BostonNepal

Saturday, July 19, 2014

प्रधानमन्त्री सुशील कोइरालाले न्यूयोर्कमा नेपाली समुदायसँग भेटवार्ता

न्यूयोर्क, २ साउन । स्वास्थ्य उपचारका लागि अमेरिकामा रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले न्यूयोर्कमा नेपाली समुदायसँग भेटवार्ता गर्नुभएको छ । 

अमेरिकाको मेरिल्याण्ड र पेन्सेलभेनियाका लागि नेपाली अवैतानिक महावाणिज्यदूत प्रेमराजा महतको नेतृत्वमा गएको प्रतिनिधि टोलीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हो । भेटमा एनआरएन अमेरिकाका नवनिर्वाचित अध्यक्ष खगेन्द्र क्षेत्री र वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारी पनि सहभागी हुनुहुन्थ्यो । 

भेटमा विदेशमा रहेका नेपाली नागरिकहरुको नागरिकताको निरन्तरताका सन्दर्भमा छलफल भएको महावाणिज्यदूत महतले जानकारी दिनुभयो । एनआरएन 
वरिष्ठ 
उपाध्यक्ष एवं अमेरिकाका व्यवसायी तिवारीले नेपालको विकासका लागि योगदान पु¥याउनका लागि आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

भेटमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा समेत छलफल भएको थियो । जवाफमा प्रधानमन्त्री कोइरालाले आफू पूर्ण रुपमा स्वस्थ भएको भन्दै देशमा फर्किएर पूर्ववत अवस्थामा काम गर्न सक्ने अवस्थामा रहेको बताउनुभयो । 


महावाणिज्यदूत महत, एनआरएन अमेरिकाका अध्यक्ष क्षत्री र वरिष्ठ उपाध्यक्ष तिवारीले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।  न्यूयोर्कमा रहँदा पनि प्रधानमन्त्री कोइरालाले नेपाली समुदायसँग भेट र अन्तरक्रिया गर्दै आउनुभएको छ । प्रधानमन्त्री कोइराला सोमबार न्यूयोर्कबाट स्वदेश फर्कदैँ हुनुहुन्छ । 

No comments:

Post a Comment