डलर प्रवेश शुल्क तिरेर ६ सय भन्दा बढ्ता नेपालीहरु जम्मा भएको कुरा न्युयोर्कबाट आएका मान बहादुर राना मगरले बताए l अमेरिकामा हुने गर्ने नेपाली साँस्कृतिक कार्यक्रमहरुमा संधै ड्याङ्ग ड्याङ्ग ,डुंगडुंङ् , ढ्याक ढ्याक र ढुस् ढुस् गर्ने पप् गीत, डि० जे०, हिन्दी गीत र अंग्रेजी गीत प्रस्तुत हुने गर्दछ भने मगर संघ, अमेरिका त्यस्तो एक मात्र संस्था हो जसले 
बिदेशमा पनी नेपाली लोक संस्कृती संरक्षण गर्न ठेट लोक भाका प्रस्तुत गर्ने गर्दछ l 

यसपटक आयोजित ठेट लोक भाकामा सर्बाधिक चर्चित गायक खड्ग गर्बुजाको एकल साँगीतिक साँझमा बिशेषगरी नेपालको मगर समुदायको प्रचलित गीत:गाउँका जात्राहरुमा एक मिनेट पनी बिश्राम नगरिकन ७ दिन ७ रात सम्म नाच्दै गाईने गीत "ख्याली",म्याग्दी बाग्लुङ्ग तिरको भूमे पुजामा ७ दिन ७ रात सम्मै गाईने गीत "भईच साँईला",गोरखा/लम्जुङ्ग/तनहुँ/कास्की/पर्बत/गुल्मी/रुकुम/रोल्पा/म्याग्दी/बाग्लुङ्ग तिरको बहुप्रचलित र बहुचर्चित भाका "सालैलो" र "यानीमाया" साथै नेपालको १४ अञ्चल ७५ वोतै जिल्लाको नौमती (पन्चे) बाजाको भाकामा २००-३०० जनाको समुहलाई नै खड्ग गर्बुजाले रातीको २ बजे सम्म नचाए -कार्यक्रममा भाग लिएका म्याग्दीका खेम भट्टचनले भने l 

म्यारिल्याण्ड र पेन्सिल्भानिया राज्यको लागी नेपाल सरकारका अवैतनिक महा-बाणिज्यदुत बरिस्ठ लोक गायक प्रेमराजा महतले पनी खड्ग गर्बुजालाई साथ दिंदै दर्शकहरुलाई नचाए-बाल्टिमोरबाट प्रभु थापाले बताए l कार्यक्रमको "हल" रातीको १२.०० बजे सम्मलाई लिईएको थियो तर ३०० जती कुर्सिमा बसेर हेर्ने र अर्को ३०० जती मंच अगाडी गएर नाच्ने गरेर प्रेमराजा महत र खड्ग गर्बुजालाई गीत सकेर मंचबाटै जानै नदिएकाले १२.०० बजे सम्मको हललाई महँगो शुल्क तिरेर रातिको २.०० बजे सम्म थप्नु परेको कुरा आयोजक मगर संघ अमेरिकाका अध्यक्ष भूतपूर्व ब्रिटिश गुर्खाज/६ जि० आर० का क्याप्टेन दल बहादुर रोकाले बताए l बाल्टिमोरको साथै,न्युयोर्क र क्यालिफोर्नियामा पनी खड्ग गर्बुजाको कार्यक्रम हुने बताईएको छ l

No comments:

Post a Comment